Tuesday, January 10, 2012

बिम्बिसार एक परिचय


बिम्बिसार

बुद्धको शासनकालमा तत्कालिन मगध  राज्यमा राजवंशीय शासनको शासक महाराज भाती थिए । उन्को महारानी बिंम्बिबा६ छोरा जन्म भयो । बिंम्बि पुत्र भएकोले छोराको नाम पनि बिम्बिसार राखियो ।
राजकुमार बिंम्बिसार चतुर र तेज बुद्धिभएको  किशोर भएर महत्वाकांक्षी निस्के । राजा भातीलाई आफ्नो छोरा प्रति साह्रै मायां गर्थे । बिंबिंसारलाई १५ बर्षै उमेरमा राजा हुने अभिलाषा जाग्यो महाराज भातीले तिन्लाई राज्याभिषेक गरि दिएर राजपा७ सुम्पे । शास्त्र बिदा लगाएत सैन्य संचालनमा पनि पारंगत भए । आफ्ना सेनाहरुलाई बिधि शस्त्रहरुले सुसज्जित गरिदिए । आफ्नो सैन्य शक्तिले अंग जनपदलाई आफ्नो अधिनमा पारे । अंग र मगध मिसिए पछि झन शक्तिशाली भए बिंबिसार । बिशाल सेनाको नायक भएकाले सेनानी बिंबिसार भनेर चर्चित हुन थाले ।
मगधको पश्चिमोत्तर कोशल पनि बिशाल जनपद थियो जस्को शासक महाराज महाकोशल थियो र उन्को छोरा प्रसेनजित थियो र  छोरी कोशल देवी थिईन् । र प्रसेनजितको बहिनी कोशल देवीको बिहे मगधका राजा बिंबिसार सित गरिदिए दाईजोमा काशी राज्य पनि दिए । अब बिंम्बिसारको साम्राज्य शक्ति पनि बढ्यो ।  त्यसपछि अंग मगध र काशी समेत मिसाएर तिन महा जनपदको सम्राट भए । सम्राट बिंम्बिसार सुन्दरी युवतीहरु साह्रै मन पथ्यों जति देखे पनि सुन्दरीहरु नपुग्ने सौर्न्दर्य लिप्सा ब९दै पाकिस्तानको स्यालकोटकी राजकुमारी सम्म दृष्टी पुग्यो र तिनि सित पनि बिहे गरे । कुनै जनपदमा सुन्दरी छन भन्ने थाहा पाए पछि त्यो सून्दरी प्राप्त गर्न भर मग्दुर प्रयत्न गरि हाल्थे ।
त्यस्तै एक सौर्न्दर्य साम्राज्ञी थिईन नगरबधु आम्रपाली यिनि वज्जि गणाराज्यको जनपद कल्यणी थिईन् । तत्कालिन समयमा सुन्दरीहरुलाई मुल्यांकन गरेर तिन्को शरीरको मूल्य बढाएर जनपदकल्याणी नामले अलंकृत गर्ने चलन थियो । आम्रपालीको सौर्न्दर्यको चर्चा सुनेर तिन्लाई प्राप्त गर्ने तिब्र इच्छा पलायो । वज्जि गणाराज्य र मगधको सम्बन्ध राम्रो थिएन तैपनि भेष बदलेर वज्जिको राजधानी बैशाली पुगेर आम्रपाली सित सम्बन्ध गरेरै छाडे । उज्जेनकि जनपद कल्याणीको सौर्न्दर्य चर्चा सुनेर त्यहां पनि पुगे । जति गोप्य गरे पनि आम्रपाली र उज्जेनकि जनपद कल्याणी पद्मावती सितको सम्बन्ध सबैलाई थाहा भयो किनकि दुबै बाट एक एक छोराको जन्म भएको थियो । आम्रपालीको तर्फबाट जन्मेको छोराको नाम बिमल कौडण्य र पद्मावतीबाट जन्मेको छोराको नाम अभय राखियो । जति सोर्न्दर्यमा भगदौड गरे पनि बैधानिक र अबैधानिक बिहेहरु गरे तापनि सबै सन्तानलाई समान अधिकार प्रदान गरेर मानवी मूल्य प्रदर्शन गरेका थिए । सबैको पालन पोषणको लागि बिंबिसारले खर्चको व्यवस्था गरेका थिए।
 । पद्मावतीलले आफ्नो छोरा अभयलाई सात बर्षो भएपछि आफ्नो बुवा कहां पर्ठाई दिए तर तिनले कसै सित तुलनामा नराम्रो व्यवहार नगरेर समान व्यवहार गरेका थिए । अभयलाई सात दिन सम्म राजगद्दीमा पनि राखे । बिंबिसारको थुप्रै राजमहषी थिए । छोराहरु राजकुमार अजातशत्रु राजकुमार शिलव,राजकुमार चुंद र राजकुमारी चुंदी पनि थिईन् । बिंबिसार धार्मिक विचारको पनि थिए उन्को राजधानी राजगिरीमा जो जेति संत,संन्यासीहरुआउंथे सबैको यथाचित सम्मान गर्थे आवश्यकतानुसार दान दक्षिणा दिन्थे ।
एक दिन बिंबिसारले शाक्यपुत्र गृहत्याग गरेर भिक्षाटनको लागि आफनो राजधानी आएको देखेर भने - के तपाई शाक्यपुत्र सिर्द्धार्थ  हुनुहुन्छ - अवश्य महाराज । बिबिंसार भन्दा सिद्धार्थ उमेरले धेरै कान्छा थिए तसर्थ सिर्द्धार्थको चर्चा सुनेकोले रोमान्चित भएर भने तिम्रो जीवन राज्य संचालनको लागि योग्य छ ।तिमीले शाक्य वंशीय राज्य छोडेर आयो त के भयो आउ  मैले आफ्नो राजशी ऐर्श्वर्यको सहभागि बनाउन प्रस्तुत छु । यद्यपि शाक्यहरुको गणतन्त्रीय राज्यको तुलनामा मगधको एक तन्त्रीय साम्राज्य त्यतिबेला बिशाल र प्रभु सम्पन्न थियो तैपनि सिर्द्धार्थले अस्विकार गरे । जुन राज वैभवलाई मलमुत्र जस्तै त्यागेर आएका थिए    सिद्धार्थको दृढता देखेर बिंबिसारले हात जोडेर अभिवादन गर्दै भने - तपाईलाई चाडै संबोधि लाभ होस यहि मेरो मंगल कामना छ र मेरो पूर्ण छ बोधि प्राप्त भएपछि मेरो यस नगरमा पाल्नुभए कृतज्ञ हुनेछु र मुक्ति मार्गको उद्पदेश दिन पाल्नुहोस । सिर्द्धार्थले मुस्कुराउंदै स्विकृति दिएका थिए । ६ बर्षपछि सिद्धार्थले सम्यक सम्बोधि प्राप्त गरे । प्रथम धर्म चक्र प्रवर्तन मृगदावनमा पंच भद्दीयलाई उपदेश दिए पछि बिंबिसारलाई दिएको वचन सम्झना आएर राजगृह आईपुगे ।
सम्राट बिंम्बिसारले यो समाचार सुनेपछि हर्षबिभोर भएर आफ्ना मन्त्रीहरु,ब्राम्हणहरु तथा श्रेष्ठीहरुको साथमा भगवान बुद्ध हुनु भएको ठाउंमा पुगे ।
त्यतिबेला उरुवेल काश्यप मगध देशको परम पुज्य धर्माचार्य थिए । थुप्रै संख्यामा उस्का अनुयायीहरु थिए र भक्तहरु पनि तैपनि सबैको अगाडी भगवानलाई वन्दना गरेर घोषणा गरे "यिनि भगवान हनुहुन्छ् ,अरहन्त हुन्, सम्यक सम्बुद्ध हुन् ,विद्या र आचरण दुबैमा सम्पन्न छन्,सुगत हुन् । सबै लोकको जानकार हुन् र्सबज्ञ हुन् । यिनि देव र मनुष्यका शास्ता हुन् । यस्तो घोषणा धर्माचार्यबाट सुनेर राजा बिंम्बिसार सहित सबै श्रोता मण्डली श्रद्धाले झुक्छन् अभिवादन गर्छन् । अर्कोदिन राजमहलमा निमन्त्रणा गर्दछन् । राजमहलमा श्रद्धा र सम्मानपुर्वक भोजन गराउंछन् । आफ्नो सबै जनतालाई आफ्नो सन्तानको रुपमा सम्झेर सबैलाई बिशुद्ध मुक्ति मार्गको लागि निवेदन गर्दछन् । त्यस पश्चात भिक्षुहरुको लागि आरामदायी स्थल बेणुवन दान दिने इच्छा प्रकट गरे । भगवानले स्विकृति दिनुभयो ।
बिंम्बिसारले भने- भगवान म राजकुमार छंदा मेरो पांच ठूलो अभिलाषा थियो ।जो सबै पूरा भयो ।
प्रथम अभिलाषा थियो मेरो राज्याभिषेक होस त्यो भयो ।
दोश्रो मेरो शासनकालमा कोहि सम्यक सम्बुद्ध होस र मेरो राज्यमा पदार्पण होस त्यो पनि भयो ।
तेश्रो अभिलाषा थियो कि उस्को अभिनन्दन- अभिवादन गर्न सकुं त्यो भयो ।
चौथो अभिलाषा थियो भगवान बुद्धबाट मलाई धर्मोपदेश होस त्यो पनि भयो ।
अनि पांचौ अभिलाषा थियो कि भगवान बुद्धको उपदेशहरु हृदयंगम गर्नसकुं र त्यो पनि भयो भन्ते भगवान ।
मेरो पांचै अभिलाषा पूरा भयो सांच्चै म ठूलो भाग्यमानी हुं ।
        वास्तवमा त्यस्ता भाग्यमानी मानिस दुर्लभ हुन्छन् जस्ले यस्ता अभिलाषाहरु सबै प्राप्त गर्दछन् ।



No comments:

Post a Comment