Wednesday, July 18, 2012

कुन बर्षमा जन्म भएको हो वर्ग थाहापाउने

महायान बौद्ध संस्कार पद्दती अनुसार कुन बर्षमा जन्म भएको हो त्यहि अनुसार जनावर अनुसार वर्ग छुट्टीएको हुन्छ बर्षको १२ महिना भए झैं १२ वर्ग पछि पुनः त्यहि वर्गबाट सुरु हुन्छ । वर्गमा जनावरको चरित्र अनुसार त्यो बर्षमा जन्मीएको व्यक्ति त्यस जनावरको चरित्र सित अधिकान्श मेल खान्छ । जस्तै वर्गको नाम यस प्रकार रहेकोछ । १चरा, २कुकुर, ३बनेल, ४मुसा, ५गोरु, ६बाघ, ७खरायो, ८ड्रागन, ९सर्प, १०घोडा, ११भेडा र १२बाँदर । वर्गको नाम जन्म साल चरा २ फाल्गुण २००१ देखि २० फाल्गुण २००२ सम्म कुकुर २१ फाल्गुण २००२ देखि ९ फाल्गुण २००३ सम्म बनेल १० फाल्गुण २००३ देखि २७ माघ २००४ सम्म मुसा २८ माघ, २००४ देखि १६ फाल्गुण २००५ सम्म गोरु १७ फाल्गुण, २००५ देखि ५ फाल्गुण २००६ सम्म बाघ ६ फाल्गुण २००६ देखि २४ माघ २००७ सम्म खरायो २५ माघ २००७ देखि १३ फाल्गुण २००८ सम्म ड्रागन १४ फाल्गुण २००८ देखि २ फाल्गुण २००९ सम्म सर्प ३ फाल्गुण, २००९ देखि २१ माघ २०१० सम्म घोडा २२ माघ २०१० देखि ११ फाल्गुण २०११ सम्म भेडा १२ फाल्गुण २०११ देखि २८ माघ २०१२ सम्म बाँदर २९ माघ २०१२ देखि १८ फाल्गुण २०१३ सम्म यसै अनुसार प्रत्येक बर्षको अन्तीम दिनको गणना अनुसार वर्ग परिवर्तन हुन्छ । जस्तैः१३औं बर्षमा चरा १९ फाल्गुण २०१३ देखि ७ फाल्गुण २०१४ सम्म गरि सालको कुकुर बनेल, मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा २४ औं बर्षमा बाँदर हुंदै जान्छ । यस प्रकार कसैको पनि जन्म साल अनुसार वर्ग पत्ता लगाउन सकिन्छ । यहि अनुसार मानिसको विचार सित मेल खाने र नखाने हुन जान्छ । चराको वर्ग अनुसार चराको चरित्र संगाल्ने खालको हुन्छ । जनावर अनुसारको चरित्र सित धेरै मेल खाएको स्पष्ट देखिन्छ । प्रत्येक मानिसको जनावर सित अनुन्यास्रित सम्बन्ध भएको स्पष्ट देखिन्छ । त्यसैले पनि बुढा पाकाहरु गाली गर्दा अधिकान्श जनावर कै संज्ञा दिएको पाईन्छ । बर्गहरूको बर्ष तालिका (ईश्वी संबत) खाम खरायो February 7, 1951 to February 25 , 1952 ड्रागन February 26, 1952 to February 13, 1953 सर्प February 14, 1953 to February 3, 1954 घोडा February 4, 1954 to February 22, 1955 भेडा February 23, 1955 to February 11, 1956 बाँदर February 12, 1956 to March 1, 1957 चरा March 2, 1957 to February 18, 1958 अग्नि कुकुर February 19, 1958 to February 7, 1959 माटो बनेल February 8, 1959 to February 26, 1960 माटो मुसा February 27, 1960 to February 15, 1961 फलाम गोरु February 16, 1961 to February 4, 1962 फलाम बाघ February 5, 1962 to February 23, 1963 जल यसै अनुसार १२ बर्षमा पुन त्यहि वर्गमा फर्किने भएको हुंदा त्यसै अनुसारवर्ग पत्ता लगाउन सकिन्छ । यस अनुसार २४औं बर्षमा खरायो २५औं बर्षमा ड्रागन कति औं बर्षमा फेरि खरायो February 28, 1987 to February 17, 1988 आयो । यसै अनुसार वर्ग निकाल्न सकिन्छ । एकपटक प्रयास गरेर हेरौं त ।

No comments:

Post a Comment