Thursday, January 12, 2012

बौद्ध जातक कथाहरु


चराहरुको सल्लाह बाँदरहरुलाई
यो एउटा रोचक कथाहो हितोपदेशबाट संग्रहितः एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएकाथिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेकाथिए तिनिहरुलाई आपतपर्यो जाडोले थुरथुर काँप्नथाले । चराहरुले बाँदरलाई भन्यो ए बाँदरहरु तिमिहरुको यस्तो बस्ते ठाउं छैन तिमीहरुले पनि यस्तै बनाएकोभए हुन्थ्यो नि । जब हामी आफ्नो यो स्यानो चुच्चोले गुँड बनाउन सक्छौभने तिमीहरुले किन सक्तैनौ । जबकि भगवानले तिमीहरुलाई दुई हात पनि दिएकाछन । यो कुरा सुनेर बाँदरहरुलाई रीस लाग्यो र भने कि यि चराहरुलाई अब पाठ सिकाउनुपर्यो पर्ख बर्षा त रोकिनदेउ बडो हामीलाई अर्ति दिने भएकाछौ । अनि हामीले खाईदिन्छौ कसरी घर बनाउने भनेर । बर्षा पनि रोकीयो । बाँदरहरु रुखमा चढेर गुँडहरु भत्काईदिए अण्डाहरु भुईमा फालिदिए विचरा चराहरु डरले यताउती उडन थाले र सोंचे बेक्कारमा तिनिहरुलाई सल्लाह दिएछौ निदनुपर्ने आफैलाई आपतपर्यो । सल्लाह त्यस्तालाई दिनु जो बुद्धीमानछ जस्ले सोध्छ ।
अन्धो गिद्ध र चराहरु
हितोपदेशमा यो पनि एउटा रोचक कथाछ एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरुमा चराचुरुङ्गीहरु बस्थे । एक दिन एए६ कानो गिद्ध त्यहाँ बस्न आयो ।अरु चारहरुले उस्लाई बुढो भएकोले स्वागत गर्यो ।त्यो कानो गिद्धले जब चराहरुलाई देखेर रमाए र सोंचे मलाई यिनिहरुले कति मायाँ गरेको । चराहरुले उस्लाई खान दिनेथ्यो र गिद्धले पनि त्यसै गरेर रमाएर बसेकाथिए ।एक दिन एउटा बिरालो त्यो रुखमा आयो । बिरालो आएको देखेर चराहरु कराउन थाले । बिरालोले चराको बच्चालाई समातेर खाने आसा गरेको थियो ।स्यानै बच्चाले देखेर बेस्सरी करायो । कानो गिद्धले सोध्यो कोहो त्यहाँ नहेरेरै ।बिरालोले सोंच्यो हे भगवान म मरेको जस्तै गर्न जानेकवछु तर बलीयो हुनुपरछ है र मैले निधो गर्नुपर्छ ।एक पटक बिरालोले भन्यो ए बुद्धीमान म आएं है । गिद्धले सोध्यो तिमी को हौ । बिरालोले भन्यो म बिरालो हुं ।गिद्धले भन्यो यहाँबाट गैहाल नत्र ठीक हुन्न है मै खान्छु तिमीलाई । बरालो चलाख थियो उसेले तुरुन्तै भन्यो गिद्धज्यू मेरो कुरा सुन्नुहोस । तपाईले कुरै नबुझि तुरुन्त यस्तो निर्णय गर्नु ठीक हो। हाम्रो यस संगैको यात्रामा। गिद्धले निर्णय गर्यो उस्को कुरा सुन्नलाई बिरालोले भन्यो म नदीको अर्को छेउमा बस्छु मैले तपाईको विद्वताको बारेमा धेरै सुनेकोछु चराहरुबाट तिनहरुले मलाई भनेकोछ कि मैले धेरै कुराहरु धर्मको बारे सिक्नुपर्छ त्यसैले म यहाँ आएकोहुं तपाईको शिष्टता सीप र ज्ञान सिक्न ।अनि उस्ले भन्यो मैले केहि पनि मनमा लिन्न ति चराहरुले के सत्य भन्यो भनेर जब तपाई म कमजोरलाई मार्न तयार हुनुहुन्छ । तपाईले त मलाई राम्री सम्मान गर्नुपर्छ हामी त सबै भगवान कहाई बाट आएका हौ अतीथि भएर । यदि तपाई सित मलाई सम्मान गरेर ख्वाउने केहि छैन भने तपाईले मलाई राम्रोसित भन्न सक्नुहुन्छनि । बुढो गिद्धले भन्यो मैले कसरी पत्याउन सक्छु तिम्रो कुरा । बिरालो त चलाख थियो । उस्ले आफ्नो कानले भुई छोएरल ईमकान्दार सोझोले झैं र भन्यो मैले धेरै कुरा पढे जानेकोछु सत्यताको हत्या भैरहेकोछ भनेर । मैले किन चराहरुलाई मार्छन त भनेर बुझ्न आएकोहुं ।बुढ गिद्धले उस्को बाठो कुरा माथि पत्याएर रुखमा बस्नदियो । दिन बित्दै गएपछि बिरालोले गिद्धले थाहा नपाउनेगरि स्याना चराहरु एक एक गर्दै खान थल्यो । चराहरुले देख्यो कि बच्चाहरु त कम देखिन्छ नि अनि तिनिहरुले यता उति बच्चालाई खोज्यो । बुढो गिद्धले के भैरहेको केहि थाहाछैन यस्सो उस्ले रुखको तल हेरेको त बिरालोले चराका बच्चाहरु खाएर हड्डी फालेको देख्यो । जब चराहरुले ति फालिएका हड्डीहरु देखेर सोंच्यो हेर यो गिद्धले त हाम्रो बच्चा खाएर हड्डी फालेको । चराहरुले त्यो बुढो गिद्धलाई कुरै नबुझेर ठुंगेर मार्न थाल्यो । गिद्धलाई भन्ने कुने अवसरनै दिएन तिनिहरुले र मारिदयो ।
कुरै नबुझि कसैलाई तेसै सजाय नदेउ ।
हात्ती र स्याल
हितोपदेशमा यो बडो राम्रो कथाहो । एक समयमा एक जङ्गलमा करपुरातिलका नाको एउटा हात्ती थियो । जङ्गलमा बलीयो भएर जता ततै चाहार्थ्यो जङ्गलका सारा जनावर त्यो सित डराउंथ्यो ।त्यो हात्तीले अनावश्यक रुपमा रुखका हाँगा भाँचेर झार्थ्यो यस्तो बेलामा चराका गुँड अण्डाहरु फालिन्थ्यो  अनि उस्ले खुट्टाले कुचेर नष्ट गर्थ्यो। जङ्गलका अन्य जनावरहरु बाघ सिंह स्यालहरु त्यो भन्दा टाढै बस्थे । त्यो हात्ट्टीको बानी देखेर रीसले त्यसलाई मार्न चाहान्थ्यो तर बडो मुश्कील थियो ।
स्यालले एउटा बैठक बोलायो हात्तीलाई कारवाही गर्न जे पनि गर्न तयार थिए तर हात्तीलाई मार्न सरल थिएन । सबैले सल्लाह गरे त्यो मूला हात्तीलाई कसरी मार्ने ।तुरुन्तै एउटा बुढो स्यालले भन्यो सबै मलाई छोडीदेउ मैले एपाय निकाल्छु चलाखिपूर्वक त्यसलाई मार्ने योजना बनाउंछु ।
अर्को दिन बुढो स्याल हात्ती नजिक गयो र शिष्टाचारपुर्वक अभिवादन गर्यो र भन्यो महामहीम तपाई प्रति हामी गौरव गर्छौं । हात्तीले स्यालतिर हेरेर ठूलो स्वरमा गर्जेर भन्यो तँ को होस ? बुद्धिमान स्यालले उत्तरदियो महामहीम म एउटा कमजोर स्याल हुँ सरकार तपाईको महानता प्रति जानकारी नहुने यहाँ को छ र ? तपाईं साह्रै दयालु हुनुहुन्छ अनि साह्रै नम्र बुद्धिमान हुनुहुन्छ । हजूरलाई मनमा लिनुस कि हामीले हजूरलाई हाम्रो राजाको रुपमा चुनेकाछौं कृपया स्विकार गर्नुहोस ।
स्यालको कुरा सुनेर हात्ती साह्रू खुसिभयो स्यालले यहि मौका छोप्यो सरकार समस्त जनावरहरु राजाको रुपमा राज्यारोहण समारोह भएको हेर्न चाहान्छन । यो हाम्रो जङ्गलको बिचो बिचमा गर्ने योजनाछ सरकार जहाँ हजारौं जनावरहरु भेला हुनेछन् । हाम्रा ज्योतिषले भनेकाछन कि समय तिब्रगतिमा सुतिरहेकोछ कृपया मेरो साथमा आउनुहोस ढीलो नगरेर ।
हात्ती स्यालको कुरा सुनेर धेरै रमायो र राजा हुने सपना देख्न थाल्यो र स्यालको साथमा समारोह बिच जङ्गलमा हिंड्यो । बाटोमा अलि साईघुरो भएर जानु पर्थ्यो । स्याल त सजिलै निस्केर पार गर्यो तर हात्ती साँघुरो बाटोमा छिर्न खोज्दा अड्कीयो धेरै कोशिश गर्यो बरु निस्केर फर्कन्छु भन्ने सोंच्यो तर सकेन कति कोशिश गर्यो । हात्तीले स्यालालई गुहार्यो साथी कृपया सहयोग गर म त मर्न आँटें । चाँडै अरु जनावर साथीहरुलाई बोलाउ त म त मर्छु अब । स्यालले उत्तर दियो आ हा हा म तँलाई बचाउन सक्तीन तीमी बदमास हौ तैले मेरो बच्चाहरु धेरैलाई मारी सक्यौ चराहरुका गुँडहरु धेरै नष्ट गरेकाछौ बेईमान । माफ गर अब तँलाई कुनै हालतमा बचाउन सक्तीन भन्दै स्याल उम्केर गयो र भन्यो अब तेरो ईहलिला अब यहि समाप्त हुन्छ मर अब ।

Moral: Every despot has to meet his doom.
एक समयमा एकजना शिकारी गाउंमा बस्थ्यो । उ आफ्नो परिवारको साथमा खुसि साथ बसिरहेको थियो ।एक राम्रो बिहान नजिकको जङ्गलमा हरीनको शिकार गर्ने बेला निराश भएछ । उस्ले हरीनलाई देखेपछि तुरुन्तै मार्छ र खुसिहुंदै झुण्ड्याएर घर लयाउंछ । उ अलि कति पर सम्म हिंडुनु पर्थ्यो तब उस्ले जङ्गली जनावर देख्यो जो डरलाग्दी थियो । दुबै जना त्यहिं मर्ने बाँच्ने स्थिमा देखियो । केहि समय पछि एउटा स्याल पनि आईपुग्छ उस्ले मान्छे डर लाग्दो जनावर भालु देख्छ नजिकै भुईंमा मरेको हरीन देख्छ ।भोकाएको स्याल मासु धेरै भन्दा धेरै खान चाह्यो। मासुको चोक्टा मुखमा राख्न चाहंदै भन्यो आह क्या मज्जाको मेरो भाग्य यस्तो देखिन्छ कि अलिकति मासु त खाई हाल्नुपर्छ कि क्याहो यो लामो समय पछि अलि कति खाईहालुं न त । उस्ले सोंच्न थाल्यो कि यस्ती मज्जाको मासु त पहिलो चोटी खान पाईएकोछ । उ बस्तारे रगत चाट्छ मासुबाट चुहिएको थियो तीरको चारैतिर लागेको रगत । तर छीटो भन्दा छिटो उस्ले तीरलाई मुखमा च्याँपेर फाल्न लागेको त मुखबाट छिरेर टाउकोमा निस्क्यो । स्यालले लोभ गरेर त्यहीं मर्यो
Moral: Greed never pays.



बाँदरहरु र घण्टी
एक समयमा  एउटा गाउंमा रबर बस्थ्यो । एकदिन मन्दीरमा घण्टी बजाएर दौडेर जङ्गलमा गयो । बाघले घण्टी बजेको सुन्यो र कताबाट यो आवाज आएको रहेछ भनेर चारैतिर हेर्यो । त्यहिबेला उस्ले रबरलाई देख्यो र एकै पटक झम्टेर मारिदियो। घण्टी भुईंमा खस्यो । केहि दिन पछि एक बाँदरको समूह त्यो बाटोबाट गयो । त्यो ठाउंबाट तिनिहरुले घण्टी उठाएर घर लग्यो  र। तिनहरुले घण्टीलाई देखेर खुबै मज्जा मान्यो घण्टी बजाउंदै खेल्न थाल्यो । राती बाँदरहरु पहाडको माथि टुप्पामा बस्यो र पटक पटक घण्टी बजाउंदै खेल्ल थाल्यो । गाउंका मानिसहरु घण्टीको हल्लाल् डरायो ।  गाउंका मान्छेहरुले रबरको लास भेटाए र सेंचे कि पक्कै यो भूतको आतमा  हुनुपर्छ यहाँ मान्छेहरुला मार्यो अनि घण्टी बजाएर रमायो । गाउंलेहरुले यो कुरा सुनेर सोंच्यो कि पक्कै जङ्गलमा कुनै शिकारीले बदमासी गरिरहेकोछ । फरेरि अर्कोले सोंच्यो कि अब हर तिर बस्न पो थाल्यो डरले । एक जना बलीयो र बुद्धीभएको महिला थिईन् गाउंमा । उस्ले विचार गर्यो मैले यस्तो अन्धविश्वासको पत्याउंदीन कुनै भुतले गाउंमा सताईरहेकोछ भन्नेकुरा मैले पत्ता लगाएरै छाड्छु यो घण्टी बज्ने कुरा ।मध्यरातमा उनी जङ्गलमा गईन् र बाँदरको एक समूह घण्टी सित खेलिरहेको  भेट्टाईन । त्यो महिलाले राती जङ्गलमा घण्टी बज्नुको रहस्य फेला पारिन् । उनी राज समक्ष पुगिन् र भनिन सरकार म यो कुरामा विश्वस्त भए कि यो भूत प्रेतको आतमा देवताको पूजा गरेपछि समाधान हुनसक्छ तर यस्मा अलि खर्च लाग्छ । यदि हजूरबाट यो स्विकृति हुन्छ भने मैले त्यस डराउन दिनेलाई मारेर गाउंलाई खुसि गर्न सक्छु । राजा यो घटनाबाट आफ पनि डराएको थियो र महिलाको अनुरोधलाई स्विकार गरियो । महिलाले रकम पाएपछि केहि केहि केराउ मम्फली र केरा फलफूल लिईन् देवताको पूजा गर्ने साम्ग्रीको चाँजोपाँजो मिलाईन् । उनी एक गोलो घेरा बनाईन र सबै खानेकुरा त्यहाँ राखिन र त्यसपछि ति सामान लिएर जङ्गलमा गईन् र पहाडको नजिक । ति खानेकुराहरु रुख निर राखिदियो र केहि परबाट बाँदरले के गर्ने रहेछ भनेर चेवा लियो । जब बांदरहरुले खानेकुराहरु देख्यो घ्णटी त्यहिं छोडेर दौडेर खानेकुरा समात्यो । त्यहिबेला महिलाले घण्टी लिएर दौडेर गाउंतिर लाग्यो र घण्टी लगेर दरबारमा राजालाई दियो । राजा धेरै खुसि भयो बहादुर महिलाको काम देखेर बहादुरी कामको पुरस्कार दियो । त्यहिबेला देखि त्यहां कुनै घण्टीको  हल्ला सुनिएन र खुसिपुर्वक गाउंलेहरु बस्न थाले ।
समीक्षाःकुनै घटनामा त्यत्तिकै डराउने होईन बुद्धि पुगायो भने हरेक काम सफल हुन्छ ।


            बुढो बाघ र लोभी यात्री
एक समय जङ्गलमा एउटा बाघ बस्थ्यो । केहि बर्ष बितेपछि बुढो भयो । एक दिन बाघ हिंडी रहेको थियो त्यहि बेला एउटा सुनौलो रीङ्ग देख्यो । उ छीटो छिटो गएर समात्यो र सोंच्यो यसबाट केहि समात्न सकिन्छ । यात्रि खुसि भएर बसेको थियो । बाघलाई तुरुन्तै शंका लाग्यो र यसो हेर्यो यो केको लागि के खानको लागि बनेको होला । उस्ले यात्रीलाई आकर्षित गर्न तरिका सोंच्यो । ए यात्री तिमी लाई यो मन पर्छ कि हेर हेर यो सुनको चक्का ।मलाई त मन पर्दैन । एकपटक यात्रीले त्यो सुनौलो रीङ्ग लिन चाह्यो तर बाघको नजिक जान डरायो । उस्लाई थाहाछ नजिक जानु खतराछ तैपनि उस्ले यस्सो सुनौलो रीङ्गलाई हेर्यो । उस्ले योजना गर्यो र बाघलाई सोध्यो मैले तिमीलाई कसरी पत्याउं कि ? मलाई थाहाछ तिमीले मलाई मार्छौ । चलाख बाघले तुरुन्तै भन्यो सुन यात्री, म जान छंदा, म एकदम बहादुर र बदमास थिएं,आजभोली म परिवर्तन भएकोछु मएक सन्यासोको सल्लाहले मैले सबै बदमासी छोडीदिएं । म आजभोली एकदम एक्लै बस्छु यो संसामा दयाको आवश्यकछ त्यसैले म दयालु भएकोछु । म बुढो हुंदै गएकोछु म सित दाँत पनिछैन हेरन । अनि त्यो यात्री सुनौलो रीङ्ग लिन मन लागेर बाघको चलाकी कुरा पत्यायो र बाघलाई नाघेर हाम्ल्यो । तर बाघ योजना अनुसार धैर्य गरेर भन्यो ओहो तिमीले चिन्ता गर्नु पर्दैन मैले सघाउंछु त भनेर अघि आएर यात्रीलाई च्याप्प समात्यो । यात्री डराएर उबाट उम्कन खोज्यो । राम्रो भनेको संधै राम्रै हुन्छ मैले बाघको मीठो कुरामा नभुल्नुपर्ने साह्रै गल्ती भयो । मेरो लोभी मनले गर्दा आज फंसीयो अब के गर्ने अब ढीलो भयो भन्ने सोंच्दा सोंच्दै बाघले यात्रीलाई मारेर मीठो भोजन गर्यो । यात्रीमा लोभले जित्यो र बाघको दुष्ट योजना सफलभयो ।
 लोभले कहिलै भलो गर्दैन
.

                                        खरायो र हात्ती
एक समयमा एउटा जङ्गलमा चतुरदन्त नाम गरेको हाज्ञी राजा थियो। त्यहां जङ्गलको बिचमा ठूलो घाटी थियो । जहां सबै जनावरहरु पानी पीउन र नुहाउन जान्थे । एकपटक घटना भयो त्यतिबेला बर्षैभरि बर्षा भएन । सुख्खा भयो जताततै पानी सुक्यो जनावरहरु प्यासले छटपटीन थाल्यो थुप्रै चराहरु र जनावरहरु मरे । हात्तीहरु दुखि भयो यदि तिनिहरुले पानी पिउन पाएन भने तिनहरु पनि प्यासले मर्नेछन ।
हात्तीहरुले एउटा  निर्णाय गरे र चतुरदन्त राजामा बिन्ती गरेर भने सरकार हजूरलाई थाहै छ कि जङ्गलमा आजभोली पानी छैन थुप्रै चराहरु र अरुजनावरहरु प्यासै मरे । पानीको व्यवस्था गर्न अनुरोध गर्दछौं । यदि हामी केहि दिन यसै यहाँ बस्यौंभने हामी मर्छौं । कसरी पानी पाउन सकिन्छ पत्तालगाउनुपर्छ । चतुरदन्त राजाले भन्यो अब हामीले अर्कै ठाउंthमा जानु पर्छ पानीको खोजीमा । सौभाग्यले एकले अलि टाढा  पानीले भरीएको घाटी पत्ता लगाएको खबर सुनेर राजा खुसि भए र सबैलाई त्यहाँ जान निर्दश गरे ।.
 यो घाटीमा यति पानीले भरिएकोछ कि जतिनै बर्षा नभएर सुख्खा परेपनि पानीको कमी हुंदैन । बाटैमा खरायोहरु बसेका थिए। त्यही खरायो बसेको ठाउंबाट हात्तीहरुलाई जानु पर्थ्यो । हजारौं खरायोहरु हात्तीको त्यो गह्रुंगो खुट्टाले कुल्चीए कति घईतेभए । सारा खरायोहरु ८रले थरथर काँपेर दुलोमा लुकेर बसेका थिए । तब खरायोका राजाले यो अवस्थामा बैठक बोलायो । बैठकमा राजाले भन्यो मैले सुनें कि हात्तीहरु हाम्रो क्षेत्रमा आईपुग्योरे हाम्रा हजारौ साथीहरु मारीएकाछन् र म अरु साथीहरु यसरी नमरुन भन्ने चाहन्छु । हानमीले सुरक्षाको विचार गर्नु पर्छ ।सबै खरायोहरुले के गर्ने भनेर बुझनै सकेन त्यहि बेला स्यानो खरायोले आफ्नो योजना भन्यो सरकार यदि तपाई मलाई दुतको बनाएर हात्तीको राजाकहाँद् पठाउनुहुन्छ भने यो समस्याको समानधान गर्ने म सित उपाय छ ।खरायोको राजाले स्विकृति दियो लेकतिर जान ।जब तिनहरुले सुनेकि हात्तीहरु फर्कंदैछन घाटीबाट तिनीहरुले सोंचे कि अब यो असम्भवछ अगाडी जान अनि पहाडमा थि चढेर भन्यो ए हात्तीको राजा कृपया मेरो कुरा सुन्नुहोस खरायोको आवाज सुनेर हात्तीराजा चतुरदन्त रोकियो । अनि सोध्यो को हौ तिमी?कहाँबाट आयौ ? यहाँ किन आएको?खरायोको दुतले भन्यो भगवान चन्दको एउटा सूचनाछ तपाईंलाई।दुतले सत्य कुरा बोल्छ। कृपया दुतलाई कुनै सजाय दिनुहुंदैन है उस्ले के भन्न लागेकोछ । उस्लै आफ्नो काम गर्नु पर्छ मसित नरिसाउनु। अनस राजा चतुरदन्त
ले लौ भन्न चाहेकाहौ ।स्यानो खरायोले भन्यो भगवान चन्द्रमा तपाईंहरु सित रिसाउनुभएकोछ । किन कि तपाईघहरुले पबित्र र शान्तीको घाटीमा अशान्ती पुगाउनुभएकोछ । तपाईंहरुले हजारौ खरायोहरुलाई कुल्चेर मार्नुभएकोछ यस्मा तपाईहरुलाई वहाँले डण्ड सजाय गर्नुहुनेछ । यदि तपाईहरुले भगवान चन्द्रको कुरा अटेढ गर्यो भने अवश्य सजायको भागिदार हुनुहुनेछ ।हात्ती राजा यो कुरा सुनेर अलि स्तवध भए खरायोको कुरा सुनेर भने हो ७क हशो यहाईबाट जांदा हामी बाट धेरै खरायोहरु च्याँपिएछन । वास्तवमा हामीले त्यसो गर्न चाहेको होईन कुनै हालतमा अब हामीले हेरेर हिंडनेछौं । भगवान चन्द्रमासित हाम्रो विनम्र अनुरोधछ हामी बाट भूल भयो हामीलाई माफ गर्नुस केगर्नु पर्छ सुझाव दिनुहोस ।खरायोले उत्तर दियो ठीकैछ म तपाईलाई लिएर जान्छु भगवान चन्द्रमाकहाँ अनि सो ध्नुस यो अपराध गरे वापत के सजाय भोग्नुपर्छ ल आउनु मेरो साथमा।
 रातीको समयमाहानत्ती राजालाई घाटीमा लग्यो र दुबै जना टघाटीको किनारमा उभिए नदीमा चन्द्माको छायाँ थियो अनि हल्का नीलो नीलो भएर चलाएमान देखिएको थियो।जब हात्ती राजाले यो देख्यो र सोंच्यो साँच्चै भगवान चन्द् रिसाएकै रहेछ भनेर अभिवादन गर्यो । खरायोले भन्यो हे भगवान चन्द्रमा हात्ती राजाले अपराध स्विकार गर्नुभएकोछ । वहाँलाई दया गरिदिनुस र अब यहाँबाट गएर फेरि फर्कनेछैन
चतुरदन्तले फेरि अभिवादन गर्यो र तुरुन्तै त्यहाँबाट प्रस्थान गरे । र खरायोहरु खुसिसाथ रहन थाले ।


Moral: Wit can win over might.



बौद्ध जातक कथाबाट
पुजारीको छोरी
एक समयमा बुद्धीमान मान्छे नदीको किनारमा बस्थ्यो । उनको श्रीमतीबाट कुनै बच्चाहरु थिएन त्यसैले अलि निरास थिए । एकदिन पुजारी आत्मग्लानी भएर आफैलाई निरास भएर बसेका थिए ।त्यतिनै बेला एउटा ठूलो खेलौना जस्तो मुसी देखेर खुसिभए । पुजारीले सोंच्यो भगवानको शक्त्तीले त्यो मुसी मलाई पठादियो । उस्ले त्यो खेलौना जस्तो मुसीलाई घर लिएर जानुपर्ने सोंचे मान्छेहरु देखेर हाँस्नेछन । अनि उस्ले त्यो मुसीलाई केटीको रुपमा परिवर्तन गर्ने सोंचेर केटी         प्रार्थनाको शक्त्तीले बनायो ।
पुजारीले उस्को घरमा केटी ल्यायो केटीलाई देखेर उस्को श्रीमतीले सोधीन् को हुन यिनि कहाँबाट ल्याउनुभयो केटीलाई ? पुजारीले सबै घटना बतायो र भन्यो मैले यिनिलाई साँच्चिकै रुपमा बनाउन चाहन्छु । पुजारीको श्रीमतीले तुरुन्तै त्यो कामलाई रोकिन र भनिन् म भिख माग्छु यस्लाई साँच्चै मुसीको रुपमा न ल्याउनुस । तपाईले यसलाई जीवन दिनुभएकोछ त्यसैले बुवा हुनुभयो आज देखि तपाई यस्को बुवा म आमा । भगवानले हामीलाई पठाईदिनुभएको हो किन कि हामी सित कुनै बच्चा छैन । पुजारीले श्रीमतीको कुरा मान्यो । तिनहरुले त्यो केटीलाई आफ्नै छोरीलाई जस्तै व्यवहार गर्न थाले । तिनी हेर्दा हेर्दै तरुनी भईन् । १६ बर्ष पुगेछि बिहे गरिदिने विचार गरिन् र श्रीमान सित सोधिन् कुनै जोडी मिल्ने केटो छैन र भन्या हाम्री छोरीको लागि लौन। पुजारीले एउटा विचार सोंच्यो र सुझाव दियो सूर्य नै राम्रो होला । श्रीमतीले यो कुरा मानिन् र पुजारीले प्रार्थना गर्यो सूर्य भगवान प्रकट भयो । पुजारीले सोध्यो हे सूर्य मेरो छोरी सित बिहे गर्छौ कि । छोरीले भनिन् म सूर्य सित बिहे गर्दीन साह्रै तातो बलीरहेकोछ । पुजारीले छोरीलाई त्यहाँबाट हटाएर सूर्य सित सोध्यो हे सूर्य भगवान यदि तपाई सुझाव दिन सक्नुहुन्छ भन्नुहोस के गर्ने । सूर्य भगवानले भने महान बादल सुहाउला यिनि सित उ त एक्लैछ जस्ले सूर्यलाई छेक्न सक्छ । अनि बादललाई प्रार्थना गरेर भन्यो मेरो छोरी सित बिहे गर्नुस । छोरीले बादल सित बिहे गर्न मानिनन् यस्तो कालो बादल सित बिहे गर्दीन । बादलले भन्यो हेर्नुस न म त चीसोले जमि हाल्छु पानी भैहाल्छु। अनि पुजारीले सोध्यो लौन को छन्  सुझाव दिनुस न । बादलले भन्यो हावा सबै भन्दा उत्तम होला किन भने मलाई त सजिलै बगाएर लैजान्छ ।  म भन्दा बलीयो छ । पुजारीले त्यसै गरि हावालाई प्रार्थना गर्यो केटीले मानिनन् हावाले भन्यो मलाई त हिमालले छेकि दिन्छ म भन्दा त पहाड जाती हुन्छ । त्यसै गरि पहाडले भन्यो म अलि कठोर छु म भन्दा त मुसा बलीयो छ मज्जैले मलाई प्वाल पार्छ । अनि छोरीले सहर्ष स्विकार गर्छिन । पुजारीले केटीलाई केटी मुसाको रुपमा परिवर्तन गर्छ र केटो मुसा सित बिहे गरिदिन्छ । मुसा र मुसीहरु खुसि सित बस्न थाले । वंश परिवर्तन हुन सक्तैन ।



No comments:

Post a Comment