Saturday, January 19, 2013

बोधिसत्व सिद्धार्थको सपना साकार



हामीले गर्ने कृयाकलाप तथा बोल्ने वचनहरु प्रत्यक्ष सम्बन्धीत भएर बिभिन्न सपनाहरु देखिरहेका हुन्छौं । सपना जो हामी सित सांकेतिक रुपमा जानकारी भैरहेको हुन्छ तर हाम्रो अज्ञानताले सपनामा देखेको भएको असर होला भन्ने बुझ्न सक्तैनौ । बौद्ध दर्शनमा सपनाको महत्वपूर्ण स्थान रहेको पाईन्छ । शुद्धोधन पत्नी महामायाले अनदठो सपना देखेको सेतो हात्तीले कमलको फूल लिएर आफु सुतेको पलङ्गको चारैतिर ३पटक परिक्रमा गरेर उनको पेट भित्र गर्भ प्रवेश गरेको थियो । राजा शुद्धोधनले विव्दान पण्डितहरुलाई सपना विचार गराउंदा पुण्यान पुत्ररत्नले वास गरेको जानकारी पाउंछन् ।
बोधिसत्व सिद्धार्थले शरीरलाई कष्टप्रद दुष्रचर्याबाट पनि बोधिज्ञान प्राप्त नगरेपछिबाल्यकालको सम्झना आयो धान रोप्ने दिनमा आनापानस्मृति ध्यान गर्दा सिद्धार्थले प्रथम चरण सम्म अभ्यास गरेका थिए । अहिले त्यसै मार्ग अनुसार चल्न शरीर पहिलेजस्तै हुनुपर्ने भएकाले त्यसको निमित्त आवश्यक आहार सेवनका लागि उहाँले निजकको गाउँमा भिक्षाचरण जान थाल्नुभयो ।यसरी बोधिसत्वोदारा मध्यम मार्ग अपनाईयो तर पञ्चवर्गीय तपश्वीहरुले बवधिसत्वको यस मध्यम मार्गलाई बुझ्न सकेका थिएनन् ।
बोधिसत्व तपश्वीको तप भङ्ग भयो अब उनले कुनै ज्ञान प्राप्त गर्न सक्दैन भनी बिचार गरेर उनीहरु बवधिसत्वलाई एक्लो छोडेर अन्तैगए । त्यसपछि बोधिसत्व सेनानी गाउँमा गए ।त्यस गाउँमा बैशाख शुक्लपक्ष चतुरदशीको मध्यरातको तृतीय प्रहरमा यसरी सपना देख्नुभयो सपनामा १ हिमाल शिरान गरी पूर्व र पश्चीम दिशातर्फ दुबै हात फैलाई दक्षिण दिशा तर्फ खुट्टा तर्स्याई पृथ्वीमा आरामसित आफु सुतिरहेको ।२ आफ्नोनाईटोबाट कुश उम्रेका र ती आँखाले नभेटीने गरी माथि आकाशतिर हुर्कीबढीरहेको थियो ।
३ आफ्ना दुबै पाईतलामा काला सेता कमिला र अन्य किराहरु उत्पन्न भई माथि घुँडा सम्म ढाकिने गरी ओईलीरहेका थिए ।
४ विभिन्न रङ्गका चार चराहरु आफ्नो पाईला नजिकसम्म् उडेर आईपुग्नेबित्तिकै एकैपल्ट एउटै रङ्गका भए ।
५ अशुचि भएको पर्बतमाथि रहँदासमेत त्यसको लेसमात्र पनि आफ्नो पाईलामा लागेको थिएन ।
बोधिसत्वले भोलीपल्ट बिहान यस स्वप्नको फलबारे विचार गरि हेर्नुभयो । आफुले अहिलेसम्म गरिआएको ठूलो विर्य अधिस्थान व्दारा आफुले खोजिरहेको विमुक्ति मार्ग चाँडै नै देख्न सकिनेछ भनी उहाँले थाहापाउनुभयो ।
त्यहि सेनानी गाउँमा एउटी दलित महिला सुजाताले सुनको पात्रमा खीर दान गरेको खीरलाई ४९ गाँसमा खानुभयो र सुनको पात्रलाई नदीमा फाल्नु भएको थियो त्यतिबेलामा उहाँले यदि म बुद्ध हुने होभने यो पात्र उल्टो भई बगेर जावस कामना गर्नुभएकोथियो । साँच्चै पनि पात्र तल बग्नुको साटो माथितिर बग्यो यो देखेपछि निश्चय नै बुद्धत्व  प्राप्त गर्न सकिन्छ भनी बोधिसत्वले बुझ्नुभएको थियो । अन्ततः बुद्ध भएर संसारलाई सुख शान्तीको बाटो देखाउनुभयो ।
भवतु सब्ब मङ्गलम् ।

भगवान बुद्धको जन्म थलो राजा शुद्धोधनको राजधानी बारेमा भारतीय पक्षबाट भ्रामक प्रचार  हुंदा नेपालका राजनैतिक दलहरु सरकार मुकदर्शक भएर कुनै प्रतिपाद गर्न नसकेको देख्दा नकचरा        भनेमा के फरक पर्ला र भनेझैं लाग्छ ।

No comments:

Post a Comment