Sunday, July 29, 2012

बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता

पञ्चशील • प्राणी हिंसाबाट बिरत रहने । •झूठो बोल्न बाट बिरत रहने । • चोरी नगर्ने । •व्यभिचार नगर्ने । • मध्यपान नगर्ने । • बल शक्तियुक्त हुनेछ । • अर्काको हातबाट मर्नुपर्नेछैन । • परिवारमा सदस्य बढ्नेछ । • रोग ब्याधि कम हुनेछ । • मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन । • दीर्घायु हुनेछ । प्राणी हिंसा नगरिँदाका दशवटा फल • अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ । • स्वच्छ र सुन्दर शरीर हुनेछ । • हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ । • शूर वीर हुनेछ । • बल शक्तियुक्त हुनेछ । • अर्काको हातबाट मर्नुपर्नेछैन । • परिवारमा सदस्य बढ्नेछ । • रोग ब्याधि कम हुनेछ । • मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन । • दीर्घायु हुनेछ । चोरी नगरिँदाका चारवटा फल • धन सम्पत्ति पूर्ण हुनेछ । • भएको धन सम्पत्ति स्थिर हुनेछ । • इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ । • राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ । व्याभिचार नगरिँदाका सातवटा फल • शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ । • सुखपूर्वक सुत्न सक्नेछ । • सुखपूर्वक उठ्न सक्नेछ । • स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ । • चारवटा दुर्गतिबाट बच्नेछ । • इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ । • धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ । झुठ कुरा नबोलिँदाका पाँच फल • विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन् । • तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन् । • दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ । • कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ । • नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन् । सुरापान नगरिँदाका नौवटा फल • गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ । • अलसी हुँदैन । • लाटो र गोंजेंग्रो हुनेछैन । • ज्ञान बुद्धि भएको हुनेछ । • ईर्ष्या गर्नेबाट रहित हुनेछ । • बेहोश हुँदैन । • शान्त स्वभावको हुनेछ । • नराम्रो काममा लाग्न लज्जा भय हुनेछ । • इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ । प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नुपर्नेछ । • नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनुपर्नेछ । • सुन्दर रुप नभई विरुप भई जन्म लिनुपर्नेछ । • हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ । • खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनुपर्नेछ । • जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ । • नरम शान्त स्वभाव भन्ने हुँदैन । • रुप लक्षणको नभएर अलक्षणको हुनेछ । • सभाको बीचमा शूरु नभएर काथर हुनेछ । • बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन् । • बल शक्तिहीन हुनेछ । • लाटाले जस्तो कुरा गर्नेछ । • दाजु-भाई, इष्ट-मित्र परिवारहरु नाश भई एक्लो दु:खी जीवन बिताउनुपर्नेछ । • आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ । • दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुले ठगी वा खोसी खाइदिनेछन् । • अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ । • आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंग अलग भइ बस्नुपर्नेछ । • आमाको गर्भमै बसी मरण हुनुपर्नेछ । • जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनुपर्नेछ । परधन चोरिँदाका सातवटा विपाक • मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ । • मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नुपर्नेछ । • अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन । • दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ । • राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ । • संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नुपर्नेछ । • खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानुपर्नेछ । व्यभिचार गर्दाका सातवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नुपर्नेछ । • धेरै प्राणीहरुका शत्रु भई बस्नुपर्नेछ । • धेरै मानिसहरुबाट मन नपराई अप्रिय भई बस्नुपर्नेछ । • परजनहरुबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नुपर्नेछ । • सुखपूर्वक सुत्न पाइनेछैन । • सुखपूर्वक उठ्न पाइनेछैन । • नपुंसक भई जन्म लिनुपर्नेछ । असत्य कुरा गर्दाका सातवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नुपर्नेछ । • नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुप हुनुपर्नेछ । • लाटो बक नफुट्ने भई जन्म लिनुपर्नेछ । • दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमा कुरा गर्न नसकिने हुनेछ । • शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनुपर्नेछ । • अति नै दुर्गन्धित शरीर हुनेछ । • आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन । सुरापन गर्दाका बीसवटा विपाक • मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ । • नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनुपर्नेछ । • ज्ञान बुद्धि नभएका मूर्खहरुसँग सत्संगत गर्नुपर्नेछ । • सधैं स्मृति विहीन भई बस्नुपर्नेछ । • सधैं अलसी भई बस्नुपर्नेछ । • सधैं मूर्ख बदमास भई बस्नुपर्नेछ । • जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनुपर्नेछ । • समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नुपर्नेछ । • अति द्धेषी र अति क्रोधी भई जन्मनुपर्नेछ । • हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नुपर्नेछ । • राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नुपर्नेछ । • बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनुपर्नेछ । • असत्य कुरा गर्ने हुनेछ । • अरुलाई चुग्ली गर्ने हुनेछ । • परउपकारलाई नचिन्ने हुनेछ । • दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनुपर्नेछ । • पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ । • सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ । • उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नुपर्नेछ । • दुष्ट र नीच कर्म गर्ने हुनेछ ।

No comments:

Post a Comment