Monday, July 9, 2012

केहि मुक्तक केहि हाईकु




जीवन शाक्य





केहि मुक्त्तकहरु

कुकूरका छाउराहरुलाई म्वाई खांदै
मान्छेले मान्छेलाई घृणा गरेको देख्दा
मलाई लाग्छ उ पनि मान्छेको रुपमा
ककूरको माउ हुनुपर्छ ।

मलाई मेरो जिन्दगिले रखेल बनाएकोछ ।
न त गोप्य भएकोछु न त खुलस्त नै छु ।


के हुन्छ कुन्नी
न तरल भयो न सरल भयो कहानी,
केवल कठोर भयो
जिन्दगीको कहानी ।

मुक्तक लेख्दा
गद्य कबिता बन्छ,
गजल लेख्दा ,
छन्द नभएको काव्य बन्छ ।

के हुन्छ कुन्नी
बांध फुटेको बाढी जस्तै हुन्छ ।
सम्म्हार गर्न नसकेको
दाह्री जस्तै पो हुन्छ ।

मेरा आफन्तहरु
नत हिजो घनिष्ट थिए
 न आज छन
किन कि हिजो पनि निर्धन आज पनि निर्धन छु ।

 नेपाल भाषा
जिं मिखां मखंसां
छ बांलाम्ह मयजू खः धका स्यू
छ वय्वले पाईजू ञा थें पला ञा ।
छ सत्तिक् वय्वले मङ्ग मङ्ग वास वः

थो संसार साफहे बाँलाहं
छ मय्जू दया खै
मखुसा गज्यागु खः बाँला धैगु ।


No comments:

Post a Comment