भगवान बुद्ध एकपटक अव्वाली ग्राम जानुभयो। त्यहाँ
वहाँको उपदेश सुन्नको लागि हजारौं ग्रामीणहरु उपस्थित भए ।
गाउंको एक दरिद्र तर कर्मठ कृषक पनि वहाँनिर आए
। उस्ले भगवानलाई अभिवादन गरे। भगवान बुद्धको
उपदेशामृत पान गर्ने उस्को ठूलो ईच्छा थियो तर दुर्भाग्यवश उसको गोरु
हराएकोथियो । उ त्यसैको चिन्तामा थियो ।
उ धर्मसंकटमा पर्यो कि उ भगवान बुद्धको उपदेश
सुनुं कि गोरु खोज्न जाउं। अंततः उस्ले सर्वप्रथम गोरु खोज्न जाने निश्चय गरेर
त्यहाँबाट गयो ।
साँझतिर गोरु पाएपछि थाकेर भोकै-प्यासै त्यो
कृषक त्यहि स्थानबाट निस्कयो । उस्ले पुनः भगवान बुद्धदेव को चरणमा अभिवादन गरे । यसपटक
त उसले भगवानको उपदेश सुनेरै जाने निश्चय गरे । भगवान बुद्धदले केहि क्षण उस्को
थाकेको अनुहारलाई हेर्नुभयो, अनि भिक्षुहरुसित
भने, 'सर्वप्रथम उसलाई भोजन गराउ।'
उस्को भोक तृप्त भएपछि भगवान बुद्धले उपस्थित
जन-समुदायलाई सम्धन गर्नुभयो । कृषकले एकाग्र मन गरेर उपदेश सुन्यो र उ आफ्नो घर
गयो ।
उ गए पछि भगवान बुद्धले आफ्ना शिष्यहरुले यस
आशयको कानेखुशी गरेको देख्नुभयो त्यस कृषकको लागि भगवान बुद्धदले विलम्ब गराए ।
भगवान बुद्ध तब शान्त स्वरमा भन्नुभयो, 'भिक्षुक गण! त्यस
कृषकलाई मेरा उपदेश सुन्ने बडो तीव्र इच्छा थियो तर यस्ले उस्को काममा बाधा हुन्थ्यो, त्यसैले
उ बिहान बाध्यभएर यहाँबाट फर्केको थियो ।
उ आफ्नो लोक-कर्म को पालनको लाग पूरा दिनभरी यताउती गर्दैथियो र भोको
भएर पनि मेरो उपदेश सुन्न आईपुग्यो । यदि मैले उस्लाई भोकै उपदेश दिएको भए, उस्ले
उपदेश ग्रहण गर्न सक्दैन थियो ।
याद राख, भोकको समानको
समान कुनै पनि सांसारिक बाधा छैन । अन्य रोग त एक पटक चिकित्सा गरेर शान्त हुन्छ, तर भोक
को रोग त यस्तो होकि त्यसको चिकित्सा मनुष्यलाई प्रतिदिन गर्नुपर्छ।'
तब
भिक्षुगण भगवानको यो उपदेश सुनेर चित्तबुझाए कि हो साँच्चै मानिसको भोकको रोग
यस्तै हुन्छ भनेर ।
No comments:
Post a Comment