Friday, July 13, 2012

तपस्वी बम्जनको सुरक्षा माग Friday, 13 July 2012 14:34 नागरिकबाट साभार काठमाडौं, असार २९ (नागरिक)- विभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुले बाराको हलखोरिया जंगलमा लामो समय तपस्या गरेका तपस्वी रामबहादुर बम्जनको सुरक्षाको माग गरेका छन्। उनीहरुले बम्जनको तपस्या भंग नहुने गरी उनलाई सुरक्षा दिन पनि सरकारसँग माग गरेका छन्। बोधि श्रवण धर्म संघ, नेपाल तामाङ घेदुङ, उर्गेनछ्योइलिङ गुम्बा, कर्मसम्तेलिङ गुम्बा, विश्व शान्ति महाबौद्ध गुम्बा र नेपाल आदीबासी जनजाती महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन्। उनीहरुले बमजनले तपस्या गरेको हलखोरिया जंगलमा निर्माण भएका गुम्बा लगायतका धार्मिक संरचना भत्काएको घटना अन्तरिम संविधानको धर्मनिरपेक्षताको भावना विपरित, अन्तर्राष्ट्रिय श्रम संगठन महासंन्धी १६९ र संयूक्त राष्ट्र संघको घोषणा विपरित रहेको भन्दै त्यसको घोर भर्त्सना समेत गरेका छन्। उनीहरुले बम्रजनको सुरक्षासहित, भत्काइएका पुर्नसंरचना पुर्ननिर्माण गर्नु पर्ने, धार्मिक संरचना भत्काउनेमाथि कारवाही गर्नु पर्ने, तपस्वीको आय ब्ययको हिसाबकिताब समिति बनाई छानविन गर्नु पर्ने, हलखोरिया वनलाई धार्मिक बन घोषणा गरी विश्वसम्पदा सूचिमा सूचिकरण गर्नु पर्ने, बमजनका अनुयायी र भक्तजनहरुमाथि लगाएको बन फडानीको झुठा मुद्दा खारेज गर्नु पर्ने लगायतका माग पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। तपस्वी बमजन हलखोरिया जंगल छाडेर सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थीत जनकल्याण सामूदायिक बनमा सरेको विषयलाई अतिरञ्जित रुपमा प्रचार गरिएकोमा आपत्ति प्रकट गर्दै ती संगठनहरुले शान्त स्थानको खोजीमा बम्जन सरेको समेत स्पष्ट पारेका छन्।

No comments:

Post a Comment