एक युवा
ब्रह्मचारी देश-विदेशको भ्रमण गरेर त्यहाँको ग्रंथहरुको अध्ययन गरेर जब आफ्नो
देशमा फर्के, तब सबै सित यसकुराको फुर्ती गर्न
थाल्यो उ समान धेरै विव्दान र ज्ञानी कोहि छैन मैले सारा ग्रन्थहरुको अध्ययन
गरिसकें। उ सित जो पनि आउंथ्यो, उ उनिहरु सित
सोध्ने गर्थ्यो कि म भन्दा बढता विव्दान शास्त्रहरु लेखेपढेको कसैलाई देखेकाछौ ?
यो कुरा भगवान
बुद्ध सम्म पुग्यो । ब्राम्हणको भेषमा भगवान बुद्ध त्यस अगाडी पुग्नुभयो ।
ब्रह्मचारीले प्रश्न गरे- 'तिमी को हौ, ब्राह्मण?''आफ्नो
देह र मनमाथि जस्को पूर्ण अधिकार छ, म यस्तो एक तुच्छ मनुष्य हुँ।' भगवान बुद्धले उत्तर दिनुभयो ।
राम्ररी
स्पष्ट गर, ब्राह्मण! तिमीले भनेको मैले केहि
बुझ्न सकिन।' त्यो अहंकारी
ब्राम्हणले भन्यो ।
भगवान बुद्धले
भन्नुभयो- जसरी कुम्हालेले माटोको घैटो बनाउंछ, माझिले नाउ खियाउंछ, धनुर्धारीले बाण चलाउंछ, गायकले
गीत गाउंछ, वादक वाद्य बजाउंछ र विद्वान वाद-विवादमा
सहभागि हुन्छ, त्यसैगरि ज्ञानी पुरुष
स्वयममा नै शासन गर्छ।'
'ज्ञानी
पुरुष स्वयममा कसरी आफैमा शासन गर्छ?' ब्रह्मचारी
ले पुनः प्रश्न गरे ।
'मान्छेहरु द्वारा स्तुति-सुमनहरुको वर्षा गर्दा अथवा निन्दाको आगो बर्षा गर्दा
पनि ज्ञानी पुरुषको मन शान्त नै हुन्छ । उसको मन सदाचार, दया र विश्व-प्रेम नै केंद्रित रहन्छ, त्यसैले प्रशंसा या निन्दाको उसमाथि कुनै प्रभाव पर्दैन । यही कारण हो कि उस्को
चित्तसागरमा शांन्तिको धारा बगिरहन्छ ।'
त्यस ब्रह्मचारीले
जब स्वयमको बारेमा सोच्यो, तब उस्लाई आत्मग्लानि भयो र भगवानबुद्धको
चरणमा अभिवादन गरेर भन्यो- 'स्वामी, अहिलेसम्म
म भ्रम र भूलमा थिएँ । म स्वयम्लाई ज्ञानी
समझ्न्थें, तर आज मैले जानें
कि हजूरबाट धेरै सिक्नुपर्नेछ।' मेरो कोटी कोटी वन्दनाछ । मलाई ज्ञान प्राप्त
भयो अन्धारमा भएकालाई प्रकाश प्राप्त भयो ।
No comments:
Post a Comment