राष्ट्रीय शहीद दिवस
आज
सुर्खेतमा शहीद दिवसको उपलक्षमा जि. बि. स. सुर्खेतको सहयोगमा नेत्रहीन सेवा
संघ तथा दृष्टिबिहिन हेरविचार केन्द्रका कलाकारहरुले शहीदको सपना अधुरो
भन्ने सडक नाटक मङ्गलगढी चोकमा प्रदर्शन गर्यो ।
त्यस पछि प्रहरीको एक
टुकडी र सरकारी कार्यालयका केहि कर्मचारीहरुको एक र्याली निस्केर जि. बि. स.को
सभाकक्षमा सभामा परिणत भएको थियो । स्थानीय विकास अधिकारी हीरालाल
रेग्मीको अध्यक्षतामा एवम् निमित्त क्षेत्रीय प्रशासकको
मूख्य आतीथ्यमा सम्पन्न भयो । तर यो शहीद दिवसलाई राजनैतिक
कार्यकर्ताहरुले नै कुनै चासो नदेखाएको स्पष्ट देखिन्थ्यो । प्रगतिशील लेखक
संघको आयोजनामा कबिता प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार
मुख्य अतीथिले वितरण गरेका थिए ।
उक्त अवसरमा रा.प्र.पा., नेपाल रा.प्र.पा., मधेशी
जनअधिकार लोकतान्त्रीक पार्टी, नेपाली काँग्रेस, नेमकिपा, राजमो तथा ए नेकपा
माओवादीका कार्यकर्ताहरुले श्रद्धान्जली अर्पर्ण गरेर औपचारिकता पूरा
गरेका थिए ।
No comments:
Post a Comment