Sunday, January 15, 2012

Our Organization Blind Care centre is non profitable social organization for Blinds . It established on 5 October 2010 Registered at District administration Office Surkhet Regd. No.564 and Social welefare council Regd no is 31037 . We started  started Braille scrip training for specially Blinds .

दृष्टिबिहिन हेरविचार केन्द्र मिति २०६७।६।२२ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ५६४।२०६७ मा दर्ता भएको हो । बिधिवत २०६७ कार्तिक १८ गते उद्घाटन भएको थियो र समाज कल्याण परिषदमा २०६७।७।२९ मा  ३१०३७।२०६७मा दर्ता भएको हो । यो संस्था बिशुद्ध नाफा रहित बिशेष दृष्टिबिहिनहरुको शिक्षाको लागि स्थापना भएको हो ।
हाम्रो समाजमा दृष्टिबिहिनहरुलाई पूर्वजन्मको अभिषापहो केहि गर्न सक्तैन के गरिखाला भन्ने पारिवारिक बोझको रुपमा सोंच्ने चलन रहेकोछ । अरु सरह यिनीहरुको पनि मन हुन्छ लेखपढ गर्न सक्छन भन्ने सोंचाईको अभाव रहेकोछ । नेपालमा दृष्टिबिहिनहरुको तथ्यांक स्पष्ट छैन र शिक्षाको उचित व्यवस्थाको अभाव रहेकोछ । दृष्टिबिहिनहरुको शिक्षाको लागि ब्रेललिपी कक्षा तालीम नित्तान्त आवश्यकछ । अतः सुर्खेतमा गैर सरकारी संस्थाको तर्फबाट यूराशिया रेयूकाईबाट २०६७ साल बैशाखमा १५ महिने तालीममा ९ जना दृष्टिबिहिन र ४ जना दृष्टियुक्तहरुको लागि आरम्भ भएको थियो । तर टाढाबाट आउने जाने तथा बसोबासको असुबिधाहरुले गर्दा सहभागि हुन नसकेकोले बिशेषगरि आवाशीय रुपमा व्यवस्था गर्न आवश्यकता महसुस गरि ५ जना दृष्टिबिहिन र २ जना मात्र दृष्टियुक्त रहेको कार्य समिति रहेको संस्था स्थापना भएकोथियो । RHEST काठमाडौ हिराकाजी शाक्य नेपालगंज नरेन लिम्बु सउदी लगाएत स्थानीय दाताहरुको सहयोगमा हामीले कालीकोटका २ सहभागिहरु सुर्खेतबाट १ जना दैलेखको १ जना र शिक्षिका२ जनालाई आवास र भोजनको सुबिधा दिने मौका पायौं । हामीलाई आवाशीय विद्यालयको लागि सहयोगको नित्तान्त आवश्यक छ । हामीलाई सहयोग गर्न चाहने दाताहरुले हाम्रो संस्थाको बैक खाता राष्ट्रीय बाणीज्य बैंक चल्ती हिसाब नं ८०७८ हो । सहयोगको लागि धन्यवाद । 
Ad visor Rama Pyakurel
      हाम्रो कार्य समिति              Working committee
Chairman Jeewan Kumar Shakya

Vice Chairman Maenka Acharya (Blind)
Secretary Somana Khadka (Blind)
Tresorar Mrs.Yam Kumari Dhakal
Miss Renuka Koirala (Blind)
Maituram Nepali (Blind)
Khagendra Sharma (Blind)

1 comment:

  1. Braille script is basic knowledge for education this is as skill for read and writing.They need 1 audio digital recorder,Braille Slate,starlet (pen) card paper.

    ReplyDelete