Wednesday, January 4, 2012

शील


शील भनेको के हो यस्को बारेमा बुझ्न नित्तान्त आवश्यक छ । शीलको अर्थ सदाचार हो । शारिरीक र वाचिक कार्यलाई शुद्ध बनाउनु अनि  उ भित्र  र नराम्रो हुन नदिनु नै शील हो । राम्रो आचरण राम्रो व्यवहार लाई शील भनिन्छ । शीलवान व्यक्तिको यश किर्ति जताततै फैलिन्छ । अंग्रेजीको शील सित पनि भावार्थ मिल्छ बन्द गरिएको खोल्न बाँकिलाई शील भन्ने गरेको पाईन्छ । अर्को महत्वपूर्ण कागजातहरु सहीछाप गरेर शील गरीन्छ । त्यस्तैनै मानिसको सदाचारलाई नियममा बाँधिएर गरिने कुशल कार्य नै शील हो । शीर नभएको व्यक्ति मुर्कट्टा भन्ने चलनछ जस्को कुनै अस्तित्व हुंदैन त्यो देखेर सबै डराउंछन् । त्यस्तै नै शील सदाचार नभएको मान्छेले जतिबेला पनि जे पनि दुराचार गर्न सक्छ त्यसैले दुराचारी देखेर डराउंछन । शीललाई पशु पंक्षीले पालन गर्न सक्तैन । शील दुई प्रकारको हुन्छ । १) चारित्र शील र २) वारित्र शील । चारित्र शील भनेको पालन गर्नु पर्ने हुन्छ । वारित्र शील भनेको छोड्नु पर्ने वा त्याग्नु पर्ने शील हो । असल राम्रो कुरालाई पालन गर्नु पर्छ भने नराम्रो खराब व्यवहार वा चरित्रलाई छोड्नु वा त्याग्नुपर्छ ।
प्राणी हिंसा गर्ने व्यवहारलाई पालन गर्ने कि छोड्ने सुक्ष्म रुपमा विचार गर्नु पर्छ । कुनै पनि प्राणीको प्राण नलिने गरि संयमित भएर बस्नु भनेको पालन गर्नु हो । उदाहरणको लागि लामखुट्टेले शरीरमा टोकिरहेको छ अब के गर्ने ।मानिसले प्याट्ट मारिहाल्छ । टोकिरहेको छ त किन नमार्ने भनेर उल्टै प्रश्न गर्छ । लामखुट्टेलाई नमारेर उडाउन पनि सकिन्छ नि । अब शरीरबाट गरिने अर्को महान कार्य हो दान । दान गर्ने चरित्र छोड्ने कि पालन गर्ने । यसलाई त पालन गर्नु पर्छ अभ्यास गर्नुपर्छ । केहिले आफ्नो चरित्र नराम्रो ठानेर छोड्छन् जस्तै दुर्वचन बोल्ने बानी छोड्छन भने वारित्र शील भयो । भगवान बुद्धले सामान्य मानिसले पनि पालन गर्नु पर्ने शीलको बारेमा उपदेश गर्नुभएकोछ । जस्लाई पालन गर्नाले मानिस सभ्य सदाचारी शिष्ट शुसंष्कृत हुन्छ । जसलाई पंचशील भनिन्छ यो पंचशीलमा प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, मदिरापान धुम्रपान नगर्ने र व्यभिचारी नहुने प्रतिबद्धता हो । अझ राम्री बुझने हव भने शील तीन थरिको हुन्छ । दुःख मुक्तीको मार्ग आर्यअष्टाङ्गिक मार्गलाई शील समाधी र प्रज्ञा अन्तरगत बिभाजन गरेकोछ । १ सम्यक वचन । २  सम्यक कर्मान्त र ३ सम्यक व्यायाम अर्थात सही जीविका ।
१ सम्यक वचनःयसमा चार वटा महत्वपूर्ण कुराछन् । मानिसले सबै भन्दा बढी वचन बाटै खराब कर्म गर्छन १ असत्य झूठो वचनबाट टाढा रहनु। २ चुक्ली निन्दाबाट टाढा रहनु । ३ कडा अपशव्द अश्लील शव्द बोल्नुबाट टाढीनु । ४ अनर्थको अनावश्यक गफ निन्दा चर्चा बाट टाढीनु । सबै भन्दा बढी सचेत हुनुपर्ने वचन हो ।
२  सम्यक कर्मान्तः शरीरले तीन प्रकारको खराब अथवा कुकर्म गर्दछन् त्यसबाट टाढीनु सुकर्म हुन्छ । १ प्राणी हिंसा २ चोरी ३ काम मिथ्याचार । यि कुकर्मबाट टाढीएमा पनि सुकर्म नै हुन्छ ।
३ सम्यक आजिवः१) शस्त्र अस्त्रको व्यापार नगर्ने ।२) मानिसको व्यापार नगर्ने ।३) मासुको व्यापार नगर्नेः४) नसालु पदार्थकव व्यापार नगर्ने ५) बिषालु पदार्थको व्यापार तर मानिसलाई सबै भन्दा बढी फाईदा यहि व्यापारमा हुने हुंदा यहि व्यापार फैलिएकोछ । शीलको कुनै परवाह छैन । त्यसैले मानिस नरकीय जीवनयापन गरिरहेकाछन् ।
भवतु सब्ब मङ्गलम्

No comments:

Post a Comment