Saturday, January 12, 2013

भगवान बुद्ध : समताको महान उपदेष्टा



जहाँ जहाँ जब जब धर्तीमा मानव समाजमा दुःखले व्याप्त हुन्छ तब तब बुद्धको प्रादुर्भाव हुन्छ । भगवान बुद्धले ईसा भन्दा छसय वर्ष पूर्व भारतमा बुद्ध धर्मको स्थापना गर्नुभयो । हुन त भगवान बुद्धले, धर्मको प्रवर्तन चाहनुहुदैन थियो, बरु त्यसमा सुधार गर्न चाहनुहुन्थ्यो, किनकि वहाँ कल्याणमा विश्वास राख्नुहुन्थ्यो । वहाँको धर्म तीन कुराको खोजमा निहित छ ।
* प्रथम संसारमा अशुभ छ।
* दोश्रो यस अशुभको कारण के हो ? वहाँले भन्नुभयो कि यो मनुष्यको दोश्रो भन्दा माथि चढने इच्छामा हो। यो मान्छेको दोष हो जस्को निवारण निस्वार्थताले गर्न सकिन्छ ।
* तेश्रो यस अशुभको उपचार निस्वार्थ बनेर गर्न सकिन्छ ।
भगवान बुद्धले भन्नुभयो कि जहिले पनि बलले कुनै समस्याको समाधान गर्न सकिंदैन, यही आधारमा नै भगवान बुद्धको धर्मको मुख्य आधार थियो । भगवान बुद्ध समताको महान उपदेष्टा हुनुहुन्थ्यो।
वहाँको भनाई थियो कि आध्यात्मिकता प्राप्त गर्ने अधिकार प्रत्येक स्त्री-पुरुषलाई छ । मानवको समता वहाँको महान उपदेशहरु मध्य एक हो । भगवान बुद्धको उपदेश यो मलाई ठीक छैन भन्ने बिरलै हुन्छ । ठीक हुंदा हुंदै पनि पालन गर्न सक्तैन । वहाँको धर्म सिद्धान्त यो हो कि मनुष्य दुःख यसकारण भोग्छ कि उ मात्र स्वार्थी छ। भगवान बुद्धले भन्नुभएकोछ कि समस्त प्राणिहरुको कर्म दश कुकर्महरुमा निहितछन । यदि यसबाट बच्ने हो भने सुखको मार्ग छर्लङ्गै हुन्छ । मानिस जानी जानी यहि दश कुकर्ममा फँस्छ । केहो त त्यो कुकर्म हुन त सबैलाई थाहाछ तर होस मात्रै छैन । जिव हत्या,  चोरी तथा व्यभिचार यि तीन खराब कर्म शरीरबाट गरीने हो । झूठो बोल्नु, अश्लील शव्द बोल्नु, अनावश्यक गफ गर्नु तथा अरुको निन्दा चर्चा गर्नु यि चार खराब कर्म वचनबाट जीवनको हो । जे पनि चाहना लोभ गर्नु ,क्रोध गर्नु अथवा रीसाउनु द्वेष तथा अरुको ईर्ष्या गर्नु यि तीन मनको खराब कर्म हुन । यि दश खराब कर्मबाट मान्छे बच्ने हो भने सर्वश्रेष्ठ मनुष्य हुन्छ । वास्तवमा कुनै गाह्रो छैन । यहि दश कुकर्मलाई सुकर्ममा परिवर्तन गर्नेहो भने उ सर्बश्रेष्ठ धार्मिक हुन सक्छ । मानिसको शरीरले होसै नराखेर शरीरबाट पाप गरिहाल्छ । वचनले पनि पाप गरि हाल्छ । शरीर बाट भन्दा पनि वचनले धेरै पाप अथवा कुकर्म गरिरहन्छ । अर्को कुरा मनले वा चेतनले पाप गर्छ । खराब कर्म नगर्नु र नगर्न प्रेरित गर्नु पनि कुशल कर्महो । त्यस्तै हो खराब कर्म आफूले नगरे पनि गर्न प्रेरित गर्नु कुकर्म हो । मानिस धार्मिक हुन सरलैछ । भजन किर्तन गर्दैमा मन्दीर गुम्बा गएर घोप्टी पर्दैमा धार्मिक हुन्छ भन्ने मान्यतामा म छैन । मानिस जुनसुकै सम्प्रदायको किन नहोस राम्रो हो तर उस्ले कुनै जीव प्राणी प्रति दयानगरि हिंसा गर्छ भने उ कसरी धार्मिक हुनसक्छ । भगवान भन्नु हुन्छ सबै संस्कार अनित्यछ । उत्पत्ती हुन्छ क्षय हुन्छ ।
                      भवतु सब्ब मङ्गलम्

No comments:

Post a Comment