बौद्धमार्गीका लागि सुर्खेतको काँक्रेबिहार बौद्ध भग्नावशेष बिहार हो भने हिन्दुहरूका लागि हिन्दु मन्दिर भनेर
भनाई रहेकोछ यद्यपि यो शिखर शैलीको महायानी बिहार भन्नुपर्छ। मान्यता वा धारणा बेग्लाबेग्लै भए
पनि नेपालको इतिहासमा काँक्रेबिहार एउटा पुरातात्विक महत्त्वको थलो रहेकोमा विवाद छैन ।
झण्डै दुईदशक अघि पुरातत्व विभागले सुर्खेत उपत्यकाको लाटीकोइली
गाउँमा उत्खनन गरेर कलात्मक बुद्धका मुर्ति सहितका भग्नावशेष देखिएपछि विश्वकै ध्यान यसतर्फ तानिएको हो
। मध्य कालमा निर्माण भएर लामो समय ओझेलमा रहेको काँक्रेबिहारले त्यसपछिका दिनमा निकै चर्चा पाईरहेकोछ । पुरातात्विक महत्व, इतिहास र कलाकृतिको खुल्ला विश्वविद्यालय, खस
क्राचल्ल अशोक चल्ल राजाहरूको इतिहास र धर्मको खोज-अनुसन्धानका दृष्टिले मात्र होइन, पर्यटकीय दृष्टिले पनि यो क्षेत्र
महत्वपूर्ण भइसकेको छ ।
यसैलाई केन्द्रविन्दु बनाएर केहि विदेशीहरु तथा नेपालका बौद्धभिक्षुले पश्चिम नेपालको महाचैत्य लुम्बिनीपछिको ठूलो र पुरानो बिहारको रुपमा काँक्रेबिहारको दर्शन गरिरहेका छन् । बुद्धको बारेमा अध्ययन
गर्ने विद्यार्थीका लागि त यो झन अन्वेषणको नयाँ विषयवस्तु बनेको
छ । यति मात्रै नभएर अहिले काँक्रेबिहार थेरवाद बुद्धीज्म बिषयमा
स्नातकोत्तर अध्ययन गर्नेहरुको लागि स्थलगत अध्ययनको बिषय बनाएकोछ ।
यो काँक्रेबिहार भग्नावशेष नेपालको मध्य पश्चिम क्षेत्रमा अवस्थित सुर्खेत जिल्लाको
लाटीकोईली गाउं विकास समिति अन्तरगत उपत्यका बीच भागमा पर्दछ । चुरे पर्वत र महाभारत पर्वतशृङ्खलाबीचमा रहेको सुर्खेत जिल्लामा सानाठूला गरी १८ उपत्यका पाइन्छन् जसलाई खण्डाल पनि भनिन्छ । यीमध्ये सुर्खेत उपत्यका सबैभन्दा ठूलो रहेको छ, जुन पूर्व पश्चिम भएर फैलिएको छ । लाटीकोइली गाउँमा वीरेन्द्रनगर
बजारबाट करीब ५ किलोमिटर पूर्व
पश्चिम भएर फैलिएको करिब सय मिटर अग्लो
डाँडामा काँक्रेबिहार छ ।
लगभग ५०० बर्ष अघि निर्माण भएको रस्व नरहरि नाथ योगीको
भनाई अनुसार अन्दाजि
२०० फिट अग्लो काँक्रेबिहार शिखर शैलीमा रहेको थियो । बौद्ध धर्म प्रचलनमा रहेका जापान, चीन मुख्यभूमि र चीन स्वशासित
क्षेत्र तिब्बतका पुरातत्वविद्हरू सो क्षेत्रबारे अध्ययन गर्न पनि आउने गरेका छन् ।
काँक्रेबिहारको जङ्गलमा छरपरस्त अवस्थामा अवशेषका रुपमा रहेका ढुङ्गाका
मूर्तीहरूलाई व्यवस्थित र सुरक्षित गर्न सकेकवभए विवादको बिषय
हुने थिएन ।
बौद्ध धर्मावलम्बी तथा आस्थावानहरु यस छरपरस्त लथालिङ्ग अवस्थामा रहेका कलात्मक
मूर्तीहरु देखेर आँखाभरी आँसु गरेको पनि देखिन्छ । पुरात्त्व बिभागले बर्षेनी
न्युन बजेटले पुनर्निर्माण गर्ने जमर्को गरेकोछ । यत्रतत्र छरिएर रहेका
बहुमूल्य कुंदीएका ढुङ्गाहरूको संरक्षण हुनसकेकोछैन । वन क्षेत्रमा रहेकाले
पानी, घाम, हावाबाट मात्रै होइन,े स्वदेशी तथा
विदेशी पर्यटकहरूबाट बचाउन टहरा बनाएर जाली ठोकिएका छन् । बेवारिसे
अवस्थामा रहेको त्यस्ता ढुङ्गाहरू पुरातात्विक महत्वका भएकाले विभागद्वारा
अङ्क लेख्ने काम भने भएको छ ।
मन्दिरमा बुद्धको जन्म, महामायादेवी, बोधगया, सारनाथ लगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका मूर्त
कलात्मकछन् । तर
बाँदर देखिनु हनुमान होईन हात्ती देखिनु गणेश होईन । बुद्ध धर्मको महायानीहरु
शक्तीको पनि पुजा गर्दछन् । तसर्थ यो महायानी बिहार पनि हुनसक्ने बलीयो प्रमाण हो
।
शिखर शैलीका बुद्धबिहारहरु नेपाल र भारतमा
प्रसस्तै देख्न सकिन्छ काँक्रेबिहार
पनि बोधगयाको बिहार संग मिल्दछ ।
काँक्रेबिहारको यथार्थ इतिहासलाई बाहिर
ल्याउन सकिएमा सिंजा उपत्यका र दैलेख दुल्लुका खस राजाहरूका को महत्वपूर्ण योगदान रहेको देखिन्छ । बिहार शव्द नै बुद्ध र
बौद्ध भिक्षुहरुको वास स्थललाई बिहार भनिन्छ थेरवादी अर्थात पर्मपरागत बुद्ध
धर्मलाई यथावत राख्नेलाई भनिन्छ । नेपालमा हिन्दु धर्मको अतिक्रमणको चपेटाको
साथसाथमा काँक्रेबिहार पनि
परेकै नकार्न सकिंदैन अहिले पनि केहि उदण्ड प्रकृति आगन्तुकहरुले
बुद्धका मुर्तिहरुमा प्रहार गरेर बिरुप बनाईदिएको अवस्थाछ । यसैगरी, कर्णाली प्रदेशका अर्का
तत्कालीन राजा जितारी मल्लले नेपाल संवत ४०९ मा नेपाल उपत्यकामा आक्रमण गरी हिन्दु र बौद्ध देवदेवीको पूजा गरेर फेर्केको इतिहास पनि छ ।
पुरातत्व विभागका पुरातत्वविदहरुले मन्दिर वा बौद्धबिहार जे भने
पनि ढुङ्गाको प्रकृति, आकार, बनोटको आधारमा
पूर्ण रुपमा नबनेको बताउनुहुन्छ । उहाँले बौद्ध बिहार हो वा मन्दिर
भन्ने बारेमा र कसले बनाउन लगाएको हो
भन्ने बारे कुनै पनि ठोस प्रमाण नभेटिएको भनिएता पनि यसलाई
लुकाईएको हुन नसकने भन्ने पनि छैन । यद्यपि पुनरनिर्माणको लागि समस्या
अवश्यछ कारण यहाँ मुर्तीहरु ढुङ्गाहरु जोर्नीहरू चोरीएकोले पूरा हुन नसकेको अवस्था देखिन्छ ।
बौद्ध भग्नावशेष
काँक्रेबिहारलाई खुल्ला संग्रहालय
भैरहेको अवस्था पनि खुल्ला भएकैले यो असुरक्षित अवस्थामाछ जस्ले पनि जथाभावी
व्यवहार गर्दा पुरातत्व बिभागले हेरचाह गर्न नसकेको सपष्ट देखिन्छ । शिखर शैलीमा बौद्ध बिहार वा मन्दिर बनाउने भन्ने विषयमा बहस
गर्नुपर्ने कुनै आवश्यकता नै होईन र सम्बन्धित निकायले ध्यान नदिएकाले अब काँक्रेबिहारलाई संरक्षित वन भित्रको खुला सङ्ग्रहालयको रुपमा विकसित
गर्ने भन्ने चर्चा नचलेको पनि होईन । देशको ईतिहाँसको धरोहरको रूपमा रहेको
मध्यकालमा निर्माण भएको यस काँक्रेबिहारलाई थेवादी बुद्धीष्ट
एकेडमीले लुम्बीनी विश्व विद्यालकोको सम्बन्धनमा एम ए कक्षाको बिषयमा समावेष
गरेकोले पनि यसको महत्व बढेर पर्यटन विकासको बलीयो सम्भावना भएकोछ । तर यहाँ आउने
आगन्तुकहरु सित उठाईने प्रवेष शुल्कको कुनै हिसाब देखिंदैन प्रति व्यक्ती रु५। र
सवारीसाधनहरुको रु २०। उठाउने गरे पनि पारिश्रमिक नतोकिएका चौकिदारलाईलाई
जिम्मेवारी दिएर पुरातत्व बिभाग गाउं विकास समितिले गैरजिम्मेवारीपन देखाएको भनेमा
अत्युक्ति नहोला । पंचायतकालमा त अझै यो पबित्र स्थलमा अनिष्ट रोक्ने भनेर पञ्चवली
दिएर कुकर्म गरेको थियो प्रजातन्त्र आएपछि मात्रै रोकिएकोहो ।
ढुङ्गा मूर्तीहरु चोरी खुल्ला असुरक्षित
भएकैले घाँस दाउरा गर्न आउनेहरु बाट काँक्रेबिहारका बहुमूल्य र पुरातात्विक
महत्वका ढुङ्गाहरूमा स्थानीय वासिन्दाले नोक्सान पुर्याइरहेका छन् । ढुङ्गामा विभिन्न नाम लगायत विभिन्न
अश्लील कुरा लेख्ने, कोर्ने सामान्य भएका छन् । केही
ढुङ्गा त स्थानीय वासिन्दाले आफ्नो घरमा पूजा
गर्नको लागि उठाउन सकिने एठाएर लगेको भनिन्छ ।
प्राकृतिक सौन्दर्यको दृष्टिले पनि काँक्रेबिहार महत्वपूर्ण देखिन्छ । त्यहाँ विभिन्न प्रकारका सल्ला
साल रुख र वनस्पति रहेको नेपालको
पहिलो संरक्षित हरियाली
वनभित्र विभिन्न प्रकारका चराचुरुङ्गीहरू हेर्न सकिन्छ । जङ्गली चौपायाहरू पनि देख्न पाइन्छ । मृग, हरिणहरू पनि पर्याप्त पाइने स्थानीय वासिन्दाहरूको भनाइ छ ।
काँक्रेबिहारका बारेमा ठोस रुपमा अनुसन्धान गर्न देश विदेशका पुरातत्वविद् र इतिहासविद्ले सो क्षेत्रमा अध्ययन-भ्रमण गरिरहेकेछन । सुर्खेत जिल्लाका राजनैतिक
नेताहरुले समेत नेपालमा
लुम्बिनीपछि सबैभन्दा पुरानो उक्त
काँक्रेबिहारलाई विश्वसामु चिनाउनु पर्ने धारणा
राख्ने भएपनि व्देध चिरत्र राख्नुहुन्छ । सर्बदलीय बैठकले
पारीत गरेर पास गरेको भग्नावशेष भन्दा २०० मीटर फरकमा उभीएको १८ फिटको बुद्ध
मूर्ती राख्ने भनेर रिम्पोछे शिवा लामाले २०६७सालको बुद्ध जयन्तिमा शिलान्यास
गरेता पनि बुद्धको मूर्ती स्थापना गर्न अवरोध प्रशासनबाट प्रहरी पठाएर गरीयो । यदि
त्यहँ बुद्धको मूर्ती थप स्थापना भएमा बुद्धीष्टहरुकै एकलौटी सम्पत्ती आर्जन गर्ने
साधन हुन्छ भन्ने संकुचित मानसिकताले रोकियो र अहिले उभिएको बुद्धको मूर्ती
गम्बामा राखीएको अवस्था रहेकोछ ।
समिक्षाःशिखर शैलिको
हिन्दू मन्दीर होस वा बौद्ध बिहार जे भए
पनि काँक्रेबिहार काँक्रेबिहार हो नेपाल सरकारले काँक्रेबिहार
सम्बन्धी
स्थानीय स्वायत्त एनमै थपेर भएपनि
वीर्न्द्नगर बहुमुखि क्याम्पसको लागि मालपोतबाट अन्तरिक राजश्व उठाए जस्तै उठाएर
यातायात बिभिन्न निकायमा शुल्क उठाएर पनि संरक्षण सम्बर्द्धन गर्न सकिन्छ । सुर्खेतमा काँक्रेबिहार विकास बैंक छ
तर यस्को विकासको लागि एक पैसा पनि रोयल्टी दिएकोछैन भने कसरी विकास बैंक भयो यस
तर्फ ध्यान दिनु जरुरी छकि ? लाटीकोइली
गाविसले एकजना स्थानीयलाई मात्रै रेखदेख गर्न अथवा कमई खाने जिम्मा वा अधिकार दिएको छ यो पारदर्शी हुनुपर्छ राजश्वमा जम्मा हुनुपर्छ । बिहान उठेदेखि साँझसम्म रेखदेख गर्न बसेका उनलाई कुनै
पनि सरकारी तलब वा भत्ता छैन । उनले पर्यटक र सवारी साधनबाट उठेको
चन्दाबाट नै जीविकोपार्जन गरिरहेका छन् । गाउँ विकास
समिति, सुर्खेत
उपत्यका नगर विकास समिति जिल्ला बन कार्यालय पुरातत्त बिभागले अबिलम्ब थालनी गर्नु
पर्छ ।
अहिलले सवारी साधन रोक्ने स्थान भगनावशेष अगाडी पसल पनि राखिएकोछ जस्ले चाउचाउ तथा
सुर्तिका पोकाहरुले फोहर बढेकोछ तत्काल नियन्त्रण गर्नुपर्छ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment