Friday, July 13, 2012

दृष्टिबिहिन हेरबिचार केन्द्र को बिधान(२०६७

Blind Care Center प्रस्तावना मानिस जन्मेपछी उस्ले सुन्दर संसार देख्न चाहन्छ र स्वतन्त्र भई समान महत्व र अधिकार सम्पन्न हुने अभिलाषा राख्दछ । अपाङ्ग मध्य बिशेष गरि दृष्टिबिहिनहरु अझै सम्बेदनशील हुन्छन् यिनिहरुको पनि स्वतन्त्र र अधिकारका स्वामी हुन्छन् र यस्ता व्यक्ती हरु समाजमा आत्मनिर्भर भई बांच्न चाहन्छन् । हाम्रो समाज दृष्टिबिहिनहरुलाई हेयको दृष्टिले हेर्ने मानसकिता रहेकोछ । दृष्टिबिहिनहरुलाई दयाको भन्दा स्यानो सहयोगको आवश्यकता पर्दछ तिनिहरुको स्वाभिमान र् इच्छालाई देशको सबांङ्गीण् विकासको लागि शैक्षिक सिप अभिबृद्धी गर्दै सामुहिक रुपमा बसोवास गरि सामुदायिक विकासको भावनालाई बलीयो गरी -क) दृष्टि बिहिनताहरुको सहयोगको ब्रेल लिपीबाट निःशुल्क तथा सशुल्क शिक्षा,स्वास्थ्य,सिप तथा सामुहिक आवासको प्रबर्द्धन गर्ने । -ख) दृष्टिविहिनताहरुको तथ्यांक संकलन गरि प्रबन्धन गरि सरकारलाई विकास निर्माणमा सहयोग गर्ने । -ग) र् इच्छुक ब्रेल लिपी सिक्न चाहने सबैलाई तालीमको व्यवस्था मिलाउने वा संचालन गर्ने । -घ) उच्च शिक्षा हांसिल गर्ने तथा कलाकार दृष्टिबिहिनलाई आवश्यक सहयोग उपलव्ध गराउने र सम्मान गर्ने । परिच्छेद १ प्रारम्भ १. संस्थाको नामः यस संस्थाको नाम दृष्टिबिहिन हेरविचार केन्द्र हुनेछ । क) यस संस्थाको कार्यालय रहने ठेगानाः यस संस्थाको कार्यालय सुर्खेत जिल्ला वीरेन्द्रनगर नगर पालिका वडा न ६मा रहनेछ । आवश्यकता अनुसार स्थानीय अधिकारीको स्विकृतिमा अन्य जिल्लाहरुमा पनि शाखा कार्यालय तथा सम्पर्क कार्यालय खोल्न पनि सकिनेछ । ख) संस्थाको कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र हाल सुर्खेत जिल्ला भरी हुनेछ वीरेन्द्रनगर नगर पालिका हुनेछ । आवश्यकता अनुसार स्थानीय अधिकारीको स्विकृतिमा अन्य जिल्लाहरुमा पनि विस्तार गर्न सकिनेछ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा -क) "विधान" भन्नाले दृष्टिविहीन हेरविचार केन्द्रको बिधान २०६७ लाईे जनाउनेछ । -ख) "संस्था" भन्नाले दृष्टिविहीन हेरविचार केन्द्र जनाउनेछ । -ग) "दृष्टिविहिन "भन्नाले चच्छुइन्द्रिय निस्कृय,अल्प दृष्टि ,मानसकि सुष्तताका साथमा दृष्टिविहिनतालाई जनाउनेछ । -घ) "असहाय दृष्टिविहिन"भन्नाले दृष्टिविहिन भएका कारणले परिवार तथा समाजबाट अपहेलित तथा सबै अवसरबाट बन्चित हुनु परेको शैक्षिक,आवास तथा स्वास्थ्य सेवाबाट बन्चित मगन्ते जीवन बिताउनुपर्ने अवस्था भएको दृष्टिविहिन भएपनि संगीत तथा गायन कला भएका तर अवसरबाट बन्चित भई विचलित भएका व्यक्ति ,अल्पदृष्टि भई शैक्षिक सुबिधाबाट बन्चित अवस्था लाई जनाउनेछ । ङ)"कार्य समिति "भन्नाले यस बिधान बमोजिम गठन भएको दृष्टिविहिन हेरविचार केन्द जिल्ला स्तरीय र स्थानीय स्तरको कार्य समितिलाई समेत जनाउनेछ । च)"नियमावली" भन्नाले यस संस्थाले आफ्नो कार्य सम्पादन व्यवस्थित गर्नको निमित्त विधानको अधिनमा रहि कार्यान्वयन र् गर्नको लागि बनाईएको नियमावली तथा निर्देशिकालाई जनाउंदछ । छ)"ऐन" भन्नाले संस्था दर्त्ता ऐन २०३४ लाई जनाउनेछ । ज) "स्थानीयअधिकारी" भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउनेछ । झ) "पदाधिकारी" भन्नाले कार्य समितिका अध्यक्ष,उपाध्यक्ष,सचिव,सह सचिव,कोषाध्यक्ष,सदस्यहरु तथा सल्लाहकार समेतलाई सम्झनुपर्दछ । परिच्छेद २ उद्देश्य ४. संस्थाको उद्देश्यः यस संस्थाको उद्देश्य देहाय बमोजिमको हुनेछ र यो संस्था गैरराजनितिक मुनाफा रहित जनहितकारी संस्था हुनेछ । -क) दृष्टिबिहिनहरुलाई ब्रेल लिपीबाट निःशुल्क तथा सशुल्क शिक्षा,स्वास्थ्य,सिप तथा सामुहिक आवासको पर््रबर्द्धन गर्ने । -ख) दृष्टिबिहिनहरुको तथ्यांक संकलन गरि प्रबर्न्द्धन गरि सरकारलाई विकास निर्माणमा सहयोग गर्ने । -ग) र् इच्छुक ब्रेल लिपी सिक्न चाहने सबैलाई तालीमको व्यवस्था मिलाउने वा संचालन गर्नेछ । -घ) उच्च शिक्षा हांसिल गर्ने तथा कलाकार दृष्टिबिहिनलाई आवश्यक सहयोग उपलव्ध गराउने र सम्मान गर्ने । ५ संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ । क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धीत निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ । ख) संस्थालाई आवश्यक पर्ने घर जग्गा खरिद गर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्प्युटर टेलिफोन,फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्ने छ वा भाडामा लिई प्रयोग गर्नेछ । ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियूक्त गर्ने तथा तिनको सेवाका र्सतहरु निर्धारण गर्नेछ । घ) संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता संचालन गर्नेछ । उपर्युक्त मुख्य उद्देश्य पूरा गर्नका लागि आवधिक योजना तर्जुमा गरि दातृ संस्थाहरु देश भित्रका बिभिन्न संस्थाहरु सित नेर्टवर्क कायम गर्ने र आत्मनिर्भर हुने खालका कार्यक्रमहरु संचालन गर्ने । परिच्छेद ३ सदस्यता ६. सदस्यताको बर्गिकरण सदस्यताको बर्गिकरण निम्न बमोजिम हुनेछ । क) साधारण सदस्य ख) आजिवन सदस्य ग) मानार्थ सदस्य घ) सल्लाहकार सदस्य ७ . सदस्यता प्राप्तिको लागि आवश्यक योग्यताः सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता निम्न बमोजिम हुनेछ । क) यस संस्थाको सदस्यता प्राप्त गर्न कुनैपनि नेपाली नागरिक दृष्टिबिहनि वा अल्प दृष्टिविहिनता व्यक्ति १६ बर्षपूरा गरेको नेपाली नागरिक । ख) ब्रेल लिपी तालीम प्राप्तर् इच्छुक स्वयम् सेवक भै सेवा गर्न सक्ने व्यक्ति । ग) दृष्टिबिहिनताको हितमा योगदान गर्ने व्यक्ति । ८ . संस्थाको सदस्य नियुक्ति हुन वा बहाल रहन नसक्ने अवस्थाः - १) देहायका कुनै व्यक्ति संस्थाको सदस्य पदमा नियुक्ति हुन सक्ने छैन । क) गैह्र नेपाली नागरिक । ख) १६ बर्षउमेर पूरा नगरेको । ग) मगज बिग्रेको वा बहुलाएको । घ) दामासाहीमा परेको । ङ) कुनै प्रकारको चोरी,ठगी,किर्ते वा जालसाझी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको । च) सम्बन्धीत संस्थाको व्यवसायमा निजी स्वार्थ भएको । छ) सदस्यता शुल्क बुझाउन बांकी भएको । ज) दृष्टि भएको तर ब्रेललिपी तालीम नगरेको । ९ . देहाय अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन । क) दफा ८ को उप दफा -१) बमोजिम सदस्य पदमा नियुक्ती हुन नसक्ने भएमा । ख) साधारण सभाबाट ७५% को बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पास गरेमा । ग) सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा । घ) संस्थाको काम कबारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा । ङ) यस बिधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा । कुनै व्यक्तिलाई संस्थाको सदस्यमा नियुक्ती हुन वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सवुद पेश गर्ने मौका दिनुपर्नेछ । १०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः क) साधारण सदस्यताः यस संस्थाको सुबिधा प्राप्त गर्न वा काम गर्नर् इच्छुक दृष्टिहिनता व्यक्ति,ब्रेल लिपी तालीम प्राप्त अन्य व्यक्तिले प्रवेष शुल्क रु.१०। -दश)र बाषिर्क शुल्क रु.१२०। -एकसय बिस)समेत १३०।-एकसय तीस) बुझाएमा सदस्यता प्रदान गर्न सकिनेछ । सदस्यता नबिकरण बाषिर्क शुल्क ५०।- पचास मात्र लाग्नेछ । यस्ता सदस्यले अषाढ मसान्त सम्ममा नविकरण गरी सक्नु पर्नेछ । अन्यथा प्रतिमहिनाको रु.१०का दरले थप शुल्क लाग्नेछ । ख)आजिवन सदस्यताःयस संस्थाको आजिवन सदस्यता लिनर् इच्छुक कुनै पनि दृष्टिविहिनता व्यक्तिले रु.५२५। ब्रेललिपी तालीम प्राप्त वा यस संस्थालाई सहयोग गर्न चाहने कुनैपनि नेपाली नागरिकले रु.१०००। बुझाएर सदस्यता राप्त गर्न सक्नेछ । यस्ता सदस्यले नविकरण गर्नुपर्ने छैन । ग)मानार्थ सदस्यताः यस संस्थालाई वा दृष्टिबिहिनताको हितमा विशेष योगदान गर्ने स्वदेशी वा बिदेशी जुनसुकै यक्तिलाई कार्यसमितिको निर्णयानुसार मानार्थ सदस्यता प्रदान गरिनेछ । यस्ता सदस्यको कार्य समितिमा कुनै मताधिकार हुनेछैन । स्वेच्छाले जतिपनि आर्थिक भौतिक सहयोग गर्न सक्नेछन् । घ) सल्लाहकार सदस्यताःयस संस्थालाई आवश्यक सल्लाह सुझाव दिन सक्ने बढीमा ३ जना व्यक्तिलाई अध्यक्षले मनोनयन गर्न सक्नेछ । यस्ता सदस्यलाई कुनै शुल्क पनि लाग्नेछैन र कुनै मताधिकार पनि रहनेछैन । परिच्छेद ४ साधारण सभा तथा बैठक सम्बन्धी व्यवस्था ११. संस्थाको सभा बोलाउने तरिका र सभाका लागि दिनुपर्ने सूचना सम्बन्धी कुराहरु ः( १) यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ । -क) बाषिर्क साधारण सभा -ख) विशेष साधारण सभा २) यस संस्थाको प्रथम वाषिर्क साधारण सभा संस्था स्थापना भएको आ.व. समाप्त भएको मितिले दर्ुइ महिना भित्रमा गरिने छ र त्यस पछिका बाषिर्क सभाहरु पनि आर्थिक बर्षसमाप्त भएको मितिले दर्ुइ महिनाभित्र गरिनेछ । ३) यस संस्थाको बाषिर्क साधारण सभा गर्नका लागि कम्तीमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा ७ दिन अगावै सभा हुने ठाउं मिति र छलफल गर्न बिषय खोली सबै साधारण सदस्यलाई सूचना दिईनेछ ।

No comments:

Post a Comment