Saturday, January 14, 2012

विपश्यनाबाट क्रोधको उपचार




हामीलाई रीस उठ्छ किन ? जब रीस उठ्छ तब साँस प्रश्वास बढछ अनि उस्ले जे पनि गर्न सक्छ सचेत अचेत भएर तर किन ? किनकि हामी भित्र व्देष रुपी ज्वलनशील छ राग रुपी ज्वलनशीलछ जब द्वेषरुपी आगो बाहिरबाट आक्रमण हुन्छ स्वभावतः बिष्फोट हुन्छ । त्यहि अवस्था परिवर्तन हुन्छ वचनले प्रतिकृया व्यक्त हुन्छशरीरबाट व्यक्त हुन्छ । बाहिरबाट आउने अप्रीय वचनले गर्दा वा दृष्यले गर्दा त्यसो हुन्छ । त्यसो भए के गर्ने त कोहि क्रोधलाई मन्थर गर्न चीसो पानी पिउंछन कोहि चिच्याउंछ कराउंछ रुन्छ शरीरलाई हानी नोक्सानी पुगाउंछ । कुनै हानी नोक्सानी नगर्दै क्रोधको उपचार गर्न सकिन्छ । साँस प्रश्वासलाई हेर्न थाल्नुस सुक्षम तरिकाले सांसको गति मन्थर हुंदै जान्छ । यहि पद्दतीलाई सिक्न विपश्यना साधना गरिन्छ । आफैलाई बोध हुन्छ ।
क्रोध एक तरंग हो-क्रोध मनुष्यको स्वभावको एक भाग हो । अर्को अर्थमा भन्ने होभने आगोको संज्ञा दिनु पर्छ ।आगोलाई जस्ले छोयो उ जल्यो र आगो स्वयम् जलेर खरानी हुन्छ । क्रोधको स्वभाव र आगोको स्वभाव मेल खान्छ । प्राय: सबै प्राणिहरुलाई कामावेशमा क्रोध आउंछ है। प्रत्येक व्यक्ति यो बानीबाट मुक्त हुन चाहान्छ । क्रोधबाट छुटकारा पाउन मान्छेले बिभिन्न तरिका खोजे । जस्तै  क्रोधको बेला पानी पिउनु, हत्पत नुहाउनु गिन्ती गिन्नु, जुन देव देवतालाई मान्दछ, त्यो देवताको सम्झना गर्नु, मन्त्र जप  गर्छन इत्यादि-इत्यादि । यि प्रचलित तरीकाले केहि मात्रामा  क्रोध  कम त हुन्छ, तर समाप्त हुंदैन ।
त्यस समयमा त केहि कम होला तर जब त्यहि परिस्थिति फेरि उत्पन्न हुन्छ, ,किनकि यि प्रचलित उपाय हाम्रो मनको माथि सतहमा काम गर्छ । जबकि क्रोध मनको गहिराइबाट उत्पन्न हुन्छ । कोहि मनको गहिराई बाटै निर्मूल गर्न हामीले क्रोधको उत्पत्तिलाई बुझ्नु पर्छ । भगवान बुद्धले क्रोध र अन्य विकारहरुको उत्पत्ति तथा त्यस्को निदान कसरी हुन्छ त्यसको सरल एवं वैज्ञानिक तरिका सिकाउनु भएकोछ । जो मान्छेले मात्रै सिक्न सक्छ भगवान बुद्ध भन्नुहुन्छ कि हाम्रो मस्तिष्कको चार भाग छ । पहिलो हो, संज्ञा। कुनै पनि तरंग पहिला हाम्रो इन्द्रियहरु सम्म पुग्छ । आवाजको तरंग हाम्रो कानमा पुग्छ, दृश्यको तरंग हाम्रो आंखाको पटमा पुग्छ , सुगन्धको तरङ्ग हाम्रो नाक सम्म पुग्छ, स्वादको  तरङ्ग हाम्रो जिभ्रो सम्म पुग्छ र स्पर्शको तरङ्ग हाम्रो छाला सम्म पुग्छ । जसै यिनमा कुनै तरङ्ग हाम्रो कुनै इन्द्रियमा पुग्छ , तब त्यो इद्रियलाई जानकारी हुन्छ । यो जान्नु हाम्रो मस्तिष्कको पहिलो भाग हो ।  मस्तिष्कको देश्रो भाग यसलाई चिन्दछ । जिभ्रोले थाहा पाउंछ कि यो  तरंग स्वाद हो । कानले शब्द , नाकले गन्ध, आंखाले यो वस्तु , छालाले स्पर्श भनेर थाहा पाउंछ । यस प्रकार मस्तिष्कको दोश्रो भागले थाहापाउने काम गर्छ । यो तरङ्ग मस्तिष्कको दोश्रो भागबाट तेश्रो भागमा पुग्छ। हाम्रो मस्तिष्कको तेश्रो भाग यस तरङ्गलाई विश्लेषण  गर्छ । कान द्वारा शब्दलाई थाहा पाएपछि हाम्रो मस्तिष्कले यस तरङ्गलाई बिश्लेषण गरेर संकेत दिन्छ यो शव्द ठीक छ या छैन  कर्णप्रीय छ कि कठोर छ । शब्दको विश्लेषण  पछि तरङ्ग मस्तिष्कको तेश्रो भागबाट चौथो भागमा पुग्छ । यो भागले विश्लेषणको आधारमा शब्दको ठीक बेठीक निर्धारण गर्छ । यो कार्य साह्रै तिब्र गतिमा हुंदै जान्छ । शब्द यदि राम्रो छ भने मनले सुन्न चाहन्छ, र शब्द यदि ठीक छैन भने,  मनले त्यसलाई सुन्न चाहन्न । राम्रो शब्दलाई अरु सुन्ने ईच्छा हुनु लाई तृष्णा या राग  भनिन्छ । अप्रिय शब्दलाई सुन्न मन न लाग्नु द्वेष भनिन्छ । यस प्रकार राग र द्वेषको उत्पत्ति हुन्छ । जब यस द्वेषको मात्रा बढछ, तब हामी त्यसलाई क्रोध भन्छौं । क्रोधको उत्पत्तिको यो विज्ञान हो , जो तथागत शाक्यमुनी बुद्धले पत्ता लगाएर निकाल्नुभयो । वहां भन्नुहुन्छ कि क्रोध पनि एक तरङ्ग हो, जुन हाम्रो मस्तिष्कको पटमा अथवा मानसटलमा प्रतिबिम्बित हुन्छ, जस्लाई हामी शरीरको कुनै न कुनै अङ्गमा सम्वेदनाको रूपमा  महसूस गर्न सक्छौं । भगवानले यो नियम पत्ता लागाउनुभयो कि शरीरमा सम्वेदनको उत्पत्ती नभई मस्तिष्कमा केहि पनि उत्पन्नहुन सक्तैन ।
यो त भयो क्रोधलाई बुद्धिको स्तरमा बुझ्ने विज्ञान, तर बुझेर मात्रै  क्रोध टाढा हुंदैन । भगवानले क्रोधको विज्ञानलाई बुझाउनुको  साथै उसलाई पूर्ण रुपमा नष्ट गर्ने तरिका पनि सिकाउनु भएकोछ । क्रोध दबाउनाले देख्दा  अलिकति क्रोध उत्पन्न भएको होईन कि जस्तो लाग्छ ।
 महसूस गर्नाले अनुभव गर्नाले । भगवानको यस विशेष तरिकाले हेर्ने विद्यालाई विपश्यना भनिन्छ । क्रोधलाई हामी सेझै देख्न त सक्तैनौ मान्छे  क्रोधित हुन्छ तब उस्को हात खुट्टा कांप्न थाल्छ या त चीसो हुन थाल्छ । उसको सांसको गति बढछ । मुटुको धडकन बढछ । यो सबै क्रोधित मान्छेको शरीर माथि घटता हुन्छ जस्लाई  महसुस गर्न सक्छ, हेर्न सक्छ । यो अनुभव प्रिय होला या अप्रिय होला । विपश्यनाले हामीलाई बुद्धिको विश्लेषण भागमा हामीलाई प्रिय या अप्रिय राम्रो या नराम्रो रूपमा विश्लेषण गर्न बाट बचादिन्छ । एक साधक पटक पटक अभ्यास गरेर बुद्धिको त्यस स्वभावलाई परिवर्तन गरिदिन्छ, जसले प्रतिक्रिया गर्छ । यो स्वभावको परिवर्तन  मात्रले बुद्धिको स्तरमा हुंदैन बरु संवेदनाको स्वभावलाई जान् अधारमा हुन्छ । एक साधक त्यस सत्यलाई जान्दछ प्त्येक सम्बेदना  छ भनेर । अनित्यताको अनुभवमा आफनो स्वभावलाई भोक्ता-भाव बाट निकालेर दृष्टा भावमा प्रस्थापित गर्दछ अनि प्रतिक्रियावादीस्वभावले मुक्त भएर मात्र क्रियावादी बन्दछ । मनको गहिराइहरुमा लुकेको क्रोध को स्वभावबाट बिस्तारै बस्तारै अभ्यास गर्दै गर्दै मुक्त हुन्छ । यसको अभ्यासको लागि साधकलाई दस दिनको विपश्यना शिविरमा सहभागि हुनुपर्छ । तब उ क्रोधलाई देखेर क्रोधबाट मुक्तहुने बिज्ञान विज्ञान सीक्न सक्छ । र आफ्नो जीवनलाई सुखी बनाउन  सक्छ तथा वातावरणलाई पनि क्रोधको दुष्प्रभावबाट मुक्त गर्न सकछ । क्रोधको तरंगबाट सचेत भएर कुनै पनि मान्छे यस प्रकार क्रोधको उपचार गर्न सक्छ । शाक्यमुनी बुद्धले कैयौ क्रोधीहरुको उपचार गरेर शिष्य बनाउनुभयो । त्यसताका अंगुलीमाल जस्तो खतरनाक डाँकुलाई उपचार गर्नुभयो । नालागिरी जस्तो क्रोधी खतरनाक हात्तीलाई  बसमा पार्नुभयो । विपश्यनाको अर्थ नै बिशेष गरि आफैले आफैलाई यथाभूत हेर्नु हो । सांस आयो भने आयो गयो भने  गयो भनेर महसुस गर्ने वास्तवमा यो विज्ञानले मानिसलाई नम्र बनाउंछ बुद्धी विवेकि बनाउंछ केवल यो लेख पढेर हुंदैन ।  पलेटी मारेर सजीलो आसनमा बस्नुस  आंखा चिम्लनुस अनि आफु भित्र सांस आउंदा सांस आयो भन्ने महसुस गर्नुस जांदा गयो भनेर । गर्नुस अभ्यास । 




यो लेख आधार विपश्यना १० दिन साधना अनुभव र  डा.लाल सिंहको लेख हिन्दीबाट आंशिक अनुवाद
भवतु सब्ब मङ्गलम् । भवतु सब्ब मङ्गलम् । भवतु सब्ब मङ्गलम् । यो सुर्खेत विपश्यना केन्द्रमा प्रथम ध्यान शिविरको फोटो हो ।


 



No comments:

Post a Comment