Saturday, July 7, 2012

समाचार




भिरबाट ढुंगा खसेर लाग्दा २ बालिकाको ज्यान गयो

 मौसमको प्रतिकुलताका कारण नेपालगंज र सुर्खेतवाट कुनैपनि हवाईजहाजले
जुम्लाका लागि उडान भर्न सकेका छैनन् ।
जुम्लामा लगातार पानी परेर बाक्लो कुहिरो लागेका कारण हवाईजहाजले उडानर्
भर्न नसकेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
हवाई यातायात बन्द हुँदा जुम्लावाट नेपालगंज र सुर्खेत सुर्खेत
नेपालगन्जवाट जुम्लामा आउने यात्रुहरु समस्यामा परेका छन् ।
लगातार परेको पानीका कारण कर्णाली राजमार्गमा पनि यात्रा असुरक्षित हुने
भएकाले पनि जुम्ला विमानस्थलमा यात्रुको घुईचो वढेको छ ।
यसैबिच, जाजरकोटको टालेगाउँ गाविसमा झाडापखालाकबाट एक जनाको मृत्यु भएको छ ।
टालेगाउँ गाविस-९ रमालगाउँ का ३५ वर्षिया शसिराम जैसीको मृत्यु भएको हो ।
गाउँमा राम्रो उपचार हुन नसकेपछि थप उपचारका लागी जैसीलाई नेपालगञ्ज
लैजाने क्रममा सुर्खेतको छिन्चुमा मृत्यु भएको स्थानिय जयबहादुर चलाउनेले
जानकारी दिएका छन् ।
र्षातसँगै जाजरकोटका बिभिन्न गाउँमा झाडापखालाका बिरामी बढ्दै गएको
बताईएको छ । तत्कालै सरकारले यस तर्फ ध्यान नदिए खतरा बढ्न सक्छ ।

No comments:

Post a Comment