Friday, January 18, 2013

सद्धर्मपुण्डरीक सुत्र एकपरिचय



  • महायान वैपुल्यसूत्रहरुमा यो महत्वपूर्ण सूत्र हो 'पुण्डरीक' को अर्थ 'कमल' हुन्छ'कमल' पवित्रता र पूर्णताको प्रतीक मानिन्छ जस्तै हीलोमा उत्पन्न भएरपनि कमल त्यसमा लिप्त हुंदैन, त्यस्तै लोकमा उत्पन्न भएरपनि बुद्ध लोकको दोषहरुले लिप्त हुंदैनयहि अर्थमा सद्धर्मपुण्डरीक यो ग्रन्थको सार्थक नाम हो अन्तर्राष्ट्रीय संस्था रेयूकाईले यहि ग्रन्थलाई अभ्यासको आधार बनाएको छ ।
  • चीन, जापान, कोरिया, तिब्बत आदि महायानी देशहरुमा यस्को बड़ आदरर यो सूत्र अति नै पवित्र मानिन्छ
  • चीनीया भाषामा यसको छ अनुवाद भयो,जस्मा पहिलो अनुवाद ई. सन् २२३मा भयो
  • धर्मरक्ष, कुमारजीव, ज्ञानगुप्त र धर्मगुप्त यि आचार्यहरुको अनुवाद पनि भेट्टीन्छ
  • चीन र जापानमा आचार्य कुमारजीव- कृत यस्को अनुवाद अत्यन्त लोकप्रिय
  • ईस्वीय ६१५ वर्षमा जापानको एक राजपुत्र शी-तोकु-ताय-शिले यसमा एक टीप्पणी लेखे, जो अत्यन्त आदरको साथमा  पढ़ीन्छ
  • स ग्रन्थमा आचार्य वसुबन्धुले 'सद्धर्म-पुण्डरीकशास्त्र' नामको टिप्पणी लेखे, जस्को बोधिरुचि र रत्नमतिले लगभग ५०८ ईस्वीय वर्षमा चीनीया भाषामा अनुवाद गरेकाथिए यस्को सम्पादन १९२२मा प्रो. एच. कर्न एवं बुनियिउ नंजियों ले गरे
  • स ग्रन्थमा जम्मा २७ अध्याय छन,तर यसलाई रेयूकाईका संस्थापक स्व काकुतारो कुबोले २८ अध्याय बनाए जस्ताई 'परिवर्त'भनिएकोछ प्रथम निदान परिवर्त यसमा उपदेशको पृष्ठभूमि र प्रयोजनको चर्चा गर्दै भनिएकोछ कि यो 'वैपुल्यसूत्रराज' होस परिच्छेदको मुख्य प्रतिपाद्य त भगवान बुद्धको यो भनाई छकि 'तथागत नाना निरुक्ति र निदर्शनों (उदाहरणहरु)ले, विविध उपायहरुले नाना अधिमुक्ति, रुचि र (बुद्धिको) क्षमता भएका सत्वप्राणीलाई सद्धर्म को प्रकाशन गर्नुहुन्छ । सद्धर्म कुनैपनि अवस्थामा तर्कगोचर होईन । तथागत सत्त्वप्राणी को तत्त्वज्ञानको सम्यग् अवबोध गराउनको लागि नै लोकमा उत्पन्न हुने गर्छन । तथागत य महान कृत्य एक यानमा आधिष्ठित भएर गर्नुहुन्छ,त्यो एक यान 'बुद्धयान' त्यसबाट अन्य कोई अरु तेश्रो यान छैन त्यो बुद्धमय नै सर्वज्ञतालाई प्राप्त गराउने हुन अतीत, अनागत र प्रत्युत्पन्न तीन कालहरुको बुद्धहरुले बुद्धयानलाई नै अपनायकाथिए ति बुद्धयानको नै तीन यानहरु (श्रावकयान, प्रत्येक बुद्धयान र बोधिसत्त्वयान)को रूपमा निर्देश गर्नुहुन्छ। अत: बुद्धयान नै एकमात्र यान
  • द्वितीय उपायकौशल्यं परिवर्तमा भगवान्ले शारिपुत्रको लागि व्याकरण गर्नुभयो अथवा भविष्यवाणी कि उनि अनागतकालमा पद्मनाभ नाम गरेको तथागत हुनेछ र सद्धर्मको प्रकाश गर्नेछन । शारिपुत्रको बारेमा व्याकरण सुनेर जब त्यहाँ उपस्थित १२ हज़ार श्रावकहरुलाई विचिकित्सा उत्पन्न भयो तब त्यसलाई हटाउंदै भगवानले तृतीय औपम्यपरिवर्तमा एक उदाहरण दिदै भन्नुभयो कि कुनै महाधनी पुरुषको केहि बच्चाहरु छन, ति खेलौना साह्रै मनपराउंछन् । उसक घरमा आगो लाग्छ, उस्मा बच्चा भित्रै रहन्छ र निस्कने ढोका एक मात्रै छ, तब बुवाहुनेले बच्चाहरुलाई बोलाउंदै भन्छ- आ बच्चहरु, खेलौना ले,हेर मसित कति धेरै राम्रा राम्रा खेलौनाछन्- गोरथ, अश्वरथ, मृगरथ आदि। तब ति बच्चाहरु खेलौना लिनको लोभमा बाहिरउंछन । तब शारिपुत्र, त्यो पुरुष ति सबै बच्चाहरुलाई सर्वोत्कृष्ट गोरथ दिन्छ । जो अश्वरथ र मृगरथ आदि हीन , तिनलाई दिंदैन यस्तो किन? यसकारण कि उ महाधनी हो र उस्को कोष (ख़ज़ाना) भरीएकोछ । भगवान भन्नुहुन्छ कि त्यसैप्रकारले यिबै मेरा बच्चा हुन, मैले यि सबैलाई समान मानेर तिनहरुलाई 'महायान' नै दिउं के शारिपुत्र, त्यस बाबुले तिनै यानहरु भनेर एकै 'महायान' दि, यस्मा के वहाँको मृषावाद हो? शारिपुत्रले भने होईन भगवान तथागत महाकारुणिक हो, वहाँबै सत्वहरुको पिता हुनुहुन्छ ति दु:ख रूपी जल्दै गरेको घरबाट बाहिल्याउनको लागि तीनै यानहरुको देशना गर्नुहुन्छ, तर अन्तमा सबैलाई बुद्धयान को नै देशना दिनुहुन्छ

  • व्याकरणपरिवर्त नामक षष्ठ (छैठौं) परिच्छेदमा श्रावकयानको अनेक स्थविरहरुकव बारेमा, जो महायनमा प्रविष्ट भैसकेकाथिए, व्याकरण गरिएकवछ । बुद्ध भन्नुहुन्छ कि महास्थविर महाकाश्यप भविष्यमा 'रश्मिप्रभास' तथागत हुनेछन् । स्थविर सुभूति, 'शशिकेतु', महाकात्यायन 'जम्बूनदप्रभास' तथा महामौदयन 'तमालपत्र चन्द्रनगन्ध' नामको तथागत हुनेछन *पञ्चभिक्षुशतव्याकरण परिवर्तमा पूर्ण मैत्रायणी पुत्र आदि अनेक भिक्षुहरुको बुद्धत्व-प्राप्तिको व्याकरण गरिएको यहाँ व्याकरणको अर्थ भविष्यवाणी भनेर बुझनुपर्छ ।
  • नवौ परिवर्तमा आयुष्मान आनन्द र राहुल आदि दु सहस्र श्रावकहरुको बारेमा बुद्धत्व-प्राप्तिको व्याकरण रहेकोछ
  • त्यस समय त्यहाँ महाप्रजापति गौतमी र भिक्षुणी राहुल माता यशोधरा आदि परिषदमा दु:खी भएर यसैले बसेकाथिए कि भगवानले हाम्रो बारेमा बुद्धत्वको व्याकरण किन गर्नुभएन? शाक्यमुनी बुद्धले उन चित्तको विचार जानेर कृपापूर्वक उनिहरुको पनि व्याकरण गर्नुभयो
  • सद्धर्मपुण्डरीक सुत्रको यस संक्षिप्त पर्यालोचनबाट महायान बौद्ध-धर्मको हीनयान सित सम्बन्ध स्पष्ट हुन्छ । पालि-ग्रन्थहरुमा दु प्रकारको धर्म देशना छन् । एक दानकथा, शीलकथा आदि उपाय धर्म देशना छन दोश्रो 'सामुक्कंसिका धम्मदेशना छन् है', जस्मा चार आर्यसत्यहरुको देशना दीईएकोछ स सद्धर्मपुण्डरीक सुत्रमा चार आयसत्यहरुको देशना तथा सर्वज्ञताज्ञान पर्यवसायी दु देशनाहरु छन्। य सर्वज्ञताज्ञान प्राप्त गराउने देशना शाक्यमुनी बुद्धले आफ्ना शिष्य शारिपुत्र आदिलाई जुन पहिला दिएको थिएन, यो वहाँको उपायकौशल्य हो । यो द्वितीय देशना नै परमार्थ देशना हो यस्मा शारिपुत्र आदि महास्थविरहरु महाप्रजापति गौतमी आदि स्थविराहरुलाई बुद्धत्व प्राप्तिको आश्वासन दिनुभएकोछ । हीनयानमा उपदिष्ट धर्म पनि शाक्यमुनी बुद्धको नै होत्यसलाई एकान्तत: मिथ्या भनिएकोछैन, तर केवल उपायसत्य हो, परमार्थसत्य त बुद्धयान नै हो
  • सद्धर्मपुण्डरीक सुत्रमा बुद्धयान एवं तथागतको महिमाको वर्णन, तथापि स ग्रन्थको केहि अध्यायहरुमा अर्थात बाह्रौं अध्यायमा सागरनागराजको छोरीको पच्चीसौं अध्यायमा अवलोकितेश्वर आदि बोधिसत्त्वहरुको महिमाको पनि पुष्कल वर्णन छन् । अवलोकितेश्वर बोधिसत्त्व करुणाको मूर्ति हुन्। अवलोकितेश्वरले यद्यपि बोधिसत्व प्राप्ति गरेकाहुन्है, तथापि जब सम्म संसारमा एक पनि सत्त्व प्राणी दु:खी रहन्छ, तब सम्म निर्वाण प्राप्त नगर्ने  उन्का संकल्पउनि निर्वाणमा प्रवेश गर्दैनन् गे। उनि सदा बोधिसत्वको साधनामा नै अभ्यास गर्छन यसले उन्को महिमा कम भएकोछैन। बोधिसत्त्व अवलोकितेश्वरको नाम मात्रको उच्चारणले अनेक दु:खहरु र आपद विपदको रक्षाको शक्ति विद्यमानछ । हामी बोधिसत्त्वहरुको श्रद्धाको साथ उपासनाको प्रारम्भ यस ग्रन्थमा देखिन्छ
  • भवतु सब्ब मङ्गलम् । 


No comments:

Post a Comment