Wednesday, July 11, 2012
मेरो मृत्युको अनुभुति
- जीवन शाक्य
मैले मृत्युको अनुभुति २।३ पटक गरेकोछु । बडो रोमान्चक हुंदो रैछ । म मृत्यु हुने समयमा घरमा कोहि थिएन म मर्न लागें भनेर आएर बिछौनामा पल्टीन्छु । ध्यान गर्छु सांस आउंदा जांदा सांस कतै अड्कीयो म मरें । घरमा सबै भन्दा पहिला नातीको प्रवेष भयो स्कूलबाट आईपुगेर । उ सरासर आफ्नो कोठामा गएर लुगा फेर्छ अनि मेरो कोठामा बाबा भन्दै आउंछ । बाबा भन्दै मलाई हल्लाउंछ । नातीले भन्छ कस्तो निदाएको बाबा । केहिबेरमा नातीनीहरु पनि आईपुग्छ म मस्तमा सुतिरहेको जस्तो ठान्छ संधै घुर्ने मान्छे आज अनौठो तरिकाले सुत्नुभएछ बाबा । बाबा ! बाबा ! तर म अनन्त परधाम पुगि सकेकोछु मलाई केहि थाहा छैन घरमा नातीनीहरु रुन कराउन थाल्छन श्रीमती छोरी आईपुग्छन रुन थाल्छन् भक्कानो फुटाएर रुन्छीन छोरी श्रीमतीङ्गले मेरो शरीरमा अङ्गालो हालेर राजा !मेरो राजा भनेर रुन थाल्छ । छोराहरु पनि आईपुग्छन् र रुन थाल्छन सबै जना टोल छिम्कीहरु एक एक गर्दै आउन थाल्छन । म गोहोजा भित्र एक कुनामा बसेर सबै तमासा हेर्दैछु । घरमा रुवावासी मच्चीएकोछ । श्रीमतीले राजा! म अघि जान्छु भनेकि थिएँ झुक्क्याएर तिमी अघि गयौ राजा भन्दै मेरो होम्यो लेखेर सुत्रपाठ गर्न थालीन । खबर पाएको ३ घण्टामा बहिनी र ज्वाई आईपुगे बहिनी पनि भक्कानो फुटाएर रुन थालीन । घर बाहिर मेरा पत्रकार साथीहरु रेयूकाई साथीहरु भेला भएकाछन् । एक आपसमा कुरा गर्दैछन । के भएर बित्यो ? विचरा कम उमेरमै गएछन् हगी बडो राम्रो समाज सेवा गर्दैथिए पत्रकार भनेर पो चिनिन्छन् । रेयूकाईको स्थापना पनि गरेको होईन र । ऐ बरै मान्छेको मृत्युको के ठेगान है हीजो सम्म कस्तरी हंसाएका थिए । ल ल ल बाँस ल्याउनु पर्यो कात्रो ल्याउनु पर्यो ।कोही बाँस लिन गए मृत्यु अन्तिम संस्कारको सामग्रीहरु आईपुग्यो । बड्डा त बुद्धिष्ट हुन बुद्धिष्ट तरिकाले अन्त्यष्टी हुने होला खोई कसरी गर्छन थाहा छैन । माहिलो भाई र भाईका छोराहरु बुहारी सबै नेपालगंजबाट आईपुगे ।
स्यानो छोरोले भन्यो हो मेरो बुवा बुद्धीष्ट हुनुहुन्छ वहाँको अन्त्ष्टी पनि त्यसै गर्नु भनेर हामीलाई भनिरहनुहुन्थ्यो । चीनी घीउको व्यवस्था भयो । मलाई विस्तराबाट उचालेर बाहीर लगीयो बाँसको बीछौनामा सुताईयो बाँधीयो । घरको चारै तिर मान्छेहरु जम्मा भएका थिए लगभग एकहजार जति । शवयात्राको तयारी भयो बस त ५ वटा आईपुग्यो अझै नअटाउनेभयो ।
मेरो शान्त यात्रा आरम्भ भयो बुद्धम शरम गच्छामी ! धम्मम् शरम गच्छामी ! संघम् शरम गच्छामी ! कस्तो अचम्म खाले मलामी शंख पनि बजाएन के भनेको हो यो । केर् यि बड्डा हिन्दू होईनन् र ? कस्तो अचम्म है । मेरी पाथृव शरीर भएको गाडी अघि लाएर मानो ठूलै मान्छेको जस्तै शव यात्रा भैरहेकोछ । बाटोमा मलाई चिन्नेहरु सोद्धै छन् को हो हाँ मलामी त धेरै छ नि । उही के जीवन शाक्य ! हे ! के भएर फुत्कीएछन हर्ट अटेक त भएन ? ब्लडप्रेशर सुगरका बिरामी थिए भनेको सुनेथें । तैपनि साह्रै मेहनती हगि ।बडो राम्रो मान्छ समाजको लागि ।कहिलेकाहिं घमण्डी कुरा गर्थे । पैसा त कमाएनन क्यारे । बुड्डा कहिले आएका हुन हं नेपालगंजबाट । खोई भयो ३०।३५ बर्ष भयो क्यारे । हैन मलाई त ५ कक्षामा पढाएकाहुन ।
भेरी आईपुग्यो गाडीबाट मेरो शवलाई गाडीबाट झारीयो । चीता तयारी भयो । छोराहरुले परीक्रमा गरे केहि श्रद्धालुले पनि जल समर्पण गरे दागबत्ती दिईयो । मेरो शरीर दन दन बली रहेकोछ त गरिरहेकोछु अनन्तको मलाई केहि भएकोछैन हेर्दा हेर्दै मेरो शरीरको एक चोक्टा बांकि भयो अस्तु बालुवामा गाडी दिए दुबैछोरा मिलेर ठूलो छोरा एक पटक फेरि रोयो । रोएको मलाई कुनै असर परेकोछैन मानो मेरो खिल्ली उडाईरहेकोछ । मलामी यात्राफर्कने हतार भएकाहरु फर्के । मलामी फर्कीयो मलामीलाई दही च्युरा ख्वाए ।
घर शान्त छ छोरी अझै रुंदै छिन बहिनी रोईरहेकैछीन । म गोहोजा भित्र एक कुनामा सुक्ष्म आत्मा भएर बसेकोछु । भोक लागि सक्यो कसैले खान दिएको छैन । के खाने गोहोजाको पानी अलिकति पिएं । अब कहां जाने मेरो संसार कहाँ हो सातौं दिनमा थाहा होला त्यति बेला सम्म त यहि घरको गोहोजामा बस्नु पर्ला हाहा । यहाँ त आमा बुवा भाई सास पनि हुनुहुन्छ तर मलाई नचिने जस्तो गरेर सबैजना ध्यानमा हुनुहुन्छ । को को हुन केहि त चिन्दीन ।
पाँचौ दिनमा मलाई छोरी बहीनीले मन पर्ने परिकार बनाएर खान दिए । अहा कति मीठी कति दिनको भोको थिएँ । सुत्रपाठ सुनेर अघाएकव थिए । कहिले काहिं त अरु बेलामा सुत्रपाठ गर्न भनेपछि रीसाउने ठूलो छोरा सुत्रपाठ गर्न बसेकोछ । म आनन्दीत भएकोछु । सुनसानछ ।घर पाहुनाहरु आएकाछन । के भएर जानुभो के भएकोथियो वहाँ लाई ? केहि भएको थिएन भनु भने ब्लडप्रेशर र सुगर हो क्यारे । अस्ति म मर्छु क्यारे भनेर हंसाउनु भएको थियो एक्कासी छोडेर जानुभयो । रुन थालिन श्रीमती राजा! झुक्याएर गयौ । गोहोजामा मेरो लागि खानेकुराहरु टन्नै राखिदिएकाछन । सुंघेरै सबै स्वाद लिरहेकोछु ।
सातौ दिनमा छोराहरु भाई दाई कपाल खौरीन थालेकाछन । म एक कुनामा बसेर तमासा हेर्दैछु । छोराहरुले श्रीमतीले सेतो लुगा लगाए आहा कति पबित्र । अनि सबै जना घर लागे । म यथावत गोहोजामा भित्र आईपुगें । कुनै कष्ट भएन मलाई हिंड्नै नपर्ने जहाँ पुग्ने भनेर सोंचें त्यहाँ पुगें । म कहिले काहीं उडिरहेकोछु त कहिले कल्पनामा भुलिरहेकोछु । म मरेको होईन र अब के को चिन्ता । ओहो यो कस्को गन्हाउने लाश हो फोहोरी । मत मरेको मान्छे मलाई गन्हाउनु नपर्ने त । ओहो कस्तो उकुस मुकुस साँस थुनीएको जस्तो । पानी प्यास लाग्यो । पिसाब लाग्यो । म छटपटाउंछु चल्छु । भुईंमा लड्छु । झस्रलङ्ग बिउंझन्छु । श्रीमतीले रीसले सपनैमा धकेलीकि रहेछीन् । एक छीन म रनभुल्लमा परें रोएं । कस्तो मीठो नमीठो सपना पो देखेछु ।
सपना हो र । म त मरेको होईन र मेरो अन्त्यस्ती भैसकेको । हाहाहा म त मरेको रैनछु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment