Monday, July 9, 2012

सोमनाका गजल


दुख्दा कस्तो होला
Somana Khadka ( Blind)
                                                                                                                                          
 भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।
विश्व सामु नेपाली शीर झुक्दा कस्तो होला ।
सुस्तातिर आँखा लाउंदै सोंच्दै मिच्दै सोंच्दै भारतीले
हिमालको छाहारीमा लुक्दा कस्तो होला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

चाहेपछि रोकिन्छ रे बग्ने नदी पनि
फुटेको यो मनको बाँध रुक्दा कस्तोहोला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

नारी रोए देवता रुन्छन थाहा भएपछि
कहिलेकाहिंत नारी आँसु सुक्दा कस्तो होला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

राम्रो बन्न नसक्नि नराम्रो बन्न हुन्न
बदनामीको संज्ञा दिंदा थुक्दा कस्तोहोला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।

जस्लाई भन्छौ फुटेको आँखालेनि हेर्नेछैन
बाध्यताले उस्कै शरण पुग्दा कस्तोहोला ।
भित्र भित्रै रेटीएर दुख्दा कस्तो होला ।



No comments:

Post a Comment