पटाचारा
(बुद्धकालिन
घटीत घटनाको कथा)
-जीवनकुमार शाक्य
आज
भन्दा २६सय बर्षअघि बुद्ध शासनको समयमा हाल भारत तत्कालिन १६ प्रमुख जनपद थियो जस्मा -१) अंग -२) मगध-३) काशी -४) कोशल -५)ब्रिजी -६)मल्ल -७)चेतीय -८)वंस -९)कुरु -१०)पंचाल -११) मत्स्य -१२) शूरसेन -१३) अश्वक -१४) अवंती -१५) गन्धार र -१६) कम्बोज । यि मध्य केहिमा गणतन्त्र शासन थियो भने
बांकिमा राजतन्त्र थियो । सबै भन्दा शक्तिशाली मगध जनपद थियो ।तैपनि कपिलवस्तु
शाक्य गणराज्य कसैको अधिनमा थिएन । अहिलेसम्म हाम्रो लागि गौरवको बिषय भएकोछ भन्दा अत्युक्ति
नहोला ।
कोशल
देशको श्रावस्ति नगर थियो जो हाल भारतको उत्तरप्रदेश बहराईच जिल्ला नजिक पर्दछ । यस
नगरको महाधनी श्रेष्ठी परिवारको व्यापक चर्चा थियो । सबै सुबिधाले सम्पन्न सात तल्ले
बिशाल घर थियो । श्रेष्ठी महाजनको
एक छोरी र एक स्यानो छोरा थियो । । छोरी तरुणी भएर जवानीको लहलहाउंदो
अवस्था भएको थियो । त्यस घरमा सबै सुबिधाले सम्पन्न थियो मनोरन्जन र खेलको लागि बाहिर
जानुपर्ने अवस्था नै थिएन । श्रावस्ती नगर पनि हरेक स्थितिले महानगर राम्रो थियो ।
श्रेष्ठी महाजनलाई धन कमाउने बाहेक अरु केहि वास्ता थिएन श्रेष्ठिनीलाई सामाजिक आयोजनाहरुमा
फुर्सद थिएन जस्ले गर्दा छोरा छेारीको स्याहार गर्ने अवस्था पनि हुन सकेन । छोरा छोरीको
स्याहार सुसार हेर विचार गर्न सेवकहरुको व्यवस्था गरिएको थियो । सेवकहरु पनि युवाहरु
थिए जस्को कारणले युवा युवतीमा मनोरन्जन पनि हुने गरेको थियो । सुन्दरी युवती बिस बर्षक
योवनले मस्त भएकि थिईन् । आमा बुवालाई छोरीको बिहे गरि दिने विचार पलायो । एक सुखि
सम्पन्न परिवारमा योग्य युवा सित विवाह हुने निश्चित भयो । सुन्दरी र युवालाई चिंता
भयो । तिनिहरुको लुकिछिपि प्रेम कसैलाई थाहा थिएन । धन सम्पत्तीको कुनै लोभ लालच नगरि
दुवै जना भाग्ने विचार गरे । गरीबीमा भएपनि साथै जिन्दगी बिताउने प्रण गरेर अलिकति
गहना लिएर दुबै जना भागेर अर्को गाउंमा जान्छन् ।
युवकले
मेहनत मजदुरी गरेर कमाएको कमाईले दुईजनाको पेट पाल्न पनि गाह्रो भएको थियो । घरबाट
ल्याएको गहना पनि धेरै दिन टिक्न सकेन । तिनिहरुको अवस्था दिनानुदिन दयनीय हुंदै गयो
तैपनि पटाचारा गर्भवती भईन् । दिन जति जति बढदै गयो चिन्ता पनि बढ्यो यस्तो गरीबी अवस्थामा
कसरी सुत्केरी हुने र बच्चा जन्मीए पछि बच्चाको पालन पोषण कसरी गर्ने -पटाचाराले सोंचिन मेरो दुष्कर्मले गर्दा आमा बुवाको इज्जत पनि माटोमा मिसियो
कति बियोग गरे होलान आमाले कति चिन्ता लाग्यो होला ।पटाचारालाई माईत जाने बिचार भयो
माईत गएपछि अवश्य आमाले मायां गर्नेछिन् । पटाचाराको लोग्नेलाई डर लाग्यो कसरी श्रावस्तीमा
गएर मुख देखाउनु अनि राजडण्ड पनि हुने । उस्ले बिभिन्न कुराले आलेटाले गर्दैगर्दा पटाचाराले
आत्तिएर एक्ले जाने विचार गर्छिन् । लोग्ने काममा बाहिर गएको बेला पटाचारा छिमेकीलाई
भनेर माईत लागिन् ।घर आउंदा पटाचाराको लाग्नेले थाहा पाएपछि दगुरेर उन्लाई बाटोमा भेट्टाउंछ
। घर फर्कन धेरै कोशीश गर्दा पनि पटाचारा मानिनन् बाध्य भएर उ पनि पछि पछि लाग्छ तर
गर्भावस्था नजिक भएकोले बाटैमा बच्चाको जन्म भयो । लोग्नेले धेरै भने पछि फेरिगाउंमा
फर्कीन् ।
एवम्
प्रकारले ऐनतेन गरीबी अवस्थामा ज्याला मजदुरी गरेर दुई बर्षबित्यो । पटाचारा फेरि गर्भवती
भईन् । उन्लाई फेरि आमा बुवाको सम्झना आयो र माईत जाने विचार गर्छिन् तर लोग्नले फेरि
आलेटाले गर्छ धेरै सम्झाउंछ । हेर
एउटा गरीब ज्वाई छोरीलाई तिम्रो बा आमाले हेलां गर्नेछन् । मैले
गर्दा तिमिलाई धेरै दुःख भयो केहि सुख दिन सकिन के गर्ने मलाई माफ गर । पटाचारा साह्रै
दुखि भईन् उता लोग्नेको बिरह भने सुत्केरी भएपछि कसरी जिविका चल्छ भनेर सोंचिन् ।पटाचाराले
यसपाली पनि लोग्ने बाहिर गएको बेलामा काखमा भएको बच्चा बोकेर श्रावस्ती तिर लागिन्
। लोग्ने घर आएर थाहा पाए पछि उ पटाचारा लिन दगुर्छ । फेला पार्छ तर दुर्भाग्यले बिना
बादल अचानक घनघोर पानी पर्न थाल्छ । जंगलको बाटो ओत लाग्ने कुनै ठाउं पनि थिएन । पटाचारालाई
प्रशव पिडा हुन थाल्छ । लाग्नेले सोंच्छ बिचरी यति धनी सेंठकि छोरी यस्तो दुरावस्था
यो सबै मेरै कारण हो । मैले यस्ती धनीको छोरी प्रति माया नलाए सुख पाउने थिई । एउटा
रुखको तल ओत लागे । पटाचारालाई बेथाले च्यांप्छ बर्षाले गर्दा जाडो पनि भएको थियो लुगलुग
कांप्दै पिडा पनि बढी रहेकोथियो । अनि उस्ले केहि दाउरा खोजेर ल्याएर आगो बालीदिउं
भनेर सांझ अंध्यारो भई रहेको अवस्थामा दाउरा खोज्दै जान्छ । अंध्यारो भएकोले बाटो बिर्सिएर
लाग्ने र्फकन सकेन पटाचारा रातभरी पिडाले करउंदै गरिन् । उस्को पुकार गुहार सुन्ने
त्यस जंगलमा को हुन्थ्यो र । कठै । एैया गर्दै पटाचारा सुत्केरी भईन् छोरा जन्मीयो
रात भरी पानीले भिजेकोले लुग् लुग् कांप्दै रात बित्छ बिहान हुन्छ तर लोग्ने नफर्केकोले
डर्राईन् ।दुबै बच्चालाई काखी च्यापेर लोग्न खोज्न थाल्छिन् ।
केहि
पर पुगेपछि लोग्ने मरेको अवस्थामा देख्छीन् । अगाडी गएर हेर्छिन सांपले डसेर बिष लागेर
नीलो अवस्था भएको थियो ।पटाचारा बिचरी के गरोस रुन कराउन थाल्छीन् । लौन के भयो...
मेरो प्राणलाई के भयो कस्ले के गरिदियो... म अभागिनीलाई
भन्दै रुंदै दुबै बच्चा च्यापेर श्रावस्ती तिर लाग्छीन् । प्रलयकारी बर्षा नथामिएर
घनघोर बर्षा भईरहेकोछ बाटोमा खोल्साहरु नदीको रुप धारण गरिसकेकोछ । दुबै बच्चालाई छात्तीमा कसेर खोल्सा
तर्ने जमर्को गर्ने बाहेक कुनै उपाए पनि थिएन ।पटाचाराले सोंचिन् जेठो छोरालाई एक छिन्
पानी नभएको ठाउंमा राख्छु स्यानो भरखरै जन्मेको एक दिनको बच्चालाई बोकेर खोलापारी सुरक्षित
स्थानमा राखेर आउंछु भनेर जेठो छोरालाई बाबु तिमी एकछिन यहिं बस म भाईलाई पारी राखेर
तिमीलाई लिन आउंछु भनेर सम्झाएर पारी गएर एकदिने बच्चालाई आफ्नो धोतीले बेरेर एउटा
झाडीमा राखेर ठुलो छोरालाई लिन फेरि खोला पारी जान्छीन् । तै पनि उनि फर्की फर्की त्यो
बच्चालाई हेर्दै थिईन् । खोलाको बिचमा पुगेको बेलामा एउटा गिद्ध आएर त्यस नवजात बच्चालाई
मासुको ठूलो चोक्टा जस्तै मानेर झम्टेर टिप्छ ।बच्चा कहालिएर चिच्याउंछ । पटाचाराले
फर्केर हेर्दा गिद्धले बच्चालाई खुट्टाको पंजाले च्यापेर उड्छ । पटाचारा हा । हा ।
गर्दै कराउन थाल्छीन् दुबै हात हल्लाउंछिन तर गिद्धले पटाचाराको हा । हा को कुनै वास्ता
नगरेर बच्चा समातेर गन्तव्य स्थान तिर लाग्छ । आमा कराएको दुबै हात हल्लाएको पारी बसेको
दुईबर्षे बच्चाले देखेपछि आफुलाई बोलाएको भन्ठानेर खोलामा पस्छ हेर्दा हेर्दै त्यो
बच्चालाई खोलाले बगाउंछ ।छोरालई बचाउन कोशिश गर्दागदै पनि खोलाले बगाएर ओझेल हुन्छ
। दुखि पटाचारा रुने , कराउने, र चिच्याउन
बाहेक के नै गर्न सक्थिन र । हेर्दा हेर्दै सबै समाप्त भयो खोला पारी आउंदा सम्म ।
पटाचारा
रुंदै कराउंदै बहुलायी जस्ती भैसकेकि थिईन् । श्रावस्ती पुग्दा पुग्दै बाटोमा श्मशानघाटमा
कसैको लास जल्दै हुन्छ । बाटोमा आउनेलाई पटाचाराले सोध्छीन् कस्को लाश जलि रहेकोछ- । थाहा भयो आधी पानीले श्रेष्ठी सेंठको सात तले घर भत्केर सेंठ,सेंठ पत्नी र सेंठको एक्लो छोरा च्यांपिएर मरेको रे तिनैको लाश जली रहेकोछ ।
पटाचारा माथि कति ठूलो दुःखद घटना आईपरे जस्को तुलना गरेर साध्य भएन । पटाचाराले आफुलाई
सम्हाल्नै सकिनन् छाती पिटी रुन थाल्छीन् अनि बेहोस हुन्छिन् । होस आए पनि केहि थाहा
पाउंदीने रुंदै लुगाहरु फालिलएर हिंड्न थाल्छीन् । हे.. मेरो
लोग्नेलाई सांपले डस्यो । हे मेरो छोरा गिद्धले खायो । हे मेरो छोरा खोलाले बगायो
.... भन्दै बिलाप गर्दै रुंदै यता उति दगुरछिन थाल्छिन् । पटाचारको बिलाप
देखेर देख्नेहरु दुखि हुन्छन् तै पनि उस्को शरीरमा लुगाहरु नभएर नग्न अवस्थामा भएको
आफैलाई थाहा छैन बहुलाई भएर गाउं गाउं डुल्छीन देख्नेहरु आंखा छोपेर झ्याल ढोका बन्द
गर्न थाल्छन् ।केटा केटीहरु बहुलायी बहुलायी भन्दै ढुंगाले हान्छन् । रक्ताम्य हुन्छ
तैपनि रुन करान छेाड्दिनन् ।
यस्तै
बिपन्न अवस्थामा आफ्नो पुर्वजन्मको पुण्यले गर्दा जेतवन बिहार हुंदै जांदै थिईन् ।
जेतवनमा भगवान बुद्धले उपदेश गर्दै हुनुहुन्थ्यो । श्रोताहरुले देखेर उस्लाई भगाउन
थाल्छन् बहुलायीले यस्तो धर्मसभालाई बिध्न गर्न थालिन भनेर ।भगवानले देख्नु भएपछि रोकेर
भन्नु भयो होईन बिचरी दुखियारीलाई आउन देउ । पटाचारा नग्न अवस्थामा सभा भित्र
आउंछिन् ।
आउं
दुखियारी छोरी । होसमा आउ नानी । भगवानको प्रेम बाणी सुनेर उन्लाई अलिकति होस आयो र
लाज मानेर कुक्रुक्क लाएर बस्छिन् नजिकैको एकजनाले पछ्यौरा ओर्ढाईदिन्छ ।बिक्षिप्त
अवस्थामा लुगाहरु फालेर हिंड्ने त्यस दुखियारीलाई पछ्यौरा ओढाएपछि पटाचारा भगवानको
अगाडी आएर डण्डवत गरेर भन्छिन् भगवान मलाई शरणमा लिनुहोस । म अति दुखि छु ।मेरो सर्वस्व
नै समाप्त भयो भगवन।भगवानले भन्नुभयोः नानी । तिमि ठिक समयमा ठिक ठाउंमा आएकिछ्यौ तिमीले
अवश्य शरण पाउंछौ चिन्ता नगर । भगवान मेरो लोग्नेलाई कालो र्सपले डसेर मार्यो ।एउटा छोरालाई गिद्धले लग्यो,एउटा छोरालाई खोलाले बगायो ।आमा, बुवा,र एक्लो भाई घर भत्केर च्यापेर मर्यो
र अब मेरो यस संसारमा कोही छैन मलाई कस्ले शरण दिन्छ -आफ्नो बिगतका दुःखहरु सम्झेर पटाचारा रुन थाल्छिन् । भगवानले करुणाले भन्नुहुन्छ
छोरी होसमा आउ । आमा बुवा,दाजु भाई,लोग्ने
छोरा छोरी कसैले शरण दिन सक्तैन । वास्तविक शरण त आफुले धारण गरेको धर्मले दिन्छ ।तिमीले
कुन प्रियजनको मृत्युमा बिलाप गरेर आंसु बगाउंदैछ्यौ -यस अनादी
भव संसारमा तिमिीले धेरै पटक जन्म लियौ ।सबै जन्ममा तिम्रो प्रि्यजन आफन्तहरु मरेकाथिए
। तिनिहरुको लागि धेरै आंसु बगायौ ति आंसुलाई जम्मा गरेकोभए एउटा समुद्र बन्थ्यो अब
कति जन्म सम्म तिमी आंसु बगाउंदै बिलाप गछ्र्यौ । ति सबै बिगतहरुलाई बिर्स होसमा आउ
र यस दुःखमय भवसागरको सत्यलाई सम्झेर चांडै मुक्तिको मार्ग प्राप्त गर र संधैको लागि
दुःखबाट मुक्त होउ ।
भगवानको
यि बाणीले पटाचारालाई मानो अमृत बर्षा भयो ।यि बाणी ग्रहण गरेर चित्त एकाग्र भयो थोरै
समय मै अन्तरमुखी भईन् । त्यहिं बसी बसी निर्वाण अवस्थाको साक्षत्कार गरिन् र स्रोतापन्न
भईन् । कृतज्ञताले बिभोर भएर भगवानलाई अभिवादन गर्छिन् । धर्मवाणी सुनेर धन्य भईन्
।भगवान बुद्धको प्रमुख शिष्याहरु मध्य एक शिष्य भईन् । यि कुरा हरु सुन्दा हामीलाई लाग्छ
के नै महत्वपूर्ण कुरा भयो र वास्तवमा यहि ज्ञान हामी भित्र प्राप्त हुन सके हामी अन्धकारबाट
मुक्त हुन्छौं ।
भवतु सव्व मङ्गलम् ।
No comments:
Post a Comment