Monday, January 28, 2013

राष्ट्रीयता (जीवनकुमार शाक्य )


 
राष्ट्रीयताको लागि पोषाकको सवालमा दौरा सुरुवाललाई देशको पहाडी क्षेत्रमा मानेको पाईन्छ भने स्व.बि.पि.कोईराला राष्ट्रपती डा.रामबरण यादव पूर्व प्रधान मन्त्री झलनाथ खनाल र माधव नेपाल प्रशंसाका पात्र देखिन्छ भने पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराई आलोचनाका पात्र बनेकाछन् ।
के हो राष्ट्रीयता ? देशको तराई क्षेत्रमा ५४ स्थानमा सिमाना मिचिंदा ६०हजार हेक्टर भूमि भारतीय मिचेको देखि अधिकान्श नेपाली हुं भन्नेको चित्त दुख्छ । भारतीय मूलका ६० जनाले सम्बिधान सभामा प्रतिनिधत्व गर्दा नेपालको हितमा बोलेको र काम गरेको देखिंदैन । तर तराईमै जन्मे पनि भारतीय मूल भनेर किटान गरेता पनि नेपाल मेरो देश भनेर गौरव गर्नेहरु नभएको होईन  । ईण्डियन आईडल बिजेता दार्जिलिङ्गका नेपाली मूलका प्रशान्त तामाङ्गले घाँटीको नसा तन्किने गरि मत नेपाली हुँ भन्नमा गर्व लाग्छ भन्छ । फिल्म क्षेत्रमा जिन्दगि समर्पण गर्ने जिन्दगिको अधिकान्श उमेर नेपालमै बिताउने तर मृत्यु हुने बेला सम्म नेपाली नागरिकता छातीमा राखेर मर्ने धोको राखेर नेपाली नागरिक नै हुन नपाई मृत्यु हुने स्व गोपाल भुटानीको राष्ट्र प्रेमलाई सम्मान गर्नै पर्छ । राष्ट्रीयताको बहस एक गम्भीर बहस हो के कस्तो बोल्दा के गुण हुंदा राष्ट्रीयता हो आआफ्ने परिभाषा होलान छन् । तर देशमा संकट आईपर्दा नेपालको वस्तु अर्को मुलुकले लिंदा बिरोधको भावना निस्कनु पनि राष्ट्रीयताहो । देशको सिमाना मिचिंदा देशका नदी नाला भारतलाई सुम्पिंदा चर्को आवाज उठाएर बिरोध गर्नु पनि राष्ट्रीयता नै हुनुपर्छ । नेपालको भूमिमा जन्मेर भारतको भूमिमा बुद्धत्व प्राप्त गर्नेलाई भारतले भारतको हो भन्दा राष्ट्रीयताको भावना बोकेका नेपालीको मन दुख्नु  अवश्य राष्ट्रीयता हुनुपर्छ भन्दा अत्युक्ति हुंदैनहोला । केहि विव्दानहरु जातीयता र राष्ट्रीयता उस्तै उस्तै हुन भनेर तर्क प्रस्तुत गर्छन् । जातीयताको नाममा संघीयतालाई देश बिखण्डन हुन्छ भन्नेहरु एक थरिछन भने अर्को थरि जातीयतालाई आदर्श मान्नेहरु संघीयता बलीयो हुन्छ भन्नेहरु नभएको होईन । देश जातीय आधारमा संघीय राज्य हुनु जाती वा भौगोलिक आधारमा संघीय बिभाजन हुन जाती छ भन्नेमा व्यापक मतभेद भैरहेको अवस्थाछ । राष्ट्रीयताको सवालमा राष्ट्रीय जनावर गाई वा अन्य भन्नेमा पनि मतभेद नै भएकोछ सामप्रदायिक हिसाबले हिन्दू भन्नेहरुले गाईलाई मान्नु अस्वभाविक होईन केहिको भनाईछ एक सिङ्गे गैडा हुनुपर्छ यो पनि अस्वभाविक होईन । राष्ट्रीय बिभूतिलाई निर्धारण गर्दा सबैको स्तरलाई मिलाएर दाँजेर हेर्नु आवश्यक हुन्छ जस्तो लाग्छ जो विश्वकै बिभूति हुन गौतम बुद्ध राष्ट्री बिभूति नभनेमा केहि फरक पर्दैन तर बुद्धको साथमा सामान्य व्यक्तिहरुलाई पनि राष्ट्रको निमित्त महत्वपूर्ण योगदान गरेकै भरमा राष्ट्रीय बिभूति मान्नु त्यति सान्दर्भिक देखिंदैन नेपालका राष्ट्रीय बिभूतिहरुलाई हेर्दा त्यस्तो लाग्छ मोतीराम भट्ट भानुभक्त शंखधर साख्वा बि पि कोईराला पासाङ्ग लामु शेर्पा कस्ले देशकव निमित्त के कस्तो योगदान गरे । साहित्यको क्षेत्रमा हेर्ने हो भने कवि शीरोमणी लेखनाथ पौडेल महाकवी लक्ष्मी प्रसाद देवकोटा माधव घिमिरे किन हुन नहुने । जातीयताको आधारमा छुट्याएकैले शैखधर पछि मात्रै हालै राष्ट्रीय बिभूति घोषणा भएको हो । जे जस्तो भएपनि विश्व शान्तीका महानायक भगवान बुद्धलाई यिनिहरुको लाईनमा समावेश गर्नु सम्न होईन अपमान हो भन्ने मान्छु । सम्मान नै गर्ने हो भने नेपालमा जन्मेका शाक्यकूलका गौतम बुद्धकोले प्रतिपादन गरेको बुद्ध धर्मलाई धर्म सापेक्ष भएमा विश्वमा नेपाल चर्चित मात्रै नभएर प्रशंसित हुन्थ्यो भनेमा अत्युक्ति नहोला । बुद्धको जन्म भूमिमा आएर देशका मन्त्रीकै अगाडी अन्य मुलुककाले बुद्ध भारतमा जन्मुका हुन भन्दा चुं पनि नबोल्ने यो राष्ट्रीयता होईन प्रतिपाद गर्नुपर्थ्यो । तराई मधेश लोकतान्त्रिकका नेता यस बारेमा कुरा एठाउनु नै दुस्साहस मान्छन् । मधेशी मोर्चाका नेताहरु भारतीय ईसारामा समग्र मेची देख महाकाली लाई एक मधेश एक प्रदेश मान्नुमा नै राष्ट्रीयता मान्छन् । राष्टर्यताको सवालमा नेपाल भाषी अर्थात नेवारहरु नेपालाई नेपाल भनिएको भनेर गर्व गर्छन् । नेपालको समग्र राष्ट्रीयतालाई कसरी बिष्लेषण गर्ने भनेने सन्दर्भमा समाज शास्त्री तथा मानव शास्त्रीहरुको आआफ्नै तर्कहरु देखिन्छ । खस भाषालाई कालान्तरमा नेपाली भाषा भनिएको भनेर पनि विवाद भएकैछ । नेपालको लिपि संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्दा रञ्जना लिपी लाई प्रस्तुत गर्नु शंखधर साख्वाले प्रतिपादन गरेको नेपाल सम्बतलाई प्रस्तुत गर्नु पनि नेपाली राष्ट्रीयताको गौरव मान्ने र नमान्ने दुईमत अवश्यछ तर आफ्नो लिपि र सम्बत प्रस्तुत गर्न नसक्नु पनि अर्को कुरा छ बिक्रम सम्बतलाई नेपालीको सम्बत मान्नु किमार्थ राष्ट्रीयता हुन सक्दैन जो भारतका बिक्रमादित्यले चलाएकोलाई सरकारी कामकाजको भाषा बनाउनु राष्ट्रीयता हुन सक्दैन भन्ने मेरो विचारछ । म शाक्य कूलको नेवार बौद्ध धर्मावलम्बी नेपाली भन्नुमा गौरव गर्छु मेरो भाषा नेपाल भाषा त्यसपछि मात्र नेपाली भन्नुमा गौरव गर्छु बिदेशमा जाँदा आफुलाई नेपाली भनेर चिनाउंछु ।
हाम्रो देशमा बिभिन्न भाषा भाषीहरु बिभिन्न धर्म संस्कार बोकेकाहरु बिबिधता रहेको अरुदेशका नागरिकहरुको भाषा भाषोहरुलाई अध्ययन गर्दा पनि त्यो देशको राष्ट्रीयता झल्किन्छ । भारतको बिभिन्न राज्यहरु महाराष्ट्र गुजराती पंजाबी भएता पनी भारतीय भन्नुमा गौरव गर्छन् यद्यपी हिन्दूस्तानी भन्ने हिच्किचाउंछन् । बिहारका हिन्दूस्तानी भन्नु भन्दा बिहारी भन्न रुचाएका देखिन्छन् । त्यस्तै श्रीलंकन बर्मीज जापानी जुन देशको नाम जसरी छ त्यसरी नै आफूलाई चिनाउनु राष्ट्रीयता ठहर्छ नकि आफ्नो राज्यको चिनारी दिएर राष्ट्रीयता ठहर्छ भन्ने मेरो विचार हो । भारतका प्रधान मन्त्री जोसुकै होउन जुनसुकै भाषीवा राज्यका होउन भारतीय प्रधानमन्त्री भन्नुमा गर्व गर्छन् भने हाम्रो देशमा मात्रै विवाद किन । आआफ्नो जातीय राज्यमा जे भएतापनि अन्तराष्ट्रीय क्षेत्रमा एकै भाषा भेषभूषा भएको जाती हुन्छ होला । हामीले यति बेला बोल्ने गरेको भनिएको नेपाली भाषा पनि सुरुमा खस भाषा त्यस पछि सिंजाली पर्बते गोर्खाली हुंदै नेपाली भएको पाईन्छ । दार्जिलिङ्ग सिक्किम तिर अझै गोर्खा भाषा गोर्खाली भन्ने चलन जिवितछ । जुनसुकै देशमा जहिले देखि बसोवास गरिरहेको भएपनि आफूलाई अहिले सम्म नेपाली भनेरै पहिचान बनाईरहेको पाईन्छ । देहरादूनमा नेपाली भाषी होस वा सिलिगुडी वा भुटानका नेपाली भाषीले आफूलाई अहिलेपनि नेपाली नेपाली टोपी नेपाली साहित्यको पहिचानलाई बलीयो बनाएको पाईन्छ ।
सम्पादक रमेश पराजुलीको नेपाली राष्ट्रीयता चिन्तन र अभिव्यक्तीमा अध्ययन गर्दा बहस मूल्यांकनमा राष्ट्रीय बिभुति छनौटमा गौतम बुद्ध पहिलो स्थानमा दोश्रो स्थानमा बि पि कोईराला तेश्रो स्थानमा पृथ्वी नारायण शाहलाई देखियो । महिलाहरु,जनजातीहरुको दृष्टिमा पनि पहिलोमा गौतम बुद्ध छ भने दलित र मधेशीको दृष्टिमा भने तेश्रो स्थानमा राखेको देखियो जबकि भगवान बुद्धले बुद्धत्व प्राप्त गर्दा र निर्वाण प्राप्त गर्दा दलितकै हातबाट पहिलो र अन्तीम भोजन ग्रहण गरेको र अनगिन्ति दलितहरुको उद्दार गरेको बौद्ध ग्रन्थमा उल्लेख भएको पाईन्छ । दलित वस्तिमा बस्ने दलितहरुलाई उच्च स्थानमा राख्नाले भगवान बुद्धलाई पनि दलित भनेर अवहेलना गरेको पाईन्छ । वेदको बर्णाश्रम व्यवस्था अनुसार दलितलाई चौथोमा पाईतला मुनीबाट उत्पत्ती भएको भनेर हेलाँ गरेकैले पनि धर्मको छनौटमा हिन्दू धर्मलाई १ नंमा अंगिकार गरेको र राष्ट्रीय बिभूतिमा अरुलाई छनौट गरेको देखिन्छ ।
के हो राष्ट्रीयता ? भवतु सब्ब मङ्गलम् ।

No comments:

Post a Comment