Saturday, July 28, 2012

केहि लाभदायक घरेलु उपायहरु

पारीजात (हरसिंगार) को गुण पनि सुंदर सायटिकामा लाभदायक पारिजात पारिजात जसलाई हरसिंगार पनि भनिन्छ , यो एक सुन्दर रुख हुन्छ, जस्मा सुन्दर र सुगन्धित फूल फूल्छन्। यस्को फूल, पात र बोक्राको उपयोग औषधि को रुपमा गरिन्छ । यो नेपाल भारत पहाडी क्षेत्रमा पाईन्छ । परिचय : यो 10 देखि 15 फीट अग्लो र कहीं 25-30 फीट अग्लो रुख हुन्छ यो खासगरेर-बगैचामा सुन्दर देखिन्छ। विशेषकर तराई तिर पनि पाईन्छ। यस्को फूल अति सुगन्धित र सुन्दर हुन्छ जो राती फुल्छ र बिहान ओईलाउंछ। नेपालमा यस फुललाई रातरानी फूल पनि भन्ने चलन छ । यसको मगमग वासनाले मनै प्रशन्न हुन्छ । यसलाई भाषा यसरी भनिन्छ : संस्कृत- पारिजात, शेफालिका। हिन्दी- हरसिंगार, परजा, पारिजात। मराठी- पारिजातक। गुजराती- हरशणगार। बंगाली- शेफालिका, शिउली। उर्दू- गुलजाफरी। इंग्लिश- night jasmine । लैटिन- निक्टेन्थिस आर्बोर्ट्रिस्टिस। गुण : यJ हलका,सुखा, तीतो, टर्रो, गरम, वात-कफनाशक, ज्वार नाशक, मृदु विरेचक, शामक, उष्णीय र रक्तशोधक हुन्छ। सायटिका रोगलाई निर्मूल गर्ने यसमा विशेष गुण छ । रासायनिक संघटन : यस्को फूलमा सुगंधित तेल हुन्छ । रंगीन पुष्प नलिका मां Niktenthine नामक रंग द्रव्य ग्लूकोसाइड को रूप मां 0.1% हुन्छ जो केसरमा स्थित ए-क्रोसेटिन को सदृश्य हुन्छ । बीज मज्जा बाट 12-16% पँहेलो खैरो रंगको स्थिर तेल निस्कन्छ । पातमा टैनिक एसिड, मेथिलसेलिसिलेट, एक ग्लाइकोसाइड (1%), मैनिटाल (1.3%), एक राल (1.2%), केहि उड़नशील तेल, विटामिन सी र ए पाईन्छ। बोक्रामा एक ग्लाइकोसाइड र दुई क्षाराभ हुन्छ । उपयोग : यस रुखको पात र बोक्रा विशेष रूपले उपयोगी हुन्छ। यसको पातको सबैभन्दा राम्रो उपयोग गृध्रसी (सायटिका) रोगलाई भगाउन प्रयोग गरिन्छ। गृध्रसी (सायटिका) : पारीजातको पात २५० ग्राम पात सफाः गरेर एक लीटर पानीमा उमाल्ने । जब पानी लगभग 700 मिली बच्छ तब उतारेर चीस्याउने र छान्ने, पात फालिदिने र 1-2 रत्ती केसर घोंटेर यस पानीमा घोल्ने। यस पानीलाई दुईटा बोतलमा भरेर दैनिक बिहान बेलुका एक कप मात्रामा पिउनाले लाभ हुन्छ । यस्तो चार बोतल पीउंदा सम्म सायटिका रोग जड़ैबाट निर्मूल हुन्छ । कसै कसैलाई चाँडै नै फाईदा हुन्छ तैपनि पूरै चार बोतल पीउनु राम्रो हो । यस प्रयोगमा एककुरा ध्यान राखौं कि वसन्त ऋतुमा यो पात गुणहीन हुन्छ त्यसैले यो प्रयोग वसन्त ऋतु मा लाभ छैन । मधुमेह दमन चूर्ण दौड़-धूप भरी दिनचर्या, मानिसक तनावको दबाव, अनुचित र अनियमित ढंगले आहार-विहार गर्नु, शारीरिक व्यायाम, खेलकूद या योगासन आदि न गर्नु आदि कारणहरुको अतिरिक्त केहि अज्ञात कारण पनि छ जो मधुमेह यानी डायबिटीज रोग जन्मिन्छ । वंशानुगत कारणले पनि यो रोग जन्मिन्छ । रगतमा चीनीको मात्रा धेरै हुनु र मूत्रमा चीनी हुनु 'मधुमेह' रोग हुनु हुन्छ । यहाँ मधुमेह रोगलाई नियन्त्रित गर्ने परीक्षित र प्रभावकारी घरेलू चिकित्सामा सेवन गर्ने योग्य आयुर्वेदिक योग 'मधुमेह दमन चूर्ण' को परिचय प्रस्तुत गर्ने जमर्को गरेकोछ । घटक द्रव्य - नीमको सुकेको पात 20 ग्राम, ग़ुडमार 80 ग्राम, बिनोलेको मींगी 40 ग्राम, जामुनको गेडाको गुदी को मींगी 40 ग्राम, बेलको सुकेको पात 60 ग्राम। बबनाउने विधि - सबै द्रव्यहरुलाई कुटेर पिसेर मिसाउने र यस मिश्रणलाई ३ पटक छानेर एकै बनाउने। शीशीमा भरेर राख्ने । मात्रा र सेवन विधि - आधा-आधा चम्मच चूर्ण, चीसो पानीको साथमा बिहान बेलुका खाने । लाभ - यो योग मूत्र र रगतमा चीनीलाई नियन्त्रित गर्छ । यसको प्रभाव अग्न्याशय र यकृतको विकारहरु नष्ट गरिदिन्छ । यसको सेवन गरेर मधुमेह रोगलाई नियन्त्रित गर्न सकिन्छ । यसको साथमा वसन्त कुसुमाकर रसको 1 गोली प्रतिदिन लिनाले यो रोग निश्चित रूपले नियन्त्रित हुन्छ । यो योग यसै नामलेले उपलव्ध हुन्छ । म पनि मधुमेहको रोगीहुं मैले कुनै औषधी सेवन नगरेर पनि नियन्त्रण गर्न सफल भएकोछु भनेमा कुनै अत्युक्ती नहोला । बिहान एक छाक भात दाल तरकारी चीनीको चिया पटक्कै नखाने र साझको खाना गहुंको रोटी वा गहुंको दलीया खाने गर्दछु । प्राणायाम र व्यायाम गरेको भए अझै राम्रो हुनेथियो । व्यायामको रुपमा मैले दैनिक ५ किमी जति साईकल चलाउंछु । साभार वेभदुनीयाँ बाट अनुवाद जीवनकुमार शाक्य

No comments:

Post a Comment