वैराग्य भाव : सिद्धार्थको जन्मपछि एक भविष्यवक्ता ब्राम्हणले राजा
शुद्धोदनलाई भनेकाथिए कि यो बालक घरमै बसे चक्रवर्ती सम्राट हुनेछ, तर
यदि वैराग्य भाव उत्पन्न भयो भने यिनलाई बुद्ध हुनबाट कसैले रोक्न सक्तैन र यिनको पूरै
सारा संसारमा अनंतकाल सम्म कायम रहन्छ ।
शाक्य कूलवंशी राजा शुद्धोदनले
सिद्धार्थलाई चक्रवर्ती सम्राट नै भएको देख्न चाहन्थे त्यसैले उनले सिद्धार्थ
राजकुमारको वरिपरि कतै पनि नगरमा दुःख झल्किने कुनै दर्ष्यको प्तिबन्ध गरेर
भोग-विलासको भरिपूर्ण प्रबन् गरिदिएको थियो । सुन्दरी सुन्दरी मस्त तरुणीहरुको
व्यवस्था गरिएको थियो बाद्यवादन नर्तकि कुनैकुराको कमी थिएन जस्ले वैराग्य उत्पन्न
नहोस । तीन ऋतुका लायक तीन सुन्दर महलहरु बनाईएका थिए। कुनै पनि वस्तुको कमी हुन
दिएको थिएन ।
सुन्दर आकर्षक दास-दासी उन्को सेवामा राखिएका थिए,तर...
एक दिन वसनत ऋतुमा सिद्धार्थ बगैचामा घुम्न जान मन लागेर रथमा सवार भएर निस्के ।
बाटोमा चार दिन चारवटा दृष्य देखे र वैराग्य आरम्भ भयो। पहिलो दिन एक बुढो मान्छे
लौरो टकेर र्याल चुहाएका सेतै कपाल फुलेका । अर्को दिन रोगले कहराएका मान्छे देखे
। अर्को दिन मृतकलाई घाट लैजांदै गरेका र परिवारका रुंदै हिंडेका देखे। अर्को दिन
वैराग्य भएर भिक्षु भिक्षाटन गरि हिंडेका ।
गृह त्याग : मनमा वैराग्य भाव त थियो नै, यसको अतिरिक्त
क्षेत्रिय शाक्य संघको वैचारिक मतभेदको कारण संघले उनि समक्ष दुई प्रस्ताव राखिएको
थियो । त्यो यो हो कि मृत्यु डण्ड या देशै छोड़ेर जाने । सिद्धार्थले भनेकि जो तपाईंले
डण्ड दिन चाहनुहुन्छ त्यो मेरो लागि स्विकार्य छ । शाक्यहहरका सेनापतिले सोंचे कि
दुबै नै स्थितिमा कोशल नरेशलाई सिद्धार्थ सित भएको विवादको थाहा भएमा र हामीलाई दण्ड
भोग्नै पर्छ तब राजकुमार सिद्धार्थले भने कि तपाई निश्चिन्त हुनुहोस,म
संन्यास लिन्छु तर चुपचापै देशबाट टाढा निस्केर जान्छु । तपाईंको इच्छा पनि पूरा
हुन्छ र मेरो पनि ।
एक पूर्णीमाको रात राजकुमार सिद्धार्थले कोठामा स्वर्ण पानसमा
बत्तिको उज्यालोमा आफ्नो श्रीमती यशोधरा र भरखरै जन्मेका छोरा राहुललाई हेरे दुबै
आरामसित सुतेका थिए । दुबैको निधारमा हात राखे अनि बिस्तारै ढोका खोलेर महलबाट बाहिर
निस्के र छन्दक घोडामा सवार भए ।
रातोरात उनि ३० योजन टाढा अहिलेको भारतको गोरखपुरको नजिक अमोना नदीको
किनारमा पुगे । त्यहाँ उनले आफ्नो राजसी लुगा गहनाहरु फुकालेर सेवकको हातमा
सुम्पेर आफ्नो केश आफै काटेर सन्यास धारण
गरे। त्यतिबेला उनको उमेर२९ बर्षको मात्रै थिए । छ बर्षको कठोर अभ्यास अनुसन्धान
पछि बुद्ध भए ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रि ललितबिस्तरबाट
No comments:
Post a Comment