भगवान बुद्धको आखिरी छ: महीना धेरै पीडामा बीत्यो। पीड़ामा उहाँबाट,जस्ले देखे; बुद्धको तर्फबाट होईन। भगवान बुद्ध एकदिन एक गाँउमा हुनुहुन्थ्यो र त्यस गाँउमा एक गरीब शुद्रले भगवान बुद्धलाई निमन्त्रण गरे कि मेरो घरमा भोजन गर्नुहोस । भगवानले उस्को निमन्त्रण प्रेमपुर्वक स्विकार गर्नुभयो । बिहान
बिहान उ चाँडै भगवानको वास निजक आयो । उसलाई सोंचेको थियोकि उस्को पालो पछि आउने होकि भनेर। यो भन्दा अघी नै
कसैले निमन्त्रण न देओस भनेर बिहानै उठेर भगवानको गन्धकुटीको अगाडि आएर बस्यो । उस्को चाहना थियो कि जिन्दगिमा एकपटक भगवान उस्को घरमा पनि भोजन ग्रहण गरोस ।
उ निमन्त्रण दिंदैगर्दा त्यसैबेला
गाउंको
एक धनपतिले
आएर भगवानलाई भोजनको निमन्ण गरेर भने भगवन आज मेरो घरमा भोजन ग्रहण
गर्नुहोस। भगवान बुद्धले भन्नुभयो धनपति! आजको भोजनको निमन्त्रण आईसक्यो । यिनि प्रेमीले आज आफ्नो घरमा बोलाएकोछ । त्यस अमीरले त्यस मान्छे तिर हेरेर भन्यो, यस्को निमन्त्रण, शायद उ
सित खाने कुरा नै केहि छैन होला । उ आफैलाई त के खाने भनेर चिन्ताछ । अनि उतिर हेरेर
सोध्यो के मैले गलत भनेकोछु ? त्यस बिचरा गरीबले हो भनेर टाउको
हल्लायो । योसित
ख्वाउनको लागि केहि होला तब त यति टाढाबाट मलाई निमन्त्रण दिन आयो भनेर भगवानले
करुणापुर्वक भन्नुभयो। उसित
जे भएपनि मैले निमन्त्रण स्विकार गरिसकेकोछु अब उसकै
घरमा भोजन
गर्छु । जाउ गृहपति तिमी भोजनको तयारी गर आजको भोजन तिमीकहाँ गर्छु ।
भगवान बुद्ध जानुभयो । त्यस गरीबलाई विश्वास थिएनकि भगवान उस्को घरमा पनि कहिल्यै भगवानले
भोजन ग्रहण
गर्न आउनुहुन्छ । हुन त वास्तवमै उ सित
भगवानलाई ख्वाउन केहिपनि थिएन। त्यस अमीरले भन्न त ठीकै भनेको थियो । सुख्खा रोटी थियो तरकारीको
नाममा बिहारमा गरीब किसान त्यो जो बरसातको बेला कुकुरमुत्ते च्याउ काठमा उम्रिन्छ, फोहोर ठाउंमा—त्यो कुकुरमुत्तेलाई संगालेर सुखाउंछन
र त्यसैको
तरकारी बनाएर खान्छन्। कहिलेकाहिं यस्तो पनि
हुन्छ कुकुरमुत्ते
बिषालु हुन्छ । साँप त्यहाँ भएर जाँदा
बिषालु हुन्छ। त्यो कुकुरमुत्ता बिषालु भैसकेकोथियो
जसलाई सुकरभद्दव पनि भनिन्छ । सुंगुर चर्ने ठाउंमा उम्रेको थियो ।
भगवान बुद्धको लागि उसले त्यहि
सुकरभद्दव कुकुरमुत्ताको
तरकारी बनायो । यो
साह्रै नमीठो बिषालु भएकोथियो । घाँटीबाट निल्न पनि गाह्रै थियो उसित
अरु केहि नभएर यहि मात्रै थियो। भगवान बुद्धले सोंच्नुभो कि यदि उस्लाई मैले
तरकारी तीतोछ मीठो छैन भनें भने उसलाई नरमाईलो लाग्ला दुखी होला उ सित अरु केहि
छैन भगवानले बिषालुछ भनेर थाहा पाउनु भएर पनि उस्को खुशिको लागि मीठो मानि खानुभयो। हुन त मुखमा राख्न
पनि गाह्रो थियो चपाएर स्वाद लिन पनि तैपनि स्वादीलो छ भनेर थपि थपि खानुभयो र
भन्नुभयो साह्रै स्वादीलोछ । बिषालु खाना ख्वाईयो भनेर त्यस गरीबलाई
थाहै नहोस भनेर आनन्द मान्दै बनाएको सबै खानुभयो।
जसै भगवान बुद्ध त्यहाबाट निस्कनुभयो, त्यस गरीबले तरकारी बचेको चाखेर हेरे
अचम्म भयो ओहो यो त साह्रै तीती पो रैछ अनि बिषालु पो भएको रैछ भन्दै दोडेर आएर
भन्यो कि
ओहो के गर्नु भयो भगवन यो त बिषालु पो भएको रहेछ नखानुपर्ने हजूरले ठूलो भूलभयो म बाट
। तर भगवान बुद्धले भन्नुभयो
तिमीले कुनै चिन्ता नगर।
किनकि बिषले मलाई केहि गर्न सक्तैन मलाई थाहा छ यो अमृत हो। तिमीले पटक्कै चिंता नगर घर जाउ ।
तैपनि उस्को चिन्ता
भगवानलाई थाहा थियो थाहै नपाएर अन्जानमै भगवानको लागि श्रद्धापुर्वक बिषालु खाना
बनाएर दिएकोथियो। भगवानले
भन्नुभयो तिमी धन्यछौ तिमीलाई थाहा छैन, तिमी खुशि होउ, तिमी सौभाग्यशाली हौ। किनकि कहिले हजारौं बर्षमा बुद्ध जस्तो व्यक्ति जन्मन्छन्। दुई व्यक्ती मात्रै उस्ले सौभाग्य पाउंछ । पहिलो भोजन गराउने उस्को आमालाई
पाउंछ र अन्तिम भोजन गराउने अवसर तिमीले पाएकाछौ। तिमी सौभाग्यशाली हौ तिमी आनन्दित होउ। यस्तो फेरि सैकड़ौ हजारौ वर्षमा कहिल्यै कुनै
बुद्ध जन्मिन्छ यस्तो अवसर
फेरि कसैलाई होला।
त्यस गरीब दलित चुन्दलाई सम्झाई बुझाई भगवानले फर्काईदिनुभयो ।
भगवानलाई पिडा
सुरुभयो शिष्यहरुले वैद्यलाई बोलाएर भगवानको स्वास्थ्यमा किन
कसरी गडबड भयो भनेर थाहा पाए बिषालु भोजनले बिरामी पर्नुभयो । तब भगवानको अन्य भिक्षुहरु शिष्यहरु र आनन्द रुन थाले दुखि भएर
भने कस्तो मान्छे रहेछ भगवानलाई बिषालु भोजन दिएछ। भगवानले भन्नुभयो यस्तो
कुरा उस्लाई बिर्सेर पनि आरोप नलगाउ। नत्रभने त्यस गरीबलाई मान्छेहरु बाँच्न
गाह्रो गर्ला । आनन्द तिमीले मान्छेहरु
पठाएर भनिदेउकि दुई मात्रै मान्छे परम सौभाग्यशाली हुन्छन्, जस्ले पहिलो भोजन बुद्धलाई गराए र जस्ले अन्तिम भोजनलाई बुद्धलाई गरायो ।निर्वाण हुने बेला सम्म सबैले यहि भने कि
कम्तिमा भोजन ठीक छैन बिषालु भन्नु भएपनि यो वज्रपात अकस्मात हुने थिएन नि। हजूरले
यस्तो के गर्नुभयो । भगवान केवल
मुस्कुराउनुभयो भन्नुभयो । हेर यो त केवल निमित्त मात्रै हो कसरी
जाने हो जानेबाटो निर्धारण थियो। यो वज्रपात त हुनु नै थियो, यस्ले के फरक पर्छ र कसरी के भयो भनेर । जहांसम्म मेरो कुरा छ मलाई केहि
भएको होईन मलाई थाहा थियो उस्ले मलाई अमृत भोजन गरायो। जस्को कुनै मृत्यु हुंदैन । म नभए पनि मैले देखाएको मार्ग वचन
जीवित छ त्यसलाई अभ्यास गर त्यहि निर्वाणको मार्ग हो सबै संस्कार अनित्यछ ।
जन्मेपछि एकदिन मर्नै पर्छ उत्पाद हुन्छ क्षय हुन्छ भनेकै थिएं ।
सन्दर्भ सामग्रि
आधारःओशोको
गीता दर्शन भाग-३
बाट
No comments:
Post a Comment