बुद्धकालिन समयमा कोशलको श्रावस्तीका
अनाथपिडण्क एक जना धनाढ्य साहुजी थिए । उनले सुनेका थिएकि संसारमा बुद्धको उत्पन्न
हुनु साह्रै दुर्लभ कुरा हो । आफनो नातेदार राजगृहका धनपती नगर श्रेष्ठी धनपालले
भने कि संसारमा बुद्धको उत्पन्न भएकोछ । विश्वास नगर्ने कसरी आफ्ना घनिष्ठ सम्बन्ध
भएका परम मित्रले भनेको कुरा । कपिलवस्तु शाक्यवंशी राजकुमार सिद्धार्थ चक्रवर्ती
सम्राट हुन सक्ने प्रलोभन त्यागेर कठीन तप ध्यानबाट बुद्धत्व प्राप्त गर्नु भयो ।
राजा बिम्बिसार सित वचनवद्ध भएकोले शाक्यमुनी बुद्ध राजगृह आउनु भएको थियो । नगर
श्रेष्ठी को राजा बिम्बिसार सित राम्रो सम्बन्ध थियो । नगर श्रेष्ठीले भगवानको
स्वागतमा आफु सहित सम्पूर्ण नोकर चाकर काममा व्यस्त थिए । संधै आफनो मित्र
अनाथपिण्डक आउंदा भव्य स्वागत हुन्थ्यो तर यस पटक सामान्य स्वागत गरेर काममा
व्यस्त भएको देख्दा अचम्म माने किन रैछ यस्तो वयवहार भनेर । अनाथपिण्डकले सोधे कि
यहो के समारोह हुंदैछ आवाह विवाह वा कुनै यज्ञ
वा अन्य केहि । श्रेष्ठीले भने कि कुनै आवाह विवाहर यज्ञ होईन बरु भोली
शाक्यमुनी बुद्ध आफ्ना भिक्षुगण सहित भोजनको लागि आउंदै हुनुहुन्छ त्यसैको तयारी
हो ।
भगवान एका बिहानै भूमिमा चक्रमण गरिरहनु
भएको बखतमा अनाथपिण्डक दर्शनको लागि अघि बढेकाथिए । भगवानले भन्नुभयो आउ सुदत्त ।
अनाथिपण्डकको शरीर रोमान्चित भयो सांच्चै भगवान भगवान हुनुहुन्छ सम्यक सम्बुद्ध
हुनुहुन्छ सर्बज्ञ हुनुहुन्छ त्यसैले आमा बुवाले जन्मको समयमा दिएको नाम सबैले
बिर्सेका थिए जो भगवानले बोलाउंदै हुनुहुन्छ । उ धन्य भयो भगवानको दर्शन पाएर ।
भगवान भिक्षुसंघको साथमा आउनुभयो नगर
श्रेष्ठीको घरमा सबै ओजस्वी तेजस्वी शान्त संयत थिए अनुशासन बद्ध कतै नहेरि कुरा
नगरि भोजन गरेपछि आफनो पात्र आफै धोई पखाली भगवान उठ्नुभयो भिक्षुहरु पनि उठे । भगवानले भोजन दानको पुण्यानुमोदन गर्नुभयो र
गृहस्थ धर्म बारे धर्म देशना गर्नुभयो । अनाथपिण्डक आराम गरेर निदाउन खोज्दा
भगवानको शालीन दिव्य मुहारको सम्झना आउंथ्यो अनि धर्म रसले शरीर रोमान्चित
हुन्थ्यो । नगर श्रेष्ठीले सोधे नीद लाग्यो आराम सित सुत्नुभयो कि अनाथपिण्डकले भने म त सारा जीवन सुति राखेको
थिएं अहिल बल्ल तपाईले गर्दा जागें । जिन्दगिमा थुप्रै दान गरें त्यसको कुनै पुण्यलाभ
भएन भन्न त म सक्तीन तर असीम फलदायी दनको बिजारोपणको लागि मलाई यस्तो पुण्य कहिल्यै
प्राप्त भएन । मैले भगवान तथा भिक्षुसंघ लाई भोजनको लागि आमन्त्रण गरें भगवानले
मलाई कृपा गर्नुभयो । अनाथपिण्डकले संघदानको आयोजना गरेको नगरमा व्यापक चर्चा भयो
। नगर श्रेष्ठीको श्रीमती अनाथपिण्डकको बहीनी थिईन यिनि पनि साह्रै खुसि भईन् ।
भगवानको साथमा अनेक प्रशिद्ध धर्माचार्यहरु
सारिपुत्र र मौगल्यान सहित अनेकौ गृहत्यागि भए । यो देखेर केहि प्रवज्जितहरुलाई
डाहा भयो र भगवानको बारेमा गलत प्रचार गर्न थाले । यि गौतम श्रमण आमा बुवालाई
निपुता बनाउन कूलबधुहरुलाई बिधुवा बनाउन र गृहस्थीबो वंश नष्ट गर्न आएका हुन् ।
यिनले हजारौलाई भिक्षु बनाए यि ठिक होईनन्
। केहि दिन यस्तै चर्चा व्यापक
भयो तर बिस्तारै सेलायो ।
अनाथपिण्डकले बिहार बनाई दिने निवेदन
भगवानबाट स्विकृति भएपछि उनले ६० वटा बिहार बनाउन लगाए ति कुनै मनोरन्जनको लागि
नभएर भिक्षुहरुको साधनाको लागि हो । राजगृह देखि श्रावस्ती पैतालीस योजन थियो । (एक योजन बराबर अहिले
चारकोष मानिन्छ) अधिकान्श एक दिनमा एक योजन यात्रा गर्ने चलन थियो । प्रत्येक योजनमा
एक ठूलो गाउं थियो । उनले भने कि यो बाटो भएर भगवान यात्रा गरेर श्रावस्ती
आउनुहुन्छ । उनले सबै व्यवस्थाले सम्पन्न गरिदिए । अनाथपिण्डकले भगवान श्रावस्तीमा
आउनु भएपछी के दान गर्ने होला भनेर स्थानको खोजी गर्दा जेत राजकुमारको बगैंचा
देखेर खरिद गर्न प्रस्ताव राखे तर राजकुमारले बेच्न चाहेनन् । छल्नको लागि त्यसको
मूल्य कोटी सन्थार भने ।अर्थात करोडौंको असर्फी बिछ्याउने त्यसबेला यस्को
अर्थ थियो कि जमिनको एक किनार देखि अर्को किनार सम्म स्वर्ण मुद्राले बिछाउने ।
अनाथपिण्डक राजी भयो र त्यसै गरे गाडा को गाडा असर्फी बिछ्याईदिए। राजकुमार यो
देखेर अचम्म भए उस्ले सोंचे यो जमिनको लागि किन यति महत्व दि रहेकोछ । जग्गा खरीद
गर्दा अलिकति बचेको जग्गा राजकुमारले दान गर्न बांकि राखिदेउ भनेर आग्रह गरेपछि
त्यैसै गरे त्यहां सबै सुबिधाले सम्पन्न बिहार बनाए राजकुमारले स्वागत व्दार बनाएर
दान दिए । भगवानले ४५ बर्षको यात्रामा २५ बर्षावास बस्नुभयो र यहिं अनेकौ
महत्वपूर्ण उपदेशहरु दिनुभयो । यस प्रकार महादानी अनाथपिण्डकको परम कल्याण भएकोछ ।
यो आधुनिक समयमा पनि कोहि कोहि अनाथपिण्डक जस्ता
दानीहरु देखिएकाछन् ।
भवतु सब्ब मङ्गलम्
No comments:
Post a Comment