शुद्धोदन शाक्य कपिलवस्तु शाक्य गणराज्यका शाक्यवंशका राजा थिए र उनकी रानी महामाया र
प्रजापती गौतमी थिईन्। शाक्य गणराज्यको राजधानी कपिलवस्तु को नजिक लुम्बिनी वन थियो ।
- शुद्धोदनले आफ्नो छोरालाई महाभिनिष्क्रमण को उपरान्त छ: वर्ष सम्म देखेका थिएन। छोराको प्रसिद्धिको विषयमा सुनेर उनले छोरालाई बोलाउने विचार गरे पटक पटक अनेक अमात्यहरु पठाए तर प्रत्येक अमात्यले भगवानकोमा गएर प्रव्रज्या ग्रहण गरे तथा शुद्धोदन को सन्देश दिन पाएनन।
- अन्तमा राजा शुद्धोधनले मन्त्री कालउदायीलाई पठाए। कालउदायीको जन्म पनि बोधिसत्व सिद्धार्थ भएकै दिनमा भएकोथियो दुबै बाल्यकालमा साथ-साथै खेलेकाथिए । कालउदायीले त्यहाँ गएर प्रव्रज्या लिए तथा भगवान बुद्धलाई शुद्धोदनलाई दर्शन दिनको लाग प्रेरित गरे।
- भगवान शाक्यमुनी बुद्ध अनेक भिक्षुहरुको साथमा कपिलवस्तु राज्यमा पुग्नुभयो। शुद्धोदन को साथ-साथै परिवारका के सबैजना वहाँको दर्शनको लागि पुगे तर राहुल-माता यशोधरा आईनन् यी। उनले भने कि-'यदि ममा गुण छभने वहाँ यहीं आएर मलाई दर्शन दिनुहुन्छ ।भगवान बुद्धले उनलाई त्यहिं गएर दर्शन दिनुभयो ।
- भगवान बुद्धले जब काशाय वस्त्र लगाउन थाल्नुभएकोथियो, तब राहुल-माताले पनि त्यस्तै वस्त्र लगाउन थालेकि थिईन् । भगवानको जस्तै उनि दिनमा एक पटक भोजन गर्थिईन, त्यस्तै नै खटियामा सुत्थिन । जुन दिन राजकुमार नन्दको विवाह तथा राज्याभिषेक हुने थियो, त्यसैदिन भगवानले उनलाई प्रव्रजित गर्नुभयो । राहुलले पनि प्रव्रज्या ग्रहण गरे । शुद्धोदन परिवारको प्रत्येक व्यक्तिको प्रव्रज्यामा शुद्धोधन शोकाकुल हुन्थे। उनले भगवानलाई गएर भने कि वहाँले माता-पिताको स्वीकृतिको बिना कसैको छोरालाई प्रव्रजित नगरीयोस। भगवान बुद्धले यसलाई आफ्नो संघको नियम बनाउनुभयो । अहिले पनि प्रवज्या हुन आमा बुवाको अनुमतीको आवश्यकपर्छ भन्ने नियमछ ।
- भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment