Tuesday, July 10, 2012

चण्डालिका ( नाटक )

बौद्ध ग्रन्थमा आधारित जीवनकुमार शाक्य पात्रहरु ःतथागत -(भगवान बुद्ध) भिक्षु आनन्द प्रकृति ःचण्डालिका -(अछुत नारी) मातंगी ःप्रकृतिको आमा स्थान ः जेतवन ग्राम कुवां नजिक पृष्ठभूमिःभगवान बुद्ध अनाथपिण्डकको जेतवन बिहारमा बिराजमान हुनुहुन्थ्यो । तथागतको शिष्य आनन्द भिक्षाटन गर्न नगरमा गएका थिए । पर्दा खोलिन्छ दृष्य नं. १ अछुत नारी प्रकृति नामकि एक तरुणी केटी कुंवाबाट पानी भर्दै हुन्छिन् । पानीले प्यास लागेको भिक्षु आनन्द आईपुग्छ । आनन्द ःनानी † मलाई पानी प्यास लागेकोछ पानी दिनुस न । चण्डालिका ः म चण्डालिका अछुत पुत्री हुं । मैले कसरी पानी दिने ? आनन्द ः मैले त पानी मागेको हुं तिम्रो जात सोधेको होईन नि । चण्डालिका ः म एउटी अछुत ले तपाई श्रमण भिक्षुलाई पानी दिएर पाप लाग्दैन ? आनन्द ः नानी † जातले कोहि छुत अछुत हुंदैन । प्यास लागेकालाई पानी पिउन दिए धर्म नै हुन्छ पाप कसरी होला । चण्डालिका ः हामीलाई गाउंमा सबैले अछुत भनेर हेलां गर्छन् त । आनन्द ः त्यो पछि कुरा गर्दै गरुला मलाई साह्रै पानी प्यास लागेकोछ चण्डालिकाले आनन्दलाई भिक्षा पात्रमा पानी राखिदिन्छ। आनन्द पानी पिएर कल्याण होस भनेर जान्छ । चण्डालिकाले आनन्दको अनुहार एकहोरो हेरि रहन्छ । आनन्द गै सकेपछि उनि पछि पछि लागेर आनन्दको निवास थाहा पाएर फर्किन्छीन् र घरमा गएर टोलाएर बसि रहेको हुन्छ । दृष्य नं.२ स्थान ःजेतवन गाउं चण्डालिकाको घर पात्र ः प्रकृति -(चण्डालिका ) , चण्डालिकाको आमा चण्डालिकाले आनन्दलाई एक तफिर् प्रेम गरेर उ सित बिहे गर्ने चाहना राखेर भुईमा घोप्टो परेर रुन थाल्छिन् । छोरी रोएको देखेर आमाले सोध्छीन् - नानी प्रकृति † के भयो तिमिलाई सन्चो भएन ? - प्रकृति ः होईन । आमा ःके भयो त भोक लाग्यो - प्रकृति होईन । आमा ःके भयो सन्चो भएन पेट दुख्यो - प्रकृति ः आमा मैले बिहै गर्छु । आमा ः धत् लाटी त्यत्तिको लागि रोएको । गरि दि हाल्छु नि तिमीलाई केटाले माग्न आएकै छ । प्रकृति ः आमा † सांच्चै तिमिले मेरो बिहे गरि दिनेभए आनन्द बाहेक अरु कसै सित बिहे गर्दिन । आमा ः को आनन्द - कस्तो छ केटो कहांको हो ? प्रकृति ः कहांको हो थाहा छैन जेतवनमा तथागत बस्ने ठाउंमा गएकोछ । आमा ः ए , त्यो त ब्रम्हचारी भिक्षु हो त्यस्तो सित पनि बिहे गर्छन - प्रकृति ः आंखा मिच्दै - जे सुकै होस म उसै सित बिहे गर्न पाए गर्छु नत्र कसै सित गर्दिन । तिम्रो तन्त्र मन्त्र के काम लाग्यो त - आमा ः त्यस्तो नचाहिने जिद्दि नगर राम्रा राम्रा सुन्दर केटाहरुले माग्न आएका छन् तिम्ले मन पराउने सित बिहे गरि दिन्छु । प्रकृति ः मैले आनन्दलाई बाहेक अरु कसैलाई मन पराउंदिन । आमा ः कस्तो नचाहिने जिद्दि गर्र्छौ छोरी । त्यो बाल ब्रम्हचारी हो के त्यस्तोले बिहे गर्दैनन् । प्रकृति ः अ हं मलाई केहि थाहा छैन त्यसो भए जब सम्म मैले आनन्द सित मैले बिहे गर्न पाउंदिन तब सम्म केहि खान्न त्यत्तिकै भोकै बसेर मरि दिन्छु । छोरीको अवस्था देखेर प्रकृतिकि आमा मातङ्गी दुखि हुन्छन् । कोशिश गर्छु भगवानलाई अनुरोध गर्छु । पर्दा बन्द । दृष्य नं ३ स्थान ःजेतवन बिहार पात्र ः बुद्ध ः भिक्षु आनन्द । मातंगी -प्रकृतिको आमा ) मातंगी ः भगवन् -घुंडा टेकेर डण्डवट गर्देः मेरी छोरी केहि नखाएर मर्न लागि लौ न बचाई दिनुहोस । बुद्ध ःके भयो तिम्रो छोरीलाई मातंगी ? मातंगी ः भगवन् जब देखि आनन्दलाई देखिन् तब देखि आनन्द प्रति प्रेम गर्न थाली अनि आनन्द सितै बिहे गर्न नपाए आत्म हत्या गर्छु भन्छे । बुद्ध ः त्यसो भए तिम्रो छोरीलाई पर्ठाई देउ त । हवस् भनेर मातंगी जान्छिन् र आफ्नो छोरी प्रकृतिलाई पर्ठाई दिन्छिन् । प्रकृतिको प्रवेष हुन्छ । प्रकृतिले बुद्धलाई डण्डवट गरेर एक किनारमा बस्छिन् । बुद्ध ः प्रकृति ! तिमी किन आनन्दको पछि लागेकि छौ -के तिमिले आनन्द सित बिहे गर्ने भनेको ? प्रकृति ः मैले सुनेकि छु आनन्द अबिवाहित छ म पनि अबिवाहित हुं । बुद्ध ः आनन्दको टाउकोमा रौं छैन चिण्डोछ , तिमिलाई के मन प-यो रुप ? प्रकृति ः सबै मन पर्छ भगवन् । बोलि, व्यवहार ,रुप। बुद्ध ः आनन्द त भिक्षु हो अनि भिक्षा मागेर खान्छ । प्रकृति ः मलाई आनन्द जस्तो भए पनि मन पर्छ । बुद्ध ः आनन्दले कपाल मुण्डन गरे जस्तै गर्नु पर्छ नि । प्रकृति ः हुन्छ म मुण्डन गर्न तयार छु । जे गर्न पनि तयार छु । बुद्ध ःपहिला तिम्रो आमाको स्विकृति लिनु पर्छ नि । प्रकृति ः हुन्छ मैले आमाको स्विकृति लिन्छु । बुद्ध ः जाउ त्यसो भए आमाको स्विकृति लिएर कपाल मुण्डन गरेर आउ चण्डालिका खुसि भएर उफ्रंदै घर जान्छिन् । पर्दा बन्द प्रकृति खुसि हुंदै घर गएर आफ्नी आमासित वादविवाद गरेर जिद्दि गर्छिन् । प्रकृतिः आमा तिमीले गर्न नसकेको काम मैले गरें । मैले कपाल मुण्डन गरेमा भगवानले आनन्द सित बिहे गरिदिने वचन गर्नुभएकोछ । मातङ्गी ःकस्तो जिद्दी रहिछे - रिसाएर) छोरी मान्छेको कपाल हुन्छ । आनन्द जस्तो भिक्षु सित कसरी बिहे गर्र्छौ राम्रो केटा सित बिहे गरि दिन्छु । प्रकृति ः आमा ! मैले आनन्द सित बिहे गर्न पाईन भने बरु मरिदिन्छु अनि मायां गर्नुहोला छोरीलाई । मातङ्गी ः हेर छोरी ! तैले मेरो अपमान गर्दैछिस् प्रकृति ः हेर्नुस आमा यदि मेरो मायां लाग्छ भने मैले जे चाहान्छु त्यो पूरा गर्न दिनुस् । त्यसपछि मातङ्गी आफ्नो छोरी सित हार मानेर मुण्डन गर्न अनुमती दिन्छिन् । प्रकृतिले मुण्डन गरेर जेतवन पुग्छिन् । भगवन् हजूरले भने जस्तै कपाल मुण्डन गरेर आएं । बुद्ध ः प्रकृति ! तिमिलाई आनन्दको शरीरको कून अंग राम्रो लाग्यो ? आंखा मन प-यो ? - अनुहार मन प-यो?उस्को नाक - उस्को आंखा ? प्रकृति ः हो भगवन् मलाई आनन्दको आंखा, नाक, बोलि सबै राम्रो लाग्यो । उस्को हरेक अंगसित प्रेम भएकोछ । बुद्ध ः तिमिलाई थाहा छ - आंखा आंसुको भण्डार हो । नाक सिंगानको भण्डार हो । मुख खकार थुकले भरिएको हुन्छ र शरीर मलमूत्रको भण्डार हो । अनि यो सुन्दर देखिने छालाको पछाडि पंहेलो बोसोहरु हुन्छन् । पेटमा मलमूत्रहरुले भरिएकोछ । बिहे गरेपछि बच्चा जन्मिन्छ अनि स्याहार सुसार भएनभने मर्न पनि सक्छ । अनि दुःख लाग्छ । खाना पकाउने बिभिन्न किसिमको दुःख बाहेक अरु के देख्यौ र आनन्दमा तिमिले बिहे गर्छु भन्छौ प्रकृति र ? प्रकृति गम्भिर भएर सोंच्न थाल्छिन् । अनि मनमनै भन्छिन् वास्तवमा उ सित बिह गर्नु व्यर्थ हो । बिहे गरेर दुःखको संसारमा जानु भन्दा यहि राम्रो । अनि भगवानलाई निधारले भुइंमा टेकाएर डण्डवट गरेर भन्छिन् - भगवन् म अज्ञानी भएर भिक्षु आनन्द सित एक तर्फी प्रेममा पछि लागें । एउटा दृष्टिबिहिनलाई आंखा पाए जस्तै भयो । अन्धकारमा बसेकोलाई प्रकाश पाए जस्तै भयो । । तथागतको ज्ञानामृतले मेरो ज्ञानको चक्षु खुल्यो । मैले आनन्द प्राप्त गरें । मैले उज्यालो प्राप्त गरें मलाई शरणमा लिनुहोस । बुद्ध ः प्रकृति † चण्डालिका अछुत नारी भए पनि तिमि सित ब्राम्हणहरुले पनि शिक्षा प्राप्त गर्नेछन् ।न्याय र धर्ममा विचलित नहुनु ।तिम्रो किर्ती राज सिंहांसनमा बसेको रानीको कीर्ती भन्दा पनि माथि हुनेछ । सबै श्रेष्ठहरुको लागि आदर्शको काम गर्ने छौ । तिमिलाई सबैले सम्मान गर्नेछन् । भवतु सव्व मङ्गलम् । कल्याण होस ! पर्दा बन्द

No comments:

Post a Comment