Saturday, July 21, 2012

डा. भिमराव अम्बेडकरको महान प्रतिज्ञा

विशाल भारतको सम्बिधानका निर्माता डा.भिमराव अम्बेडकरले हिन्दु धर्ममा रहेको कुरिति अन्धविश्वास जातपातिको पक्षपाती उंचनिचको भावनाले ग्रस्त भएको अवस्थामा एकठूलो समूहलाई लिएर बुद्ध धर्म प्रति समर्पित हुंदा हलचल मच्चीएकोथियो । डा. भिमराव अम्बेडकरले दीक्षा भूमि, नागपुर, भारतमा ऐतिहासिक बौद्ध धर्मंमा परिवर्तनको अवसर मा,१५ अक्टूबर १९५६ मा आफ्नो अनुयायिहरु साथमा २२ प्रतिज्ञाहरु निर्धारित गरे।८लाख मान्छेहरु बौद्ध धर्ममा रूपान्तरण ऐतिहासिक थियो किनकि यो विश्वको सबै भन्दा ठूलो धार्मिक रूपांतरण थियो। उन्ले यि शपथहरुलाई निर्धारित गरे ताकि हिन्दू धर्मको बन्धनहरुलाई पूरै पृथक गर्न सकियोस। यि २२ प्रतिज्ञाहरु हिन्दू मान्यताहरु र पद्धतिहरुको जड़मा गहीरो आघात गर्दछ । यो एक सेतुको रूपमा बौद्ध धर्मंको हिन्दू धर्ममा व्याप्त भ्रम र विरोधाभासहरुबाट रक्षा गर्नमा सहायक हुनसक्छ ।यि प्रतिज्ञाहरु हिन्दू धर्म,जसमा केवल हिंदुहरुको तथाकथित माथिल्लो जातिको सम्वर्धनको लागि मार्ग प्रशस्त गरीएको मा व्याप्त अंधविश्वासहरु, व्यर्थ र अर्थहीन संस्कारबाट धर्मान्तरित हुंदै गरेको समय स्वतंत्र हुन सकिन्छ। प्रसिद्ध २२ प्रतिज्ञाहरु निम्न छन्: १ मैले ब्रह्मा, विष्णु र महेशमा कुनै विश्वास गर्दीन र न त मैले तिनिहरुको पूजा नै गर्छु । २ मैले राम र कृष्ण, जो भगवानको अवतार मानिन्छ, मैले कुनै आस्था राख्दीन र न त मैले तिनिहरुको पूजानै गर्छु । ३ म गौरी, गणपति र हिन्दुहरुको अन्य देवी-देवताहरुमा आस्था राख्दीन र न त तिनिहरुको मैले पूजा गर्छु । ४ मैले भगवानको अवतारमा विश्वास गर्दीन । ५ मैले यो मान्दीन र न कहिल्यै मान्न्छु कि भगवान बुद्ध विष्णुको अवतार थिए भनेर । मैले यसलाई पागलपन र झूठो प्रचार-प्रसार मात्र मान्छु । ६ मैले श्रद्धा (श्राद्ध) मा सहभागि हुंदिन र न त नै दान दिन्छु । ७ मैले बुद्धको सिद्धान्तहरु र उपदेशहरुको उल्लंघन गर्नेहरुको जस्तो कार्य गर्दीन । ८ मैले ब्राह्मणहरु द्वारा निष्पादित हुने कुनैपनि समारोहलाई स्विकार गर्दीन । ९ मैले मनुष्यको समानतामा विश्वास गर्छु । १० मैले समानता स्थापित गर्ने प्रयत्न गर्छु । ११ मैले बुद्धको आष्टांङ्गिक मार्गको अनुशरण गर्छु । १२ मैले बुद्धद्वारा निर्धारित पारमिताहरुको पालन गर्छु । १३ मैले सबै जीवित प्राणिहरु प्रति प्रति दया र प्रेम दयालुता राख्छु तथा तिनिहरुको रक्षा गर्छु । १४ मैले चोरी गर्दीन । १५ मैले झूठो बोल्दीन । १६ मैले कामुक पापहरु गर्दीन । १७ मैले रक्सी, मदिराजन्य मादक पदार्थहरु सेवन गर्दीन । १८ मैले महान आष्टांगिक मार्गको पालनको प्रयास गर्छु एवं सहानुभूति र प्रेमपूर्ण दयालुताको दैनिक जीवनमा अभ्यास गर्छु । १९ मैले हिंदू धर्म त्याग गर्छु जो मानवताको लागि हानिकारक छ र उन्नति र मानवताको विकास मा बाधक हो कनकि यो असमानतामा आधारित छ, र स्व-धर्मंको रूपमा बौद्ध धर्मलाई अपनाउंछु। २० मैले दृढ़ताको साथ यो विश्वास गर्छु कि बुद्धको धम्म नै सांचो धर्म हो । २१ मलाई विश्वास छ कि मैले फेरिबाट जन्म लिईरहेकोछु (यस धर्म परिवर्तनबाट). २२ मैले गंभीरता एवम् दृढ़ताको साथ घोषिणा गर्दछु कि मैले यस्को (धर्म परिवर्तन के) पछि आफ्नो जीवनको बुद्धको सिद्धान्तहरु र शिक्षाहरु एवम् उन्को धम्मको अनुसार मार्गदर्शन गर्छु । सन्दर् सामग्रि ईन्टरनेट वेभदुनियाँ हिन्दीबाट अनुवाद

No comments:

Post a Comment