Saturday, July 7, 2012

धम्मपद गाथा डण्ड वग्गो

१२९.
सब्बे तसन्ति दण्डस्स, सब्बे भायन्ति मच्‍चुनो।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥
सबै दण्ड देखि डराउंछन् सबैलाई मृत्यु देखि डर लाग्छ ।
त्यसैले सबैलाई आफू जस्तै समझेर  कसैको हत्या नगर , न त हत्या गर्न प्रेरित गर ।
१३०.
सब्बे तसन्ति दण्डस्स, सब्बेसं जीवितं पियं।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥
सबै दण्ड देखि डराउंछन । सबैलाई मृत्यु देखि डर लाग्छ । त्यसैले: सबैलाई आफू जस्तै सम्झेर न त कसैको हत्या गर या हत्या गर्न प्रेरित गर ।
१३१.
सुखकामानि भूतानि, यो दण्डेन विहिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो न लभते सुखं॥
जो सुख चाहने प्राणिहरुलाई आफ्नो सुखको चाहनाले , दण्ड देखि विहिंसित गर्छ ( कष्ट पुगाउंछ ) त्यो मरेर पनि सुख पाउंदैन ।
१३२.
सुखकामानि भूतानि, यो दण्डेन न हिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो लभते सुखं॥
जो सुख चाहने प्राणिहरुलाई आफ्नो सुखको चाहनाले ,
दण्ड सित विहिंसित गर्दैन ( कष्ट पुगाउंदैन है ) त्यो मरेर सुखः  पाउंछ ।
१३३.
मावोच फरुसं कञ्‍चि, वुत्ता पटिवदेय्यु तं [पटिवदेय्युं तं (क॰)]।
दुक्खा हि सारम्भकथा, पटिदण्डा फुसेय्यु तं [फुसेय्युं तं (क॰)]॥
तिमि कसैलाई कठोर वचन न बोल , बोल्यौ भने अरुलेपनि तिमीसित त्यसरीनै बोल्छ ।
 क्रोध या विवाद हुने वाणी दु:ख हो । उसको बदलामा तिमीलाई दु:ख पाउंछौ ।
१३४.
सचे नेरेसि अत्तानं, कंसो उपहतो यथा।
एस पत्तोसि निब्बानं, सारम्भो ते न विज्‍जति॥
यदि तिमी आफूलाई फुटेको शिशा झै नि:शब्द गर त बुझ्नु कि तिमीले निर्वाण प्राप्त गर्यौ ।किनकि तिमीमा कुनै विवाद र प्रतिवाद नै रहेन
१३५.
यथा दण्डेन गोपालो, गावो पाजेति गोचरं।
एवं जरा च मच्‍चु च, आयुं पाजेन्ति पाणिनं॥
जसरी गोठालोले लौरोले गाईहरुलाई हांकेर चराउन लैजान्छ
त्यसरीनै बुढौली र मृत्यु प्राणिहरुको आयुलाई  हांकेर लैजान्छ ।
१३६.
अथ पापानि कम्मानि, करं बालो न बुज्झति।
सेहि कम्मेहि दुम्मेधो, अग्गिदड्ढोव तप्पति॥
बाल बुद्धि भएको मूर्ख  व्यक्ति  पापकर्म गर्दा होश राख्दैन ।
तर त्यही कर्महरु त्यो यसरी तप्छ जसरी आगोमा जलेकोहो ।
१३७.
यो दण्डेन अदण्डेसु, अप्पदुट्ठेसु दुस्सति।
दसन्‍नमञ्‍ञतरं ठानं, खिप्पमेव निगच्छति॥
जो दण्डरहितहरु या निर्दोषहरुलाई दण्ड बाट पीडित या अकारण दोष लाग्छ ,
उस्लाई यि दश कुरा मध्य कुनै एक अवशय हुन्छ ।
१३८.
वेदनं फरुसं जानिं, सरीरस्स च भेदनं [सरीरस्स पभेदनं (स्या॰)]।
गरुकं वापि आबाधं, चित्तक्खेपञ्‍च [चित्तक्खेपं व (सी॰ स्या॰ पी॰)] पापुणे॥
त्तीव्र वेदना २- हानि ३. अंग-भंग ४. ठूलो रोग ५.चित्तविक्षेप ( उन्माद ),
१३९.
राजतो वा उपसग्गं [उपस्सग्गं (सी॰ पी॰)], अब्भक्खानञ्‍च [अब्भक्खानं व (सी॰ पी॰)] दारुणं।
परिक्खयञ्‍च [परिक्खयं व (सी॰ स्या॰ पी॰)] ञातीनं, भोगानञ्‍च [भोगानं व (सी॰ स्या॰ पी॰)] पभङ्गुरं [पभङ्गुनं (क॰)]॥
६. राजदंड ७.कडा निंदा ८. सम्बधिहरुको विनाश ९. भोगहरुको क्षय , अथवा
१४०.
अथ वास्स अगारानि, अग्गि डहति [डय्हति (क॰)] पावको।
कायस्स भेदा दुप्पञ्‍ञो, निरयं सोपपज्‍जति [सो उपपज्‍जति (सी॰ स्या॰)]॥
यस्को घरलाई आगो लगाईदिन्छ । शरीर छूटेपछि त्यो नरकमा उत्पन्न हुन्छ ।
१४१.
नग्गचरिया न जटा न पङ्का, नानासका थण्डिलसायिका वा।
रजोजल्‍लं उक्‍कुटिकप्पधानं, सोधेन्ति मच्‍चं अवितिण्णकङ्खं॥
जुन मनुष्यको सन्देह समाप्त भएकोछैन उस्को शुद्धि न नाँङ्गो रहनाले, न जटा धारण गर्नाले , न हीलो दल्नाले , न ब्रत बस्नाले , न त कडा घामामा भूईमा सुत्नाले , न खरानी दल्नाले र न घोप्टो परेर बस्नाले नै हुन्छ ।
१४२.
अलङ्कतो चेपि समं चरेय्य, सन्तो दन्तो नियतो ब्रह्मचारी।
सब्बेसु भूतेसु निधाय दण्डं, सो ब्राह्मणो सो समणो स भिक्खु॥
वस्त्र , आभूषण आदि ले अलंकृत हुंदा पनि यदि कोई शान्त , दान्त स्थिर ब्रहमचारी  र सारा प्राणिहरुको प्रति दण्ड त्यागेर समताको आचरण गर्छ त्यो ब्राहाम्ण हो, श्रर्मण हो , भिक्षु हो ।
१४३.
हिरीनिसेधो पुरिसो, कोचि लोकस्मि विज्‍जति।
यो निद्दं [निन्दं (सी॰ पी॰) सं॰ नि॰ १.१८] अपबोधेति [अपबोधति (सी॰ स्या॰ पी॰)], अस्सो भद्रो कसामिव॥
संसारमा कुनै पुरूष यस्तो पनि हुन्छ जो स्वयम नै लाजले निष्द्ध कर्म गर्दैन।
उ निन्दालाई सहन सक्दैन जसरी साधीएको घोडा कोर्रालाई सहन सक्दैन ।
१४४.
अस्सो यथा भद्रो कसानिविट्ठो, आतापिनो संवेगिनो भवाथ।
सद्धाय सीलेन च वीरियेन च, समाधिना धम्मविनिच्छयेन च।
सम्पन्‍नविज्‍जाचरणा पतिस्सता, जहिस्सथ [पहस्सथ (सी॰ स्या॰ पी॰)] दुक्खमिदं अनप्पकं॥
कोर्रा खाएको घोडाको समान उधोगशील बन । श्रद्धा , शील , वीर्य , समाधि र धर्म विनिशचय सित युक्त होस विधा र आचरणले सम्पन्न र स्मृतिवान बन यस महान दु:खको अन्त गर्नसक्छौ ।
१४५.
उदकञ्हि नयन्ति नेत्तिका, उसुकारा नमयन्ति तेजनं।
दारुं नमयन्ति तच्छका, अत्तानं दमयन्ति सुब्बता॥
दण्डवग्गो दसमो निट्ठितो।
पानी लैजानेले जता चाह्यो उतै पानी लैजान्छ , बाण बनाउने बाणलाई तताएर सोझो गर्छ सिकर्मी काठलाई आफ्नो सुविधानुसार सोझ्याउंछ र सदाचार परायण गर्ने आफ्नो नै दमन गर्छ ।

No comments:

Post a Comment