श्रावस्तीको एक सभामा शाक्यमुनी बुद्घ संसारमा व्याप्त प्राणिहरुको
पीड़ा र क्षणभंगुर संसारमा उपदेश दिईरहनुभएको थियो।
त्यसै समय सभाको एक कुनाबाट आवाज आयो। एक विधवा ब्राह्मणी आफ्नो
बाखमा एक बच्चा बोकेर रुंदै कराउंदै आईन। शाक्यमुनी बुद्घको चरणमा बच्चालाई राखेर
भनिन् -भगवान, मृत्युको वेदना के हुन्छ, यो
मसित सोध्नुस ! मेरो एकमात्र छोरा यि मलाई छोडेर गयो ! लौन जसरी भएपनि
ब्युंताईदिनस । भगवान हुनुहुन्छ बडो नाम सुनेकोछु हजूरको । म यो बच्चा बिना बाँच्न सक्तिन लौन भगवान भन्दै
छाति पीटी रुंदै भनिन् ।
त्यस मृत बच्चालाई लिएर शाक्यमुनी बुद्घले भन्नुभयो- बच्चा त सुन्दर
रहेछ र अनि बच्चा भन्दा पनि आमा झनै सुन्दरी रहिछौ । यदि मैले तिम्रो यो बच्चालाई
जिवित गरिदिए भने नि ? विधवा ब्राह्मणीले भनिन- भगवान, मेरो
छोरा मलाई पाए मैले आफ्नो सर्वस्व नै चढाउन सक्छु । शाक्यमुनी बुद्घले भन्नुभयो त्यसोभए ठीकछ
एकमुठ्ठी पंहेलो सर्स्यु लिएर आउ । विधवा एकमुठ्ठी पंहेलो
सर्स्युको लागि जान लागिन । शाक्यमुनी बुद्धले भन्नुभयो पंहेलो सर्स्यु त ल्याउनु
तर यस्तो घरबाट ल्याउनु जहाँ कसैको मृत्यु नभएको होस ।
शाक्यमुनी
बुद्ध भगवानको कुरा सुनेर दौडंदै गाउंमा गईन् र एक एक घरमा पंहेलो सर्स्यु एक
मुठीको लागि पुकार गरिन् र भनिन् यदि तपाईंको घरमा कोहि पनि
मृत्यु नभएकोभए दिनुहोला !
घरका मान्छेले भन्यो आमै यो त कहाँ सम्भव छ र मेरो घरमा सबै भएता पनि
बाजे त बित्नु भैसक्यो ।
बिधवा ब्राह्मणी फेरि अर्को घरमा गएर पुकार गरिन् त्यहाँ पनि नमरेको फेला परेन । त्यस्तो नमरेको कुनै घर फेला परेन ।
तिनि बिधवा ब्राम्हणीको आँखा खुल्यो । उनि
शाक्यमुनी बुद्ध भएको ठाउंमा पुगिन र भनिन् मैले त्यस्तो कुनै घर भेट्टाईन
जहाँ कसैको मृत्यु भएकोछैन । सबै प्राणी आफ्नो कर्मको फल भोग्छन् । मान्छे
जन्मेपछि एकदिन मर्नै पर्छ ढीलो र चाँडोको कुरा मात्रै हो। भगवन मेरो ज्ञानको आँखा
खोलीदिनुभयो ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment