Friday, January 13, 2012

सुत्तपिटक एक परिचय


सुत्तपिटक बौद्ध धर्म को एक ग्रंथ हो। यो ग्रंथ त्रिपिटक को तीन भागबाट  एक हो । त्रिपिटकमा  सुत्त्त पिटक विनय पिटक र अभिधम्म पिटक हुन्छ जसमध्य सुत्त पिटकमा तर्क र संवादहरुको रूप मां भगवान बुद्धको सिद्धांतहरुको संग्रह हो। यसमा गद्य संवाद छ, मुक्तक छन्द छ तथा स्यानो स्यानो प्राचीन पूरानो कथाहरु छन् । यो पाँच निकायहरुमा  बिभाजित छ  
परिचय
यस पिटकको पाँच भाग छ जसलाई निकाय भनिन्छ । निकायको अर्थ  समूह हुन्छ । यि पाँच भागहरुमा स्याना ठूला सुत्र संगृहीत छन। त्यसैले ति निकाय भनिएका हुन् । निकायको लागि "संगीति" शब्दको पनि प्रयोग भएकोछ । आरंभमा, जब कि त्रिपिटक लिपिबद्ध थिएन, भिक्षु एक साथ सुत्रहरुको बयान गर्दथे । तदनुसार त्यसको पाँच संग्रह संगीति भनिन थालीयो । पछि निकाय शब्दको धेरै प्रचलन भयो र संगीति शब्दको धेरै कम ।

केहि सुत्रका एक बग्ग हुन्छ । एकै सुत्रको धेरै भाणा पनि हुन्छन।८००० अक्षरोंहरुको भाणवार हुन्छ । तदनुसार एक-एक निकायको अक्षर संख्या को पनि निर्धारण न सक्छ । उदाहरणको लागि दीर्घनिकाय को ३४ सुत्र छन र भाणवार ६४१। यसप्रकार सबै दीर्घनिकायमा ५१२००० अक्षर छन् ।
सुत्रहरुमा भगवान तथा सारिपुत्र मौद्गल्यायन, आनंद जस्ता त्यसलाई कतिपय शिष्यहरुको उपदेश संगृहीत छन् । शिष्यहरुको उपदेश पनि भगवान् द्वारा अनुमोदित छन् ।
प्रत्येक सुत्रको एक भूमिका छ, जसको ठूलो ऐतिहासिक मत छ । त्यसमा यि मतहरुको उल्लेख छ कि कहिले, कुन स्थानमा, कुन व्यक्ति या कुन  व्यक्तिहरुलाई त्यो उपदेश दिईएको थियो र श्रोताहरुमा पर त्यसको के प्रभाव पर्यो ।
अधिकान्श सुत्र गद्यमा छन, केहि पद्यमा छन् र केहि गद्य-पद्य दुबैमा छन । एकै उपदेश कैयौ सुत्रमा आएका छन- कहीं संक्षिप्तमा र कतै विस्तृतमा छन् । त्यसमा पुनरुक्तिहरुको बहुलता छ । त्यसको संक्षिप्तीकरण को लागि "पय्याल" को प्रयोग गरेको छ । केहि परिप्रश्नात्मक छन् । त्यसमा कतै कतै आख्यानहरु र ऐतिहासिक घटनाहरुको पनि प्रयोग भएकोछ । सुत्तपिटक उपमाहरुको पनि ठूलो भण्डार नै हो । कहिले कहिले  गवान् उपमाहरुको प्रयोग गर्नुभएर उपदेश दिनुहुन्थ्यो । श्रोताहरुमा ठूला राजा देखि सामान्य व्यक्ति, सोझा साझा कृषक देखि लएर महान् दार्शनिक सम्म हुन्थे ।ति सबै अनुरूप यि उपमाहरु जीवनको अनेक क्षेत्रबाट लिईएको छ ।
बुद्ध जीवनी, धर्म, दर्शन, इतिहास आदि सबै दृष्टिबाट सुत्तपिटक त्रिपिटक को सबैभन्दा महत्वपूर्ण भाग मानिन्छ । बुद्धगयाको बोधिगम्य अर्थात पिपलको रुख मुनी बुद्धत्वको प्राप्ति देखि लिएर कुशीनगरमा महापरिनिर्वाण सम्म ४५ वर्ष भगवान् बुद्धले जुन लोकसेवा गर्नुभो, त्यसको विवरण सुत्तपिटकमा पाईन्छ । मध्य मंडलमा कुन कुन महाजनपदहरुमा वहांले चारिका गर्नुभयो
मानिसहरुमा कस्ता कस्ता मिल्ने स्याना समस्याहरु देखि लिएर ठूलठूला समस्या सम्ममा वहांले कस्ता पथ प्रदर्शन गर्नुभयो आफ्ना सन्देशको प्रचारमा वहांले कस्ता कस्ता समस्याको सामना गर्नु पर्यो भन्ने कुरा सुत्तपिटकमा पाईन्छ ।  भगवान् बुद्धको जीवनी सम्न्बंधी ऐतिहासिक घटनाहरुको वर्णन मात्र होईन वहांका महान् शिष्योंहरुको जीवनी प्रकाश पनि भएको पाईन्छ ।
सुत्तपिटकको सबै भन्दा ठूलो महत्व भगवान् द्वारा उपदिष्ट सोधहरु पद्धतिमा छ । त्यो शील, समाधि र प्रज्ञा रूपी तीन शिक्षाहरुमा निहित छ । श्रोताहरुमा बुद्धि, नैतिक आध्यात्मिक विकासको दृष्टि देखि बिभिन्न स्तरका व्यक्तिहरु थिए । ति सबैको अनुसार अनेक प्रकारले वहांले आर्य मार्ग को उपदेश दिनुभएकोथियो,जस्मा पंचशील देखि लिएर दस पारमिता सम्म समावेश छन । मुख्य धर्म पर्याय यस प्रकार छन- चार आर्य सत्य, अष्टांगिक मार्ग, सात बोध्यांग, चार सम्यक् प्रधान पाँच इंद्रिय, प्रतीत्य समुत्पाद, स्कंध आयतन धातु रूपी संस्कृत धर्म नित्य दु:ख-अनात्म-रूपी संस्कृत लक्षण। यसमा पनि सैंतिस क्षीय धर्म नै भगवानको उपदेशहरुको सार रहेकोछ । यसको  संकेत वहांले महापरिनिर्वाण सुत्तमा उल्लेख छ।। यदि हामी भगवानको महत्वपूर्ण उपदेशहरुको दृष्टिले सुत्रहरुको विश्लेषणात्मक अध्ययन गरेमा हामीलाई घुमाई फिराई यि नै धर्म पर्याय पाईन्छ । फरक यति मात्र हो कि कतै संक्षिप्तमा कतै विस्तृतमा छन् । उदाहरणको लागि सुत्त निकायको प्रारंभिक सुत्रमा चार सत्यको उल्लेख मात्र पाईन्छ, धम्मचक्र प्रवर्तन सुत्रमा विस्तृत विवरण  पाईन्छ र महासतिपट्ठानमा बिशेष व्याख्या गरेको पाईन्छ ।
सुत्रहरुको मुख्य विषयवस्तु तथागतको धर्म र दर्शन नै हो ।  जटिल, परिव्राजक, आजीवक, र निगंठ जस्ता जो अन्य श्रमण र ब्राह्मण संप्रदाय त्यस समयमा प्रचलित थिए, तिनिहरुको मतवादको पनि वर्णन सुत्रमा आएकोछ । ति संख्यामा ६२ भनिएको छ । यज्ञ र जातिवादमा पनि कतिपय सुत्रहरु रहेकाछन् ।
देश मगध, कोशल, वज्जि जस्ता कैयौ राज्यहरुमा विभाजित थियो ।तर कपिलवस्तु कुनै राज्य मातहत नभइ छुट्टै स्वतन्त्र राज्य भएको पाईन्छ । त्यसमा कतै राजसत्तात्मक शासन थियो त कतै गणतंत्रात्मक राज्य। तिनका एक आपसमा संम्बन्ध कस्तो  थियो, शासन प्रशासन कार्य कस्तो हुन्थ्यो - यि कुराहरुको पनि कहिं कहिं उल्लेख भएको पाईन्छ । साधारण मानिसहरुको अवस्था, तिनहरुको रहन-सहन, आचार-विचार, भोजन छादन, उद्योग-धंधा, शिक्षा-दीक्षा, कला-कौशल, ज्ञान-विज्ञान, मनोरंजन, खेलकूद ईत्यादि कुराहरुको पनि बर्णन आएकोछ । ग्राम, निगम, राजधानी, जनपद, नदी, पर्वत, वन, तड़ाग, मार्ग, ऋतु ईत्यादि भौगोलिक कुराहरुको पन चर्चा पनि कम छैन । यसरी हामी देख्छौं कि सुत्तपिटकको महत्व न केवल धर्म र दर्शनको दृष्टिले छ, अपितु बुद्धकालीन नेपाल भारतको राजनीतिक, सामाजिक र भौगोलिक स्थितिको दृष्टिबाट पनि छ। यि कुराहरु सुत्रहरुमा उपलब्ध सामग्रीको अध्ययन गरेर विद्वानहरुले निबंध लेखेर बिभिन्न पक्षमा प्रकाश पारेको छ ।
सुत्तपिटकको पाँच निकाय यस प्रकार छन: दीघ निकाय, मज्झिम निकाय, संयुत्त निकाय, अंगुत्तर निकाय र खुद्दक निकाय। सर्वास्तिवादियोंको सूत्रपिटकमा पनि पाँच निकाय रहेकोछ ,जसलाई आगम भनिन्छ । त्यसको मूल  मूल ग्रंथ उपलब्ध देखिंदैन । सबै  ग्रंन्थहरुको चीनीया अनुवाद र केहि तिब्बती अनुवाद देखिन्छ । तिनका नाम इस प्रकार छन: दीर्घागम, मध्यमागम, संयुक्तागम, एकोत्तरागम र क्षुद्रकागम। मुख्य कुरामा निकायहरु र आगामों मा समानता रहेकोछ। यस विषयमा विद्वानहरुले विचार व्यक्त गरेकाछन् ।

No comments:

Post a Comment