जीवनकुमार शाक्य
तपाई जिन्दगीमा सफल तब
मात्रै हुन सक्नुहुन्छ जब तपाई सफलता हाँसिल गर्नको लागि आफ्नो सोंचलाई सकारात्मक गर्नुहुन्छ
। यदि आफ्नो षमताहरु खोजी खोजी कस्सिएर
आंक्नुहुन्छ तब कहिल्यै सफलता तर्फ पाईला बढाउन सकिन्न।
जीवन जिउनेकलामा राख्नेले भन्छन कि, 'तपाई
जीवनको कुनै पनि क्षेत्रमा सफल तब मात्रै हुन सक्नुहुन्छ जब तपाई आफ्नो क्षमताको
सय प्रतिशत प्रयोग गर्नुस ।
यदि तपाई अलिकति समस्याहरुले घेरिंदा आफ्नै क्षमतामा नै संदेह गर्न
थाल्नुहुन्छ भने सफल हुन गाह्रै पर्छ । हुन सक्छ एक पटक प्रयास गर्दा सफलता न होस
तर यदि तपाईं नकारात्मकताबाट टाढा भएर पनि पूरै मनबाट प्रयास गर्नुभएमा सफलता पाईने
निश्चितछ ।'
सकारात्मक सोचको सम्बन्ध केवल तपाईंको करियर सित मात्रै होईन, यो
तपाईंको परिवारिक र सामाजिक जीवन सित पनि गाँसिएकोछ । नकारात्मक सोंच भएका व्यक्ति
आफ्नो वरिपरि एक यस्तो नकारात्मक वातावरण बनाउंछन । जो उस्को साथ-साथै उन्का वरिपरिका मान्छेहरुको मानसिक
स्वास्थ्यमा पनि नराम्रो प्रभाव पार्छ।
कहिले यसो बिचार गरौं कि जब तपाईं जीवन प्रति सकारात्मक कुराहरु गर्नुहुन्छ
तब धेरै मान्छेहरु तपाईं तिर आकर्षित हुन्छन त्यहिं यदि तपाई हरेक समय जीवनको नकारात्मक
परिस्थितिलाई नै कोट्याउनुहुन्छ भने हरेक मान्छेले तपाईंको साथ सित बच्न नै
चाहन्छन्।
जीवन सित जोडिएको अपेक्षाहरु पूरा हुनाले निराशा स्वाभाविक छ तर यदि
तपाईं त्यस निराशाको अंध्यारो मै डूबिरहनुहुन्छ भने आशाको अर्को किरणहरुलाई चिन्न
सकिंदैन । सम्झनुस भारतीय फिल्म थ्री इडियट्समा नायक आमिर खानको त्यो-‘ऑल
इज वैल’।
आमिर खानले यस फिल्ममा भन्छन् कि यो जुमला भन्नुको अर्थको यो होईन कि
सबै समस्याहरु समाप्त भयो। बरु यसलाई बोल्नेको कारण हाम्रो अगाडि आईपर्ने समस्याहरु
सित जुझ्ने शक्ति प्राप्त गर्नुछ । जिन्दगिमा मैले धेरै पटक नकारात्मक सोंच नगरेको
पनि होईन यो नकारात्मक सोंचले हानी मात्रै पुगायो । अब ध्यानको माध्यमबाट
सकारात्मक सोंचले धेरै लाभ पुगाएकोछ । सकारात्मक सोंचले क्रोधलाई समेत नियन्त्रण
मात्रै होईन व्देष मानसिकताबाट समेत सचेत भएर रक्तचापलाई नियन्त्रण गरेकोछ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment